बिहीबार बिहान हत्या गरि नेपाल भारतको सीमा क्षेत्र नजिक फालिएको व्यक्तिको पहिचान खुल्याे !
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार १७:५९
२२८३
महोत्तरी ।महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा -२ इटहरवा कट्टीमा बिहिबार बिहान हत्या गरि नेपाल भारतको सीमा क्षेत्र भन्दा करिब ६० मिटर नजिक फालिएको व्यक्तिको पहिचान शुक्रवार खुलेका छन ।
मृतक पुरुष भारतकाे बिहार राज्यस्थित पिपरौन निवासी तथा हरलाखी थानाका चौकीदार ३५ वर्षीय भरत पासमान रहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायवउपरिक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिए ।
मृतक पुरुष आफ्नो साथी भेट्न घरबाट निस्केका पासमानको शव नेपाल भारत सीमा क्षेत्रमा नेपाली भूमितर्फ ६० मिटर भित्र स्थानीय फूलबाबू ओझाको उखुबारीमा फेला परेका थिए । यता शव उनका ज्वाइ जितेन्द्र पासमानले शुक्रबार बुझेर लगेको प्रहरी नायवउपरिक्षक बुढाथोकीले जानकारी दिए ।
मृतक भेटिएको स्थल नजिकै भारतकै बेला भन्ने स्थानमा पासमान साथी भेट्न आएको परिवार श्रोतले जानकारी दिए। मृतक पासमान लाई धारिलो हतियारले हत्या गरिएकाे थियाे ।