प्रदेश मन्त्रीको अभिब्यक्तिप्रती निजगढ नगरपालिकाद्वारा बिरोध
वीरगंज संजाल
१५ भाद्र २०७६, आईतवार १७:३१
४०९३
सिमरा : राष्ट्रिय गौरवका रुपमा बारामा बन्न लागेको दोस्रो अन्तराष्ट्रिय बिमानस्थलसम्बन्त्री प्रदेश २ का एक मन्त्रीले आपत्तीजनक अभिब्यक्ती दिएको भन्दै बाराको निजगढ नगरपालिकाले खेद प्रकट गरेको छ ।
प्रदेश २ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रामनरेश रायले केही समयअघी राष्ट्रिय मिडियामै बिमानस्थलका लागी रुख कटान गर्न नदिने अभिब्यक्ती दिएपछी नगरपालिकाले त्यसको बिरोध गरेको हो ।
आईतबार एक बिज्ञप्ती जारी गर्दै नगरपालिकाले पछिल्लो समय बिकासका सम्बन्धमा बिभिन्न बिरोधाभास आवाजहशरु सुनिन थालेको भन्दै यसको बिरोधमा उत्रिन नागरिकहरुलाई आह्वान समेत गरेको छ ।
‘बिमानस्थल क्षेत्रभित्र पर्ने टाँगियाबस्तीका एक हजार चार सय ७६ घरधुरीलाई उचित ब्यवस्थापन गर्दै कम रुख कटान गरेर ग्रिन एयरपोर्ट निर्माण गरेर पनि बन तथा वातावरण जोगाउन सकिने भएकाले बिमानस्थल बारामा बनाउन पर्छ भन्ने धारणा राख्दछु ।’, नगरपालिकाका मेयर सुरेश कुमार खनालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
बारामा बिमानस्थल निर्माण भएपश्चात हाल मुलुकको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलमा रहँदै आएको हवाई चाप घट्ने र निर्माणाधिन द्रुतमार्ग हुँदै छोटो समयमानै राजधानी पुग्न सकिने भएकाले यो स्थानमा बिमानस्थल बनाउन बिलम्ब गर्न नहुने समेत बिज्ञप्तीमा जनाईएको छ ।