• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरो

  • वीरगंज संजाल
  • १९ भाद्र २०७६, बिहीबार १७:३५
  • २९७९

    महोत्तरी । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।

    अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताए ।

    उनका अनुसार १३५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा कैदीबन्दीको सङ्ख्या ५०० पुगेको छ । ४५१ पुरुष, ४५ महिला र ४ आश्रित बालबालिकासहित अहिले जलेश्वर कारागारमा जम्मा ५०० कैदीबन्दी छन् ।

    अत्यधिक चापकै कारण मान्छे-मान्छेबीच उत्पन्न हुने गर्मी र माथिबाट चर्को घामका कारण जलेश्वर कारागारमा अहिले करीब १४० कैदीबन्दीमा भाइरल फिवरको प्रकोप देखिएको मूलकैदी (चौकीदार) श्यामसुन्दर यादवले बताए ।

    अहिले जलेश्वर कारागारबाट दैनिक एक दर्जन बढी कैदीबन्दी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइने गरिएको जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताए । उनले अत्यधिक गर्मीकै कारण कैदीबन्दी अहिले उकुसमुकुस भएर बाँचिरहेको र एउटा न एउटा कैदीबन्दी बिरामी भइरहने अवस्था रहेको बताए ।

    दैनिक दर्जनौँको सङ्ख्यामा बिरामी हुने कैदीबन्दीमध्ये धेरैलाई कारागारमै दरबन्दी भएका सिनियर अहेवले भित्रै गएर र बाहिर निकालेर पनि उपचार गरेका छन् भने सिकिस्त बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको उनले बताए ।

    यता जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले पनि जलेश्वर अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये एकचौथाइ बिरामी कारागारबाटै आउने गरेको बताए । चर्को घाम र अत्यधिक गर्मीले अहिले जलेश्वर कारागारबाट प्रायः सबै कैदीबन्दी कुनै न कुनै रुपले प्रभावित भइरहेका छन् भने एकचौथाइ कैदीबन्दी भाइरल ज्वरोको सिकार भएर उपचारमा रहेका छन् । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ
  • वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग
  • नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ
  • मेयर र सिडिओको एउटै स्वर : सिर्सिया नदीको प्रदुषण रोक्न अब अनुरोध होइन, सिधै दण्डित गरिन्छ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    मेयर र सिडिओको एउटै स्वर : सिर्सिया नदीको प्रदुषण रोक्न अब अनुरोध होइन, सिधै दण्डित गरिन्छ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    मेयर र सिडिओको एउटै स्वर : सिर्सिया नदीको प्रदुषण रोक्न अब अनुरोध होइन, सिधै दण्डित गरिन्छ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    News

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    News

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    News

    मेयर र सिडिओको एउटै स्वर : सिर्सिया नदीको प्रदुषण रोक्न अब अनुरोध होइन, सिधै दण्डित गरिन्छ

    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑