समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत “साइवर अपराध ” सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
वीरगंज संजाल
१८ भाद्र २०७६, बुधबार ०७:५८
९५११
बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत साईवर अपराध सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
बिरगंज महानगरपालिका वडा न,३ स्थित एम.ई.एस. सेकेन्डरि स्कुलमा रहेका ९ र १० कक्षाका ६५ जना छात्र – छात्राहरुलाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरि नायब निरीक्षक बिजय कुमार शाहीले प्रशिक्षण दिनु भएको थियो ।
सामुदायिक सेवा केन्द्र छप्कैया -२ का अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचीव प्रबिण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा सिंह खत्री , एमिइएस स्कुलका सस्थापक ईमामुदिन अहमद , प्रहरी बिट छपकैया -२ का प्रहरी सहायक निरीक्षक कुलदिप कर्ण, प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी राजकुमार तामाङ लगायतकाको सभागिता रहेको थियो ।कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्र छपकैया-२ का सदस्य अजित कुमार भुजेलले गर्नु भएको थियो ।