• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    कति पौष्टिक हुन्छन् लसुन प्याज ?

  • वीरगंज संजाल
  • १९ भाद्र २०७६, बिहीबार ०२:००
  • ४२४१

    एजेन्सी । स्वादका लागि अधिकांश घरको दैनिक खानामा प्याज र लसुन मिसाइएकै हुन्छ । तर के यी खानेकुरा वास्तवमै पौष्टिक हुन्छन् या यो केबल स्वाद बढाउने खाना मात्र हो ?

    सबै किसिमका पोषक तत्वहरु प्राप्त गर्न मान्छेहरु विभिन्न रङका फलफृुल र सागसब्जी खाने गर्दछन् । यस्तोमा लसुन र प्याज जस्ता बेरङ्गी खानेकुरालाई धेरैले बेवास्त गर्ने गरेको पनि पाइन्छ । तर वास्तवमा यी खानेकुराहरुमा कुनै प्रमुख पोषक तत्व नहुने जस्तो देखिएपनि यिनीहरुमा शरीरका लागि आवश्यक महत्वपूर्ण तत्वहरु हुने गरेको विज्ञहरुको भनाइ छ ।

    सेतो देखि रातो लगायत सबै रङ्का प्याजलाई भिटमिन सी, भिटमिन बी६, पोटासियम र फोलेटको राम्रो श्रोत मानिन्छ भने यता लसुनमा पनि अधिक मात्रामा भिटमिन सी, भिटमिन बी६, थाएमिन, पोटासियम, क्याल्सियम, फोस्फोरस, कपर र म्याङ्गानिज पाइन्छ । साथै प्याज र लसुन एकदमै कम क्यालोरी भएको खानेकुरा हुँदा यसले नुन, बटर जसरी अतिरिक्त क्यालोरी नबढाइ हाम्रो खानालाई स्वादिष्ट पारिरहेको हुने क्यालिफोर्निया स्थित डायट विद् जेसिका जोन्स बताउँछिन् ।

    उनी भन्छिन्, ‘हाम्रो दैनिक खानामा प्याज र लसुन राख्ने गर्नु स्वस्थकर गुणका कारण मात्र राम्रो नभएर भोजनलाई स्वादिष्ट बनाउनमा पनि यसको योगदान हुन्छ । यस्तोमा हामी प्याज लसुन खाइरहँदा स्वादिष्ट खानाका साथै पौष्टिक खाना पनि सेवन गरिरहेका छौँ भनेर उत्साहित र सन्तुष्ट हुन सक्छौँ ।’ प्याज र लसुनका साथै तिनको विरुवाका पनि यति धेरै स्वस्थकर फाइदा छन् कि परम्परागत आयुर्वेदमा तिनलाई औषधिजन्य खाना पनि मान्ने गरिएको छ ।

    एलियम फ्यामिलीमा पर्ने यस्ता खानेकुरामा पर्याप्त मात्रामा ‘अर्गानोसल्फर’ युक्त तत्व हुन्छन् जसले कोलेस्ट्रोल र रक्तचाप नियन्त्रण गर्न सक्ने यसअघिका अनुसन्धानहरुले देखाएको छ । त्यस्तै यसले गम्भीर अवस्था जस्तै क्यान्सर र मुटु सम्बन्धी रोगबाट पनि जोगाउन मद्दत गर्ने विश्वास गरिन्छ । तर हाम्रो शरीरले सेवन गरिसकेपछि यी खानेकुरामा पाइने यस्ता फाइदाकारी गुणलाई कत्तिको उपयोग गर्छ भन्नेबारे चाहिँ स्पष्ट छैन । किनकी हामीले सेवन गर्नु अगाडि यिनलाई पकाउने गरेका छौँ । यसअघिका केही अध्ययनमा लसुन काँचै खाँदा बढी लाभकारी साबित हुने पत्ता लागेको थियो । त्यसैले कतिपय वैज्ञानिकहरुले इन्जाइम–क्याटलाइज्ड रियाक्सन हुन दिनका लागि पकाउनु अगाडि प्याज र लसुनलाई फुटाएर वा काटेर काँचै अवस्थामा १० मिनेटसम्म राख्न सुझाव दिन्छन् ।

    एलियम फ्यामिलीका सागसब्जीमा फाइटोकेमिकल पनि हुने गर्दछन् जसले हाम्रा शारीरिक प्रक्रियालाई प्रभाव पार्न सक्छ । अनुसन्धानका अनुसार एलियम सागसब्जीमा हुने फाइटोकेमिकलले हाम्रो प्रतिरोघात्मक क्षमतामा सुधार ल्याउनुका साथै इन्फ्लामेसन कम गराइ क्यान्सरका जोखिमबाट बचाउन सक्छ । यसैगरी ‘अमेरिकन इन्सटिट्युसन अफ क्यान्सर रिसर्च’ का अनुसार यसले सेल र डिएनएलाई पनि क्षतिबाट बचाउन सक्छ । विशेषगरी यी खानेकुरालाई हाम्रो पेटका लागि राम्रो मानिन्छ । यिनमा प्रिबायोटिक्स हुने हुनाले पनि यसले हाम्रो पेटलाई स्वस्थ राख्न मद्दत गर्ने भनिएको हो । २०१८ मा गरिएको एक विश्लेषणात्मक अनुसन्धानमा प्याज र लसुनमा हुने प्रिबायोटिक फाइबर कतिपय सागब्जी, फलफुल र गेडागुडी भन्दा स्वस्थकर हुने पत्ता लागेको थियो ।

    तर अर्कोतर्फ यिनमा उच्च मात्रामा ‘एफओडीएमएपी’ नामक चिनी र फाइबर जस्तै कार्बोहाइड्रेट युक्त पदार्थ पनि हुने गर्दछ जसकारण कमजोर पाचन प्रणाली भएका मानिसले यसलाई धेरै सेवन गरेमा तिनलाई ग्यास्ट्रिक सम्बन्धि समस्या हुन सक्ने बताइएको छ । यसरी संवेदनशील व्यक्तिहरुलाई प्याज र लसुनको धुलोले पनि असर पार्न सक्छ । यस्तोमा यी समस्या भएका मानिसले प्याजको स्वादमा ओलिभ ओयल सेवन गर्न जोनसले सुझाव दिएकी हुन् । त्यसबाहेक पौष्टिकताका आधारमा प्याज र लसुनको सेवन नगर्नुपर्ने अन्य कुनै कारण नभएको बताइएको छ । त्यसैले लसुनप्याजले हाम्रो खानाको अनुभव पनि राम्रो गराउने हुँदा हामी कुनै महत्वपूर्ण कार्यक्रममा सहभागी नभएको समयमा वा कसैसँग नजिक बस्नु नपर्ने अवस्थामा ढुक्कले सेवन गर्न सकिने उनले बताएकी हुन् ।  टाइमबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑