• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सक्शन मेशिनबाट वीरगंज महानगरमा निर्माण गरिएका भूमिगत नालाहरूको सरसफाइको प्रयोग असफल

  • वीरगंज संजाल
  • Sep 3, 2019, 3:25 am
  • २८६३

    वीरगंज । चार वर्षअघि मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना र अहिले क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत वीरगंज महानगरमा निर्माण गरिएका नालाहरूको सरसफाइ हुन सकेको छैन ।

    मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत वीरगंजमा ४७ किलोमिटरको हाराहारीमा नाला निर्माण भएको थियो । सो नालाको अहिलेसम्म पनि सफाइ हुन सकेको छैन । नाला सफा नगरिएको तथा सो आयोजनाले निर्माण गरेको सडकमा नपाले सफाइको नाममा झाडू पनि प्रयोगमा ल्याएको छैन ।

    आयोजनाले निर्माण गरेका भूमिगत नालाहरूको सरसफाइमा प्रयोग हुने मेशिनको खरीदमा पनि मनपा उदासीन छ । भूमिगत नाला सफाइको लागि महानगरले जेट र सक्शन मेशिन खरीद गरेको हो । तर मनपाको क्षेत्रफलको आधारमा सो मेशिन पर्याप्त नभएको जानकारहरू बताउँछन् ।

    महानगरले ल्याएको जेट र सक्शन मेशिन ४ देखि ६ हजार लिटर पानी सञ्चय गर्ने क्षमताका छन् । तर मनपालाई अहिले १० देखि १६ हजार पानी सञ्चय गर्ने जेट तथा सक्शन मेशिन आवश्यक छ । यही कारण हो मनपाले आयोजनाको काम भएको यत्रो अवधिमा यो मेशिनको प्रयोग गर्न सकेको छैन । केही ठाउँमा परीक्षण गरिए पनि मेशिन सफल नभएको थाहा हुन आएको छ । हालै मनपाले बसपार्कदेखि नेशनल मेडिकल कलेज जाने सडकमा रहेको नालाको सरसफाइमा जेट र सक्शन मेशिन प्रयोग गरेको थियो । तर कम क्षमता भएको र फोहर चरम अवस्थामा रहेको कारण नालाको सफाइ प्रभावित भएको हो ।

    मनपासँग रहेका जेट तथा सक्शन मेशिनले सो क्षेत्रको नाला सफाइ गर्न सकेन । नालामा रहेका फोहरलाई कटिङ गर्ने तथा हावा र पानीको माध्यमबाट नाला जामलाई खुलाउने काम जेट र सक्शन मेशिनबाट गरिन्छ । वीरगंजमा निर्मित नालामा मानिस पसेर सरसफाइ गर्न सक्ने अवस्था छैन ।

    किनभने जुन संरचनामा बनाइएको छ, त्यसबाट मानिस भूमिगत नालामा प्रवेश गर्दा आक्सिजनको चरम अभाव हुन्छ । अहिले जेट र सक्शन मेशिन प्रयोगको लागि भूमिगत नालाको ढक्कन रहेका स्थानमा मात्र मानिस प्रवेश गर्न सक्छ । त्यसपछिको सफाइको काम मेशिनबाट गराउनुपर्छ । चार वर्षसम्म नालाको सफाइ नगरी जाम भएपछि जेट तथा सक्शन मेशिनको प्रयोग सफल नभएको र आकाशे पानी पर्दा पानीले निकास नपाएपछि शहरका केही स्थान डुबानमा परेका थिए ।

    अहिले वीरगंजमा क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत करीब २२ किलोमिटर थप नालाको निर्माण भइरहेको छ । यो नालालाई पनि जेट र सक्शन मेशिनबाटै सफाइ गर्नुपर्ने हुन्छ । तर मनपासँग नाला सफाइ गर्ने क्षमतावान् जेट र सक्शन मेशिन छैन ।

    २ वर्षमा हुने काम ५ वर्षमा सकिंदै

    मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गतको काम अहिले बल्ल आएर लगभग सकिएको छ ।
    २ वर्षमा सकिनुपर्ने योजनाको काम ५ वर्ष बित्न लाग्दा अहिले ९९.५ प्रतिशत काम सम्पन्न भएको छ । अर्थात् ०.५ प्रतिशत अभैm बाँकी छ । प्राविधिकरूपमा यसलाई शतप्रतिशत मान्न सकिन्छ ।

    मनपाले आयोजनाको काम सम्पन्न गर्ने कुरामा संवेदनशीलता नदेखाएको कारण ढिलाइ भएको हो । मेयरमा निर्वाचित भएपछि विजयकुमार सरावगीले एडिबीबाट खटेका लापर्बाही गर्ने ठेकेदारलाई कारबाई गर्ने चेतावनी दिएका थिए तर अहिले उनको भनाइमा परिवर्तन आइसकेको छ । आपूmले प्राविधिक कुरा नबुझेर त्यतिखेर प्रतिक्रिया दिएको उनले यसअघि बताइसकेका छन् ।

    यसैगरी, क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत सञ्चालित योजनाको भने ३५ प्रतिशत काम सकिएको छ । २ वर्ष कार्यवधि रहेको यो योजनाको काम ६ महीनाअघि शुरू भएको र आगामी डेढ वर्षमा पूरा गर्नुपर्ने हुन्छ । कार्यक्रमका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले पहिलो आयोजनाको काम विभिन्न कारणवश ढिला हुन गएको भएपनि हाल सञ्चालित क्षेत्रीय शहरी विकास कार्यक्रमको काम कुनै अवरोध खडा नभएको खण्डमा निर्धारित समयमा पूरा हुने बताए ।

    ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्शनका प्रबन्ध व्यवस्थापक ठाकुर ढकालले कन्स्ट्रक्शनको कारण पहिलो चरणको काम ढिला नभएको र दोस्रो चरणको काम पनि ढिला नहुने बताए । उनले पहिलो चरणमा मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, ढुङ्गा, गिट्टी, बालुवाको समस्या र कार्यक्षेत्रको व्यवस्था नगर्दा ढिला हुन गएको बताए । अहिले निर्धारित समयमा काम शुरू भएको र सम्पन्न पनि हुने दाबी गरे । prateekdaily.comबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न
  • मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु
  • माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप
  • भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    News

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    News

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    News

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑