• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रभावकारी हुन सकेन मानव बेचबिखन नियन्त्रण

  • वीरगंज संजाल
  • १९ भाद्र २०७६, बिहीबार १७:४२
  • ४६४५

    काठमाडौं । जघन्य सामाजिक अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार र विभिन्न गैरसरकारी सङ्घसंस्थाले सक्रियता बढाए पनि नियन्त्रण हुन सकेको छैन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ लगायत ऐन-कानून भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको  सरोकार भएकाहरुले बताएका हुन् ।

    सरकारले विभिन्‍न खाडी मुलुकमा महिला कामदार घरेलु कामदारका रुपमा पठाउन रोक लगाए पनि  भारतको बाटो हुँदै मानव तस्करीको क्रम झन्  बढ्दै गएको छ ।  यसरी गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएका  धेरै नेपाली महिला बिचल्लीमा परेका छन् । पछिल्लो समय गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता पनि बढ्दै गएको छ ।

    मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारेर झुक्याई तथा  त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिएको छ ।

    महिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा भारत, म्यान्मा, कुबेत, साउदी अरब, कायरो, कोलम्बो, थाइल्याण्डलगायत  नेपालस्थित राजदूतावास र महावाणिज्य दूतावासबाट एक हजार ९९र्८ नेपालीलाई स्वदेश फर्काइएको थियो । त्यसैगरी पुनःस्थापना केन्द्रबाट एक हजार ६३४ पीडितले सेवा प्राप्त गरेका थिए । सो अवधिमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रहरीमा ३०५ मुद्दा दर्ता भएको उक्त मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । महिला तथा बालबालिका बेचबिखनविरुद्धको अभियानमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अध्ययन प्रतिवेदन अवलोकन गर्दा भारत हुँदै विभिन्न बहानामा तेस्रो मुलुकमा नेपाली श्रमिक बेचबिखन तथा ओसारपसार हुने क्रम बढ्दै गएको पाइन्छ ।

    अध्ययनअनुसार भारत हुँदै तेस्रो मुलुक वैदेशिक रोजगारीका लागि जाने पुरुषभन्दा पनि महिला श्रमिकको सङ्ख्या बढी छ । श्रमको बढ्दो मागसँगै विश्वमा मानव बेचबिखन तथा ओसारपसार पनि झन् झन् बढ्दै गएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठनले विश्वभरि दुई करोड ९० लाख मानिस दासका रुपमा रहेको अनुमान गरेको छ । तीमध्ये ९५ लाख पुरुष र बालक तथा एक करोड १४ लाख महिला र बालिका रहेको बताइएको छ । मन्त्रालयका अनुसार आर्थिक र सामाजिक रुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका (एकल), बसाइ स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी तथा महिला सबैभन्दा बढी बेचबिखनको जोखिममा छन् ।

     मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै जानाको कारण हेर्दा गरीबी, महिला हिंसा, पारिवारिक बेमेल, देशमा रहेको बेरोजगारी समस्या र चेतनाको अभाव हो । एटविनको एक अध्ययनअनुसार ६० प्रतिशत महिला तथा पुरुष बेरोजगारका कारण र २८ प्रतिशत गरीबीको रेखामुनि रहेका महिला तथा पुरुष मानव तस्करी तथा श्रम शोषणमा परेका छन् । ऐन र नियमावलीले यौन शोषण, श्रम शोषण तथा मानव अङ्ग तस्करीसमेतलाई जघन्य सामाजिक अपराधका रुपमा परिभाषित गरेको छ ।

    वर्तमान समयमा बाध्यात्मक तथा बालविवाहदेखि बाल श्रम, बाल दासत्व, धर्मपुत्रपुत्रीका रुपमा शोषण, प्रक्रिया पूरा नगरी गैरकानूनी आप्रवासन, बँधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोषण, यौन दासत्व, व्यावसायिक यौन शोषण आदि विभिन्न उद्देश्यका लागि मानव बेचबिखन गरिन्छ । वर्तमान समयमा मानव बेचबिखन तथा ओसारपसारको कार्य हातहतियार लागुऔषधको अवैध कारोवारसरह अन्तरदेशीय सङ्गठित अपराधका रुपमा पनि फैलिँदै गएको पाउन सकिन्छ ।

    नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३८ मा महिलाको हक र धारा २९ मा शोषणविरुद्धको हकलाई सुनिश्चित गर्दै मानिसलाई बेचबिखन गर्न दास वन बाधा बनाउन पाइने छैन भनी मानव बेचबिखनविरुद्धको कार्यलाई मौलिक हकका रुपमा समावेश गरिएको छ ।

    यसैबीच भदौ २० गते  सरकार र सरोकार भएका सङ्घसंस्थाले मानव बेचबिखन तथा ओसारविरुद्धको तेह्रौँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ‘सरकारको प्रतिबद्धताः मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्‍ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम गरी सो दिवस मनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

     काठमाडौँमा सन् २००२ मा सम्पन्‍न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई भदौ २० गते तत्कालीन व्यवस्थापिका-संसद्बाट अनुमोदन भएको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउने कार्यको शुभारम्भ भएको हो । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑