• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    पुनःनिर्माणमा राजधानी नै कमजोर

  • वीरगंज संजाल
  • १७ भाद्र २०७६, मंगलवार ०४:०४
  • ३२९९

    काठमाडौं । काठमाडौं भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गरे ।

    काठमाडौंका ११ नगरपालिकामध्ये पनि सबैभन्दा बढी समस्या मुलुककै पहिलो महानगर काठमाडौं महानगरपालिकामै रहेको एकाइले जनाएको छ । काठमाडौंमा शुरुमा गरिएको सर्वेक्षणमा ४२ हजार ४९९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएका थिए । गुनासोबाट छ हजार ६९ पीडित थपिएपछि हाल ४८ हजार ५६८ लाभग्राही पुगेका पौडेलले जानकारी दिए ।

    काठमाडौंमा हालसम्म कूल लाभग्राहीको ८६ प्रतिशत अर्थात् ४१ हजार ७६८ परिवारसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता गर्ने जति सबैले पहिलो किस्ताको रु ५० हजार बुझिसकेका छन् । पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता लिने लाभग्राही भने १७ हजार ९७० मात्र छन् । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिने लाभग्राही भने १४ हजार ८४ छन् ।

    यसैगरी प्रबलीकरण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या ९०७ भए पनि दुई जनाले मात्र काम शुरु गरेको अभिलेख एकाइमा छ । जिल्लामा गोकर्णेश्वर नगरपालिकामा सबैभन्दा बढी घर पुनःनिर्माण भएका छन् । नगरपालिकामा दुई हजार ९३९ लाभग्राही छन् । त्यसमध्ये ४६ प्रतिशतले पुनःनिर्माण सम्पन्न गरी तीनै किस्ता लिइसकेका छन् ।

    सबैभन्दा कम घर पुनःनिर्माण भएको महानगरपालिकामा सात हजार ५६१ छ । यसमध्ये १७ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरेका हुन् । पुर्जा नभएका जग्गा, मोही, स्ववासी, सुकुम्वासी, गुठी, सरकारी जग्गा, वन क्षेत्र, सार्वजनिक जग्गा, पर्ती जग्गामा घर बनाएर बसी क्षति भएकाका समस्याका कारण पनि पुनःनिर्माणमा ढिलाइ भएको हो ।

    भूकम्प अति प्रभावित सिन्धुपाल्चोक पुनःनिर्माण सबैभन्दा अघि देखिएको छ । सिन्धुपाल्चोकमा ६७ हजार ६०४ घर पुनःनिर्माण सम्पन्न भएका प्राधिकरणले जनाएको छ । सो जिल्लामा ८८ हजार २७३ परिवार लाभग्राही सूचीमा परेका थिए । उपत्यकाका ललितपुर र भक्तपुर पनि अरु ११ जिल्लाको तुलनामा पुनःनिर्माणमा पछि छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑