८ सय ६९ जना बारा र पर्साका हुरीका कारण विस्थापित पीडितलाई पायो नेपाली सेनाले बनाइदिएको घर
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार १७:३८
३४४५
वीरगन्ज । बारा र पर्साका ८ सय ६९ हावाहुरी (टोर्नाडो) प्रभावित परिवारले घर पाएका छन् । नेपाली सेनाले बनाइदिएको घर बुधबार हस्तान्तरण गरिएको हो । वीरगञ्जमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई नमूना घर हस्तान्तरण गरे ।
लगत्तै पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई नमूना घर हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाका अनुसार ०७५ चैत १७ गते आएको हावाहुरीबाट प्रभावितहरू नयाँ घरमा बस्न थालिसकेका छन् । सेनाले वर्षायामअघि नै घर निर्माण सक्ने लक्ष्य राखेको थियो । तर अविरल वर्षा, निर्माण सामग्रीको अभाव र विवादित घरहरुका कारण काम केही ढिला भएको बताएको छ ।