भारतीय बाँधका कारण दुई सय विगाहा नेपाली भूमी डुवानमा
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार १६:२७
२५९१
कपिलबस्तु । भारतले बनाएको बजहा बाँधको कारण नेपाली भूभाग डुवानमा परेको छ । अत्याधिक वर्षा भएपछि बजहा बाँधका कारण कपिलवस्तुको तुलसीडिहजा गाँउको दुई सय विगाहा खेती योग्य जमिन डुबानमा परेको हो ।
कपिलबस्तुको मायादेवी गाँउपालिका वडा नम्बर ४ पिपराको तुलसीडिहवा गाँउको दुई सय बिगाहा धानखेत डुबानमा परेको छ । भारतीय पक्षले सिचाईंका लागि बनाएको पाँच सय हेक्टर क्षेत्रफलमा बनाएको बजहा ताल भरिएर नेपालतर्फ पानी आउँदा खेतहरु डुवानमा परेका हुन् । भारतले बनाएको २७ ढोके बाँधको ढोकाहरु नखोल्दा नेपाली भुभाग डुबानमा परेको हो । यो समस्या वर्षाैदेखि समाधानको माग गर्दा पनि कुनै सुनाइ नभएको स्थानीयको भनाइ छ ।
सिचाई अभावका बेला पानी नपाउने र वर्षाका बेला डुबानमा पर्ने समस्याको स्थायी समाधान हुनुपर्ने स्थानीयको माग छ । सिमा क्षेत्रका नागरिकको खेती योग्य जमिन डुबानमा परेको बिषयमा तत्कालिन समाधानभन्दा पनि दिर्घकालिन समस्या समाधानका लागि आफुले पहल गर्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर प्रतिवद्धता गर्नु भएको छ ।
केहि बर्ष अधि भारतको बजहा, सिसवा, मझौली र महली सागर तालमा एकतर्फी रुपमा लगाइएको बाँधकै कारण नेपाल तर्फका मायादेवी गाँउपालिका र यशोधरा गाँउपालिकाका बिभिन्न स्थानमा रहेको धान खेती डुबानमा पर्दै आएका छन् । sabhar:news25