• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    राष्ट्रिय झण्डा कसरी प्रयोग गर्ने ? गृहले ल्यायो यस्तो कार्यविधि

  • वीरगंज संजाल
  • १८ भाद्र २०७६, बुधबार ००:५१
  • २३७५

    काठमाडौं । सरकारले राष्ट्रिय झण्डा प्रयोग सम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । गृह मन्त्रालयद्वारा मंगलबार जारी गरिएको वक्तव्यमा कुनै पनि औपचारिक कार्यक्रमहरु सञ्चालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधानको तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि (प्रथम संशोधन समेत २०६९) मा निम्नाअनुसार व्यवस्था गरिएको भन्दै गृहले सूचना निकालेको छ ।

    जसअनुसार नेपालको राष्ट्रिय झण्डा शीर्षकमा नेपालको संविधान २०७२को धारा ८मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुईँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा भएको जनाइएको छ ।

    राष्ट्रिय झण्डाको आकार प्रयोग शीर्षक अन्तर्गत संवैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८ गुणन ६ फिट हुनुपर्ने जनाइएको छ । त्यसैगरी नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संघ संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६ गुणन ४ फिट हुने जनाइएको छ ।
    संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष , गैर सरकारी संघ संस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४ गुणन ३ फिट हुनुपर्ने जनाइएको छ ।

    संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३० गुणन २० सेन्टिमिटर हुनुपर्ने, नेपाली नागरिकले राष्ट्रिय उत्सव–महोत्सवहरुमा ३० गुणन २० सेन्टिमिटर आकारको झण्डा हात हातमा लिएर हिंड्न सक्नेछन् भनिएको छ ।

    राष्ट्रिय पर्व, राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको आकार ३ गुणन २ दशमलब ५ फिट हुनुपर्ने र नेपाली नागरिकले ४ गुणन ३ फिट र ३ गुणन २ दशमलब ५ फिट दुवै आकारका राष्ट्रिय झण्डा प्रयोग गर्न सक्ने समेत गृहले जनाएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)
  • बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !
  • यातयात क्षेत्रमा समस्यै समस्या
  • प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      आज दिउसाे ४ बजे बजेट प्रस्तुत हुने

      निजगढ विमानस्थल बनाउन रोक लगाएकोमा वातावरण प्रेमीहरूद्वारा खुसीयाली

      किन सुनिन्छ खुट्टा ?

      यी हुन् आँप खानुका आठ फाइदा

      आज आइतवार – १५ जेठ २०७९ को राशिफल

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      News

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      News

      यातयात क्षेत्रमा समस्यै समस्या

      News

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      News

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑