बढहर्वा : कलैया उपमहानगरपालिका–२४ मनहर्वा स्थीत रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिषरमा निर्मित बाल उद्यानको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । उद्यानको पूर्व मन्त्री एवं प्रदेश नम्बर २ कि सभा सदस्य माननिय ज्वाला कुमारी साहले उद्घाटन गर्नु भएको हो ।
प्रमुख अतिथी समेत रहनु भएकी माननिय साहले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आजका बालबालिका नै भोलिका कर्णधार हुन् । उनीहरुका लागि विद्यालयमा शैक्षिक वातावरण निर्माणमा बाल उद्यान सहयोगी बन्ने बताउनु भयो । बालबालिका लागि उद्यान निर्माण गरिनु स्रहानिय काम भएको भन्दै साहले शैक्षिक माहोल बनाउन भौतिक शंरचनाको उत्तीकै ठुलो भुमिका हुने बताउनु भयो । साहले प्रदेश २ अन्तरगतका विद्यालयहरुलाई भौतिक रुपमा पूर्ण बनाईनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा कलैया उपमहानगरपालिका–२४का अध्यक्ष हरिलाल प्रसाद चौधरी, साविक मनहर्वा गाविसका भुतपूर्व अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम दयाल चौधरी, विद्यालयका प्रधानअध्यापक हरिकिशोर कुँवर, विद्यालय अविभावक संघका अध्यक्ष टंक प्रसाद लुँईटेल,मनहर्वा पूर्वाधार विकास कार्यालय पर्सा सम्पर्क ईकाई कार्यालय बाराका प्राविधिक राजेश प्रसाद चौधरी लगायतकाले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम दयाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।