सडेगलेका कुखुराको मासु खुलेआम विक्री वितरण गर्ने सञ्चालक प्रहरीको फन्दामा
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार १६:३२
३१५५
। काठमाडौंको मुख्य नाका सतुंगलमा कुहिएका कुखुरा खुलेआम विक्री वितरण गर्दा गर्दै प्रहरीले छापा मारेको छ । राजधानी प्रवेशको प्रमुख नाका सतुंगलमा महानगरीय प्रहरी प्रभाग बलम्बुले खुलेआम सडेका अर्थात कुहिएका कुखुरा विक्री वितरण गरिरहेको समयमा छापा मारेको हो ।
पूरै दुर्गन्धित अवस्थामा रहेको मासु पसलमा विशेष सूचनाको आधारमा जनप्रतिनिधिहरुको सहयोगमा छापा मारेको प्रहरी निरीक्षक शंकर खड्काले बताए । प्रहरीले एक सञ्चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । विभिन्न चाडपर्वहरु नजिकिदै गर्दा बजारमा बेथिति मौलाउन सुरु भएको छ ।
चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुङ्गल चोकमा रहेको सम्पन्न मिट मार्ट प्रालिका सञ्चालक मिनबहादुर खत्रीलाई फ्रीजमा राखिएको सडेगलेका कुखुराको ७० किलो मासुसहित पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।
बरामद गरिएको मासुलाई सरोकारवाला निकायहरु, स्थानीय निकाय, पशु क्वारेन्टाईइनको अगुवाइमा नष्ट गरिने भएको छ । सतुङ्गल चोकमा दुई फ्ल्याट भाडामा लिएर चलाइएको उक्त पसलका तीन वटा डी फ्रीजमा लामो समयदेखि लुकाएर राखिएको ७० किलो भन्दा बढी कुहिएको मासुलाई बुधबार बरामद गरिएको बलम्बु प्रहरी प्रभागका प्रमुख इन्सपेक्टर शंकर खड्काले बताए ।
उनले भने, ‘हामीले यस क्षेत्रमा लामो समयदेखि स्विप अप्रेसन चलाइरहेका छौं । सोही स्विप अप्रेसन अन्तर्गत उक्त सडेगलेका मासु बरामत गरिएको हो । हिजो मंगलबार उक्त क्षेत्रबाट अबैध लोकल मदिरासमेत बरामत गरिएको छ ।’
राजधानीमा बढ्दो अस्वस्थकर खाद्यान्न विक्री वितरण गर्ने सञ्चालकविरुद्ध नगरपलिकाले खोजी खोजी कारबाहीको दायरमा ल्याउन कोसिश गरिरहेको बताइएको छ ।sabhar:news24