• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको जिएचपी स्कुलको होस्टलबाट १३ वर्षीय विद्यार्थी बेपत्ता, तीन दिनसम्म पनि फेला परेनन्

  • वीरगंज संजाल
  • १५ भाद्र २०७६, आईतवार १७:०५
  • ३४०१

    वीरगन्ज। वीरगंजको पावर हाउसनजिक रहेको जिएचपी स्कुलको होस्टलबाट एक जना विद्यार्थी हराएका छन्। गत बिहीवार अपरान्ह ३ बजेपछि जिएचपी स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत १३ वर्षीय विद्यार्थी अमित कुमार चौरसिया हराएको उनका अभिभावकले बताएका छन्।

    स्कुलको होस्टलबाटै छोरा हराएपछि अमितका अभिभावक अहिले चिन्तित बनेका छन्। पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीका अमितको परिवार हाल वीरगन्ज महानगरपालिका–१३ राधेमाईमा बस्दै आएको छ। अमितलाई गत वैशाखदेखि स्कुलको होस्टलमा मासिक ९ हजार रुपैयाँ शुल्क तिर्ने गरी भर्ना गरिएको थियो।

    ‘महिनाको हजारौं रुपैयाँ शुल्क तिरेर बच्चा राखिन्छ, बच्चा कुन बेला कहाँ गयो, उसको सुरक्षाको पूरै जिम्मेवारी स्कुल प्रशासनको हो’ अमितका बुवा सोनालाल प्रसाद चौरसियाले भने, ‘स्कुलबाट बच्चा गायब हुनुमा सुरक्षागार्डदेखि स्कुल सञ्चालकहरुको पनि लापरवाही छ। मेरो छोरो सकुशल भेटिनु पर्छ।’

    घटनाको भोलिपल्ट अमितको परिवारले स्कुलबाट छोरा हराएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सामा गराउँदै खोजीको लागि निवेदन दिएका छन्। पर्सा प्रहरीमा उजुरी गर्दा पनि बिहीवारदेखि बेपत्ता भएको आफ्नो छोराको बारेमा हालसम्म कुनै ठोस नतिजा आउन नसकेको पनि परिवारले आरोप लगाएको छ। विद्यालयकी सञ्चालिका तथा प्रिन्सिपल रमिन्दर कौरले घटनाबारे स्कुल प्रशासन दुःखित रहेको बताइन्।

    ‘हामी पनि दुःखित छौं, कसरी घटना भयो, मलाई पनि थाहा छैन। सिसिटिभीमा हेर्दा अपरान्ह ३ बजेर ७ मिनेटमा विद्यार्थीको छुट्टी हुँदा दुई जना विद्यार्थीको पछिपछि लागेर अमित पनि बाहिर निस्केको छ’ उनले दाबी गरिन्, ‘बच्चा खोजीको लागि हामी पनि परिवारसँग समन्वय गर्दै लागि परेका छौं।’

    प्रिन्सिपल रमिन्दर कौरले सुरक्षागार्डको लापारवाहीले अमित बेपत्ता भएको पनि स्वीकार गरिन्। ‘छुट्टीको बेला १५ सय जति विद्यार्थी एकैचोटी निस्कन्छन्, त्यसमा गार्डहरुलाई पनि समस्या पर्छ’ प्रिन्सिपल कौरले भनिन्, ‘त्यसकारण उक्त बच्चामाथि निगरानी गर्न सकिएन।’

    जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले घटनाबारे उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको बताए। ‘हामीले स्कुल प्रशासनसँग पनि बुझेका छौं, आफूमातहत सबै प्रहरी युनिटलाई पनि खबर गरेका छौं’ उनले भने, ‘जुन विद्यार्थीको पछिपछि लागेर अमित स्कुलबाट निस्केको छ, ती विद्यार्थीलाई आज बोलाएका छौं। अनुसन्धान जारी छ।’ pahilopost.comबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑