४ महिनापछि हङ्कङमा विवादस्पद सुपुर्दगी विधेयक फिर्ता
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार १६:३७
३४१५
हङ्कङ सरकारले प्रस्ताव गरेको सुपुर्दगीसम्बन्धी विधेयक अन्त: फिर्ता ल्याइने घोषणा भएको छ । विधेयक आउने बित्तिकै आलोचना भएको सो विधेयकमा संदिग्ध अपराधीहरूलाई चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था राखिएको थियो । विधेयकले हङ्कङको कानुनी स्वतन्त्रमा अवरोध उत्पन्न गराउने विपक्षीहरुको भनाइ छ ।
हङ्कङमा लामाेसमयदेखि ठुलाे प्रदर्शन जारी थियाे
हङ्कङका केही मानवअधिकारकर्मी लगायत सर्वसाधारणहरुले लगातारको प्रदर्शन जारी राखेका क्रममा हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी सम्बन्धी एक विधेयकलाई फिर्ता लिने बताएकी हुन् ।
गत एप्रिल महिनामा ल्याइएको उक्त विधेयक ल्याइए देखिनै हङ्कङमा विरोध प्रदर्शन सूरु भएको थियो । विरोधबा वावजुत गत जुनमा प्रमुख कार्यकारी लामले सो विधेयलाई स्थगन गरेको भनेपछि त्यहाँ प्रदर्शन रोकिएन ।
हङ्कङकी प्रमुख कार्यकारी क्यारी लाम
पूर्ण प्रजातान्त्रिक अधिकारहरूको माग गरिरहेका विरोधकर्ताहरुले विधेयकलाई पूर्ण रूपमा फिर्ता लिइनु पर्छ भन्दै प्रमुख पाँच मागहरू राखेका थिए ।
त्यस्तै त्यहाँ प्रहरीले प्रदर्शनकारीहरुमाथि गरेको व्यवहार विवादास्पद रहेको भन्दै अभियानकर्ताहरूले सोबारे छानबिन हुनुपर्ने अर्काे मुख्य माग राखेका छन् । बुधवार .लामले एक टेलिभिजन सम्बोधन मार्फत प्रहरीको व्यवहारबारे छानबिनका लागि थप २ वरिष्ठ अधिकारीहरू समावेश गरेर छानबिन गर्ने बताएकी छन् ।
प्रमुख कार्यकारी लामले हङ्कङको राजनीतिक सङ्कट आफ्नै कारणले गर्दा चर्किएको भन्दै आफैलाई दोष दिँदै गरेको अडिओ रेकर्ड सार्वजनिक भएको थियो।