• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन गए रवि लामिछाने उच्च अदालत ?

  • वीरगंज संजाल
  • १८ भाद्र २०७६, बुधबार १३:३०
  • ४५१९

    काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चितवन जिल्ला अदालतको आदेश बदर गरीपाऊँ भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतले भदौ ९ गते लामिछाने र पत्रकार युवराज कँडेललाई धरौटीमा रिहा गरेको थियो । अदालतले लामिछानेबाट ५ लाख र कँडेलबाट ३ लाख धरौटी लिएको थियो । जिल्ला अदालतको सोही आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

    लामिछाने र कँडेलका तर्फबाट संयुक्त रूपमा दर्ता भएको पुनरावेदन पत्रमा चितवन जिल्ला अदालतले ग्रहण गरेका सम्पूर्ण आधारहरू त्रुटिपूर्ण भएको बताइएको छ । अदालतको आदेश बेरितको रहेको भन्दै फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरीपाऊँ भनी उनीहरूले निवेदन दर्ता गराएको बताइएको छ ।

    शालिकराम पनि आफूहरू जत्तिकै सिपालु, सिप र कला कौशल भएको र अर्को टेलिभिजनमा काम गर्न जानुमा आफूहरूको कुनै पूर्वाग्रह नभएको निवेदनमा उल्लेख गरिएको छ । उनको रुकु भन्ने अस्मिता कार्कीसँगको विवाहेत्तर सम्बन्धको बारेमा आफूहरूलाई कुनै जानकारी नभएको पनि निवेदनमा उल्लेख गरिएको छ । शालिकरामले कार्कीसँग गरेको दुव्र्यवहारका बारेमा आफूहरूले कुनै पनि कार्यक्रम सार्वजनिक गर्ने धम्की नदिएको पनि निवेदनमा जिकिर गरिएको छ ।

    निवेदनमा मर्नुअघि शालिकरामले खिचेको भिडियोको विश्वसनियतामाथि जिल्ला अदालतले प्रश्न उठाएको भन्दै उच्च अदालतमा दुरुत्साहनको प्रमाण नपुग्ने जिकिर गरिएको छ । औषधि उपचारका लागि विदेश जानुपरेमा पनि अदालतको लिखित अनुमति लिनुपर्ने, मुद्दासँग सम्बन्धित विषय, व्यक्ति पदाधिकारी र अन्यमा कार्यक्रम चलाउन नपाउने भनी तोकिएको सर्त पनि खारेज हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

    लामिछानेको निवेदनमाथि बुधबार उच्च अदालत पाटन, हेटौंडा इजलासले प्रारम्भिक सुनुवाइ गर्ने बताइएको छ । लामिछाने र कँडेलको तर्फबाट अधिवक्ता राजेन्द्र सेढार्इंले बहस गर्ने बताइएको छ । पुडासैनीले चितवनस्थित होटल कंगारुमा झुण्डिएर आत्महत्या गरेपछि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । उक्त मुद्दामा थुनछेक आदेश गर्दै न्यायाधीश हेमन्त रावलको इजलासले धरौटी माग गर्ने आदेश गरेको थियो । अदालतको सो आदेशअघि उनीहरू ११ दिन थुनामा थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑