इसरोका चेयरमैन के सिवनका अनुसार २ सेप्टेम्बरको अप्रेसन यस मिसनको पहिलो सबैभन्दा ठूलो चुनौती हो । ऑर्बिटर र ल्याण्डरको ‘सेप्रेसन’ गर्नु इसरोका लागि पहिलो घटना हुन गईरहेका छ । यो ‘सेप्रेसन’ अत्यंत वेगले उडीरहेको ऑर्बिटरबाट गर्नुछ । यो झन्डै झण्डै त्यस्तै प्रक्रिया हो जुन कृतिम उपग्रहलाइ ‘लांचर रॉकेट’बाट बेग्लै गर्दा गर्नुपर्ने हुन्छ । यसलाई सामान्य भाषामा यसरी बुझ्न सकिन्छ – अहिले चंद्रयान -२ मा २वटा यान ‘इंट्रीग्रेटेड’ छन,आजको हाम्रो काम ‘इंट्रीग्रेटेड’ रहेका दुबै यानलाई बेगला बेग्लै गर्नु हो । ‘इंट्रीग्रेटेड’ रहेका दुबै ‘स्पेसक्राफ्ट’ लाइ हामी पृथ्वीबाट ‘कमांड’ पठाउछौ , ‘कमांड’ पाएर ‘इंट्रीग्रेटेड यान’ को ‘ऑनबोर्ड सिस्टम’ ले यसलाई ”एग्जिक्यूट’ गरेर ऑर्बिटरबाट ल्याण्डरलाइ ‘सेप्रेट’ गर्छ ।