अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट ५४ सय सेना फिर्ता गर्न सक्ने
वीरगंज संजाल
१७ भाद्र २०७६, मंगलवार ०४:०६
३६३७
वाशिङटन । अमेरिकाले आगामी २० हप्ताभित्रमा अफगानिस्तानबाट ५ हजार ४ सय आफ्ना सेना फिर्ता गर्ने तालिवानसँग सैद्धान्तिक सहमति भएको अमेरिकाका एक उच्च संझौताकर्ताले जनाएका छन् ।
जाल्मे खालिजादले टिभी अन्तर्वार्ताका क्रममा सो कुरा बताएका हुन् । यद्यपि सो सम्बन्धी अन्तिम टुंगो भने अमेरिकी राष्ट्रपतिको पर्खाइमा रहेको जनाइएको छ ।
सो अन्तर्वार्ता प्रसारण भइरहेको बेलामा काबुलमा ठूलो विस्फोट भएको थियो । सो विस्फोटमा कम्तिमा ५ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।
समाचारमा जनाइएअनुसार सो विस्फोटमा विदेशी शक्तिलाई लक्षित गरिएको थियो । अमेरिका र तालिवान समूहबीच अहिले सम्म ९ चरणका वार्ता भइसकेका छन् । सबै वार्ता कतारमा भएका थिए । (बीबीसी)