वीरगंज महानगरेको बारेमा राजपाद्धारा सडकमा पत्रकार सम्मेलन
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार १०:५५
३३०१
वीरगंज। नितेश कुमार कर्ण। राष्ट्रिय जनता पार्टी नेपाल का महासचिव राजेश मान सिह ले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी बीरगन्ज महानगरपालिका ले सरसफाईको समस्या मा ध्यान नदिएको , ढल निकास र विकास निर्माण अनियमितता र भ्रष्टाचार गरेको , छाडा चौैपायाको नियन्त्रण लिने कार्य नगरेको आरोप मेयर माथि लगाउनु भएको छ ।
नगर प्रमुख विजय सरावगी निर्वाचीत भएपछि सहि ढंगबाट केहि काम नभएको तथा भएका काममा पनि चरम लापरवाहि भएको, निर्माण सामाग्रिहरु गुणस्तरहीन प्रयोग गरेको, मापदण्ड पुरा नगरेको राजपाले पत्रकार सम्मेलनमा आरोप लगाएको छ ।
जहाँ समस्या त्यहाँ पत्रकार सम्मेलन नाराका साथ राजपाका महासचिव राजेशमान सिंह ले अभियान सुरु गरी खबरदारी निरन्तर गर्ने बताएका छन । बाईट ः राजेशमान सिंह, महासचिव, राजपा नेपाल ।