• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    पुनःनिर्माणमा राजधानी नै कमजोर

  • वीरगंज संजाल
  • Sep 3, 2019, 4:04 am
  • २२८३

    काठमाडौं । काठमाडौं भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गरे ।

    काठमाडौंका ११ नगरपालिकामध्ये पनि सबैभन्दा बढी समस्या मुलुककै पहिलो महानगर काठमाडौं महानगरपालिकामै रहेको एकाइले जनाएको छ । काठमाडौंमा शुरुमा गरिएको सर्वेक्षणमा ४२ हजार ४९९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएका थिए । गुनासोबाट छ हजार ६९ पीडित थपिएपछि हाल ४८ हजार ५६८ लाभग्राही पुगेका पौडेलले जानकारी दिए ।

    काठमाडौंमा हालसम्म कूल लाभग्राहीको ८६ प्रतिशत अर्थात् ४१ हजार ७६८ परिवारसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता गर्ने जति सबैले पहिलो किस्ताको रु ५० हजार बुझिसकेका छन् । पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता लिने लाभग्राही भने १७ हजार ९७० मात्र छन् । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिने लाभग्राही भने १४ हजार ८४ छन् ।

    यसैगरी प्रबलीकरण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या ९०७ भए पनि दुई जनाले मात्र काम शुरु गरेको अभिलेख एकाइमा छ । जिल्लामा गोकर्णेश्वर नगरपालिकामा सबैभन्दा बढी घर पुनःनिर्माण भएका छन् । नगरपालिकामा दुई हजार ९३९ लाभग्राही छन् । त्यसमध्ये ४६ प्रतिशतले पुनःनिर्माण सम्पन्न गरी तीनै किस्ता लिइसकेका छन् ।

    सबैभन्दा कम घर पुनःनिर्माण भएको महानगरपालिकामा सात हजार ५६१ छ । यसमध्ये १७ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरेका हुन् । पुर्जा नभएका जग्गा, मोही, स्ववासी, सुकुम्वासी, गुठी, सरकारी जग्गा, वन क्षेत्र, सार्वजनिक जग्गा, पर्ती जग्गामा घर बनाएर बसी क्षति भएकाका समस्याका कारण पनि पुनःनिर्माणमा ढिलाइ भएको हो ।

    भूकम्प अति प्रभावित सिन्धुपाल्चोक पुनःनिर्माण सबैभन्दा अघि देखिएको छ । सिन्धुपाल्चोकमा ६७ हजार ६०४ घर पुनःनिर्माण सम्पन्न भएका प्राधिकरणले जनाएको छ । सो जिल्लामा ८८ हजार २७३ परिवार लाभग्राही सूचीमा परेका थिए । उपत्यकाका ललितपुर र भक्तपुर पनि अरु ११ जिल्लाको तुलनामा पुनःनिर्माणमा पछि छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑