चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् ।
आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने सोही क्रममा काठमाडौँ आउने बताइएको छ ।
सी नेपाल हुँदै भारत जाने वा भारत भ्रमण सकेर नेपाल आउने भन्नेबार अझै टुंगो नलागे पनि उनको भ्रमण हुने बलियो संकेत आएसँगै यसबारे तयारी अगाडि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।
सीको भ्रमणको सुरक्षा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले प्रदान गरेको सुरक्षाभन्दा कमजोर हुन नहुने चिनियाँ पक्षको जोड रहेको सो मन्त्रालयका एक अधिकारीले बताए । यो समाचार नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।