• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजको जिएचपी स्कुलको होस्टलबाट १३ वर्षीय विद्यार्थी बेपत्ता, तीन दिनसम्म पनि फेला परेनन्

  • वीरगंज संजाल
  • Sep 1, 2019, 5:05 pm
  • २३१३

    वीरगन्ज। वीरगंजको पावर हाउसनजिक रहेको जिएचपी स्कुलको होस्टलबाट एक जना विद्यार्थी हराएका छन्। गत बिहीवार अपरान्ह ३ बजेपछि जिएचपी स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत १३ वर्षीय विद्यार्थी अमित कुमार चौरसिया हराएको उनका अभिभावकले बताएका छन्।

    स्कुलको होस्टलबाटै छोरा हराएपछि अमितका अभिभावक अहिले चिन्तित बनेका छन्। पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीका अमितको परिवार हाल वीरगन्ज महानगरपालिका–१३ राधेमाईमा बस्दै आएको छ। अमितलाई गत वैशाखदेखि स्कुलको होस्टलमा मासिक ९ हजार रुपैयाँ शुल्क तिर्ने गरी भर्ना गरिएको थियो।

    ‘महिनाको हजारौं रुपैयाँ शुल्क तिरेर बच्चा राखिन्छ, बच्चा कुन बेला कहाँ गयो, उसको सुरक्षाको पूरै जिम्मेवारी स्कुल प्रशासनको हो’ अमितका बुवा सोनालाल प्रसाद चौरसियाले भने, ‘स्कुलबाट बच्चा गायब हुनुमा सुरक्षागार्डदेखि स्कुल सञ्चालकहरुको पनि लापरवाही छ। मेरो छोरो सकुशल भेटिनु पर्छ।’

    घटनाको भोलिपल्ट अमितको परिवारले स्कुलबाट छोरा हराएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सामा गराउँदै खोजीको लागि निवेदन दिएका छन्। पर्सा प्रहरीमा उजुरी गर्दा पनि बिहीवारदेखि बेपत्ता भएको आफ्नो छोराको बारेमा हालसम्म कुनै ठोस नतिजा आउन नसकेको पनि परिवारले आरोप लगाएको छ। विद्यालयकी सञ्चालिका तथा प्रिन्सिपल रमिन्दर कौरले घटनाबारे स्कुल प्रशासन दुःखित रहेको बताइन्।

    ‘हामी पनि दुःखित छौं, कसरी घटना भयो, मलाई पनि थाहा छैन। सिसिटिभीमा हेर्दा अपरान्ह ३ बजेर ७ मिनेटमा विद्यार्थीको छुट्टी हुँदा दुई जना विद्यार्थीको पछिपछि लागेर अमित पनि बाहिर निस्केको छ’ उनले दाबी गरिन्, ‘बच्चा खोजीको लागि हामी पनि परिवारसँग समन्वय गर्दै लागि परेका छौं।’

    प्रिन्सिपल रमिन्दर कौरले सुरक्षागार्डको लापारवाहीले अमित बेपत्ता भएको पनि स्वीकार गरिन्। ‘छुट्टीको बेला १५ सय जति विद्यार्थी एकैचोटी निस्कन्छन्, त्यसमा गार्डहरुलाई पनि समस्या पर्छ’ प्रिन्सिपल कौरले भनिन्, ‘त्यसकारण उक्त बच्चामाथि निगरानी गर्न सकिएन।’

    जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले घटनाबारे उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको बताए। ‘हामीले स्कुल प्रशासनसँग पनि बुझेका छौं, आफूमातहत सबै प्रहरी युनिटलाई पनि खबर गरेका छौं’ उनले भने, ‘जुन विद्यार्थीको पछिपछि लागेर अमित स्कुलबाट निस्केको छ, ती विद्यार्थीलाई आज बोलाएका छौं। अनुसन्धान जारी छ।’ pahilopost.comबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑