हँसपुर झडपका घाईते मण्डलको मृत्यू, अञ्चल अस्पताल तनावग्रस्त
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार १७:५२
३२७५
नगरपालिकाको केन्द्र विवादले गर्दा झडपको स्थिति सृजना भएर झडप समेत भएको थियो ।
जनकपुरधाम । गत साउन २१ गते मेयर र उपमेयरबीचको दुई पक्षिय झडपमा गम्भिर घाईते भएका एक स्थानीयको मृत्यू भएको छ ।
धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डल र उपमेयर रेणु झा पक्षधरबीच कार्यालय सार्ने क्रममा विवाद भएपछि झडप भएको थियो सो क्रममा हँसपुर नगरपालिकाकै स्थानीय अन्दाजी बर्ष ५७ का तपेश्वर मण्डल गम्भिर घाईते भएका थिए । मेयर उपमेयरको विवादपछि मोटो सँख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी र स्थानीयबीच समेत झडप भएको थियो ।
मेयर उपमेयर पक्षधर र प्रहरीबीच भएको झडपको क्रममा मण्डल सख्त घाईते भएका थिए । घाईते पछि जनकपुर अञ्चल अस्पतालमा उपचाररत रहेका मण्डलको झण्डै एक महिनापछि उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । प्रहरीका अनुसार मेयर उपमेयर पक्षधरबीच भएको सो झडपमा उनी घाईते भएका थिए ।
मण्डलको मृत्यू भए लगत्तै उनका आफन्तहरुले जनकपुर अञ्चल अस्पतालमा केही बेर बखेडा खडा गरेको थियो । घाईते मण्डलको मृत्यू मेयर मण्डलकै कारण र उनले नै कुटेको कारण भएको भन्दै कारवाहीको माग गर्दै नारावाजी गरेको थियो । उनीहरुले मेयर मण्डललाई कानुनी कारवाहीको माग गर्दै अञ्चल अस्पतालमै नारावाजी गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले तत्कालै स्थ्तिि नियन्त्रणमा लिएको जनाइएको छ ।