लन्डन । अक्टोबर ३१ मा ईयूबाट बेलायत अलग भएपछि अन्नालगायतका लाखौं ईयूका नागरिकका संकट दिनका दिन सुरु हुनेछन् ।
५५ वर्षअघि अन्ना अमाटो जब इटालीबाट बेलायत आइन् उनी जम्मा दुई वर्षकी थिइन् । उनी बेलायतमै हुर्किन । उनको विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययन बेलायतमै भयो र विभिन्न संस्थाहरुमा काम गरिन् । बेलायत सरकारलाई नै कर तिरिरहेकी छन् ।
इङ्ल्यान्डको पश्चिमी सहर ब्रिस्टोलमा बसेको वर्षौं भइसक्यो । बेलायती नागरिकसँग विवाह गरिन् र अहिले उनका दुई सन्तान पनि छन् । युरोपियन युनियनका हजारौं नागरिक (जसले दशकौंदेखि बेलायतलाई आफ्नो घर मानेका छन्) जस्तै अन्नाले पनि आफूले बेलायतमा स्थायी बसोबासको अधिकार छ भन्ने ठान्थिन् ।
तर, बेलायत सरकार तयार भएन । बेलायतको गृह मन्त्रालयले गतवर्ष उनले स्थायी बसोबासका लागि दिएको निवेदन खारेज गरिदियो । गृह मन्त्रालयले स्थायी बसोबासका लागि उनीसँग पर्याप्त प्रमाणपत्र नभएको बताउँदै उनको निवेदन खारेज गरेको हो । उनी छाँगाबाट खसेजस्तै भइन् ।
“तपाईं आफ्नो मुलुकमा हुनुहुन्छ, त्यहाँ प्रजातन्त्र छ । तर, अचनाक तपाईंलाई यति लामो समयपछि स्थायी बसोबासको अधिकार छैन भन्दा तपाईंको मनमा के हुन्छ ?, ” ५७ वर्षीया अन्नाले रोयर्टससँग कुरा गर्दै भनिन्, ” अब म कहाँ जाने ? यो वास्तवमै खतरापूर्ण र डरलाग्दो विषय हो ।”
ईयूबाट बेलायत बाहिरिने समयसीमा नजिकिएसँगै निम्तिने संकटको एक प्रतिनिधि पात्र हुन् अन्ना । बेलायतले ईयूका नागरिकलाई बेलायतमा स्थायी बसोबास लागि अनुमति नदिने बताएसँगै लाखौं अन्नाहरु संकटमा पर्नेछन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अक्टोबर ३१ मा ईयूबाट बाहिरिने निर्णय गर्ने निश्चित छ । जसका लागि उनले संसद निलम्बनको निर्णयसमेत गरिसेकका छन् । आगामी सेप्टेम्बर १० देखि अक्टोबर १४ सम्म पाँच साताका लागि बेलायतको संसद निलम्बन गरिने भएको छ ।
दशकौंदेखि ईयूले त्यहाँका नागरिकलाई बेलायतलगायतका मुलुकमा बसोबास गर्ने र काम गर्ने अधिकार सुनिश्चित गरेको छ । तर, बेलायतले ४६ वर्षपछि आएर अहिले ईयूसँग सम्बन्ध तोड्न खोजेको छ । बेलायतको यो कठोर निर्णयपछि ईयूका नागरिकले बेलायतमा बसोबास गर्न नयाँ कानुनी प्रक्रिया अपनाउनु पर्नेछ ।
सरकारको योजनाअनुसार ईयूका नागरिकले निरन्तर पाँच वर्षदेखि बेलायमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्ने छ । उक्त प्रमाण पुष्टि भएमा मात्र ईयूका नागरिकले बेलायतमा अहिले पाएका सुविधाहरु काम गर्ने, अध्ययन गर्नपाउने लगायतका सुविधाहरु पाउनेछन् ।
तर, ईयू अन्तर्गतका छ देशका नागरिकसहित टप फ्रने सेफलगायतले भने बेलायतको बसोबास नगर्ने बताइसकेका छन् । उनीहरु त्यहाँ बसोबास गर्न पहिले नै योग्य छन् । अधिकांश ईयूका नागरिकहरुले निशुल्क स्वास्थ्य सेवा र रोजगारीलगायतका सुविधा गुमाउनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । केहीलाई भने आफू मुलुकबाहिर जाँदा आफू बाहिर जान योग्य छु भन्ने कसरी प्रमाणित गर्ने भन्ने पिरलो छ ।
सरकारको ईयूबाट बाहिरिने घोषणाले ईयूका नागरिकहरुलाई थप दुविधामा पारेको छ । नोभेम्बर १ देखि उनीहरुले स्वत: बसोबास गर्ने र काम गर्ने अधिकार गुमाउनेछन् ।
‘घोर अपमान’ बेलायतका विन्डरस स्क्यान्डल (सन् १०१८ मा गैरकानुनी रुपमा देश निकाला गर्ने धम्की दिँदै रुपमा नियन्त्रणमा लिने र अधिकार खोस्ने गरेको काण्ड । यसविरुद्ध बेलायतमा ८३ मुद्दा परेका थिए ।) मा परेका नागरिकहरुलाई उनीहरुको बसोबास प्रमाणित गर्नुपर्ने बताएका छन् । विशेषगरी यसबाट क्यारेबियन मुलका बेलायती पीडित बनेका थिए । केहीले जागिर गुमाए भने केहीले भने गैरकानुनी रुपमा देशनिकाला गरिएको थियो ।
विपक्षी दल लेबर पार्टीका सांसद तथा ईयू समर्थक भिरेन्द्र शर्माले भने, “ईयूबाट बेलायत बाहिँदा निम्तिने संकटमा अन्ना एक प्रतिनिधि पात्र हुन् । उनीजस्तै हजारौं अन्नाहरुलाई पर्ने समस्याको समाधानका लागि सरकारले कुनै तयारी गरेको छैन ।” जसले गर्दा अध्यागमन प्रणालीमा पनि ठूलो असर पर्ने उनले बताए ।
“अन्नाको कथा एक पीडादायी कथा हो,” उनले भने, “उनीजस्तै कयौंले आफ्नो सारा जिन्दगी बेलायतमा बिताएका छन् । जबकि बेलायती विद्यालयमा पढे, यहीँ विवाह गरे र वर्षौंदेखि यही काम गरेर कर तिरिरहेका छन् । तर, अहिले एक्कासी उनीहरुको अस्तित्व मेटाउन खोजिएको छ ।”
अन्ना, जसले नरम शब्दमा आफ्नो समस्या राखिन् । उनले ब्रिटेनले ईयूबाट बाहिरन मतदान गरेको अर्कोवर्ष सन् २०१७ देखि आफ्नो अध्यागमनको स्थिति सार्वजनिक गरिन् । सरकार त्यही वर्षदेखि ईयूका नागरिकका लागि अध्यागमन नियम कडाई गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उनले बसोबासका लागि प्रमाण जुटाउन र प्रक्रिया पूरा गर्न तीन महिना खर्च गरिन् । जसमा उनले कर तिरेको रसिद, बैंक स्टेटमेन्ट, उनको योग्यता र सामाजिक सुरक्षा नम्बर अर्थात राष्ट्रिय बिमा नम्बर संलग्न गरेकी थिइन् ।
करिब ४० वर्षको करिअरमा अन्नाले २० वर्षजति पिज्जा कम्पनी चलाइन् र व्यक्तिगत सहयोगी र परामर्शदाताको रुपमा समेत काम गरिन् । आफूलाई गैर राजनैतिक व्यक्ति बताउने अन्नाले करिब ६१५ हजार पाउन्ड वार्षिक कर तिर्छिन् । तीन महिना लगाएर जम्मा गरेका प्रमाणहरु एक बक्समा राखिन् र ३५ पाउन्ड तिरेर उक्त प्रमाणहरु सम्बन्धित कार्यालयमा पठाइन् ।
तर, गृहमन्त्रालयले स्थायी बसोबासका लागि पर्याप्त प्रमाण नभएको भन्दै उनको निवेदन खारेज गरिदियो । त्यसपछि पनि अन्नाले केही गल्ती भएको र सच्याउन माग गर्दै मन्त्रालयमै बारम्बार फोन गरिन । दर्जन बढी इमेल लेखिन । तर, मन्त्रालयले आफ्नो निर्णय सच्याउन तयार भएन ।
एक इमेलको प्रतिक्रियाका सरकारले अन्नालाई आफू के हो भन्ने प्रमाणित गर्न नै असक्षम भएको बतायो । इमेलको प्रतिक्रियामा भनिएको छ, ” न त तिमी एक योग्य कामदार, एक स्वरोजगार व्यक्ति, विद्यार्थी, जागिर खोजिरहेको अथवा सबै कुरा पर्याप्त भएको व्यक्ति के हो भन्ने नै अस्पष्ट छ ।” “यो घोर अपमान हो” अन्नाले रुँदै भनिन्, “तपाईंलाई थाहा छ नि आफू के हो भन्ने जान्न हामी सबैका आधारभूत आवश्यक्ता हुन्छन्, चाहे तपाईं संसारको जुनसुकै ठाउँमा होस् ।”
“तर अचनाक सबै आवश्यक्ता र अधिकारहरु छिनिएका छन् । हामीलाई अस्थिर बनाइएको छ । जसले गर्दा तनाव, चिन्ताका साथै सिंगो जीवन नै अस्तव्यस्त बनाइदिएको छ । यो निकै पीडादायी कुरा हो, ” उनले थपिन् ।
सरकारले जनवरीमा ईयूका नागरिकलाई ईयू सेटलमेन्ट स्किम ल्याएको थियो ।
‘दर्दनाक र बेइज्जत’
विभिन्न भूभागमा बसेका ईयू र बेलायतका नागरिकको बसोबासको विषयलाई ब्रेक्जिट सम्झौतामा महत्वपूर्ण विषय बनाइनुपर्थ्यो । तर, तीन वर्षदेखि यसलाई यतिकै लम्ब्याइएको छ । दुबै पक्षले जो जहाँ बसेका छन् त्यहीँ उनीहरुका अधिकारहरु सुनिश्चित गर्ने बताएका छन् । तर, कार्यान्वयन कहिले हुने भन्ने टुंगो छैन ।
बोरिस जोन्सले प्रधानमन्त्रीमा विजयी भएपछि जारी गरेको पहिलो वक्तव्यमा भनेका थिए, ” बेलायतमा बसेका ईयूका नागरिकलाई उनीहरुको योगदानको कदर गर्दै म धन्यवाद दिन चाहन्छु । यससँगै ब्रेक्जिटपछि पनि उनीहरुको अधिकार सुनिश्चित गर्नेमा प्रतिबद्ध छु ।”
तर, कन्जरभेटिभ पार्टीका तर्फबाट युरोपियन संसदका सांसद तथा ब्रेक्जिट समर्थक ड्यानियल हानन्ले सरकार अझ धेरै गर्नुपर्ने बताए । उनले भने, “मैले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग कुराकानी गर्दा दीर्घकालीन बसोबासको स्वीकृत पाउन उनीहरुलाई अयोग्य बनाइयो । यो प्रतिबद्धताको उल्लंघन हो । कृपया यस्तो समस्या समाधान गर्नका लागि तत्काल पहल थालियोस् ।”
पछिल्लो तथ्यांकअनुसार करिब ३.५ मिलियन ईयूका नागरिक बेलायतमा बसोबास गर्छन् । सन् २०२० सम्म उनीहरुले आफ्नो अधिकार फिर्ताका लागि निवेदन दिइसक्नुपर्नेछ । तर, अहिलेसम्म करिब एक मिलियनलेमात्र निवेदन दिएका छन् । अब चार महिनामा बाँकी डेढ मिलियन नागरिकले निवेदन दिनसक्ने अवस्था निकै कम छ ।
विगत ३१ वर्षदेखि बेलायतका बस्दै आएका एक प्रसिद्ध फ्रेन्च सेफ रिचार्ड बर्टिनेटले पनि स्थायी बसोबासका लागि पूर्व अधिवक्तासमेत रहेकी बेलायती श्रीमतीको सहयोगमा निवेदन दिएका थिए । तर, उनले अहिले बेलायतमा बस्न अस्वीकार गरेका छन् । बर्टीनेटले दुईवटा अवार्ड जितेका कुकसम्बन्धी किताब लेखेका छन् । कुकेरी टेलिभिजन कार्याक्रममासमेत उनी सहभागी छन् । उनलाई सरकारले सन् २०२४ सम्म बनस्न अनुमति दिएको छ । सन् २०२४ पछि उनले फेरि बसोबासका लागि निवेदन दिनुपर्नेछ ।
“यो निकै दर्दनाक र बेइज्जत हो,” उनले रोयटर्ससँग भने, “मैले मेरो जिन्दगीको स्वर्णिम समय फ्रान्समा भन्दा बढी यहाँ (बेलायत) मा बिताएको छु ।” उनलाई आफ्नोभन्दा पनि राम्रोसँग अंग्रेजी बोल्न नजान्ने र ज्येष्ठ नागरिकहरुको चिन्ता छ । “यहाँ हजारौं मानिसहरुले आँशुसँग जिन्दगी गुजार्नुपर्नेछ ।”
गृह मन्त्रालयले बर्टिनेटसँग सम्पर्कमा रहेको र उनलाई अन्य प्रमाण जुटाउन सहयोग गर्ने र स्थायी बसोबासको लागि पहल गर्ने बताएको छ । तर, सबैको बर्टिनेटकोजस्तै भाग्य हुँदैन । वर्षौंदेखि बेलायतमा बसे पनि त्यहाँ बसोबास गरेको र करिअर सुरुवातको वास्तविक प्रमाण दिन गाह्रो छ ।
अन्नाले आफू अब फेरि बसोबासका लागि निवेदन दिने मनासयमा छैनन् । बरु उनी आइपर्ने समस्याहरुसँग पौठेजोरी खेल्न तयार छिन् ।
उनले बेलायती श्रीमानको माध्यमबाट बेलायतको नागरिकताका लागि निवेदन दिइन् । तर, उनी त्यो झन्झटिलो प्रक्रियाले निकै विक्षिप्त बनिन् । उनले बेलायतको नागरिकता पाउन अंग्रेजी र इतिहासको परीक्षा दिनुपर्ने र हजार पाउन्डभन्दा बढी तिर्नुपर्ने भयो ।
“मैले अब बसोबासका लागि फेरि निवेदन दिनुको साटो आफ्नै मुलुक फर्किने सोंच बनाएकी छु,” उनले भने, “अब के हुन्छ ? ब्याज अथवा ब्रान्ड ?”
अन्नाका इटालियन बाबु जीवनको उत्तरार्धमा डिमेन्सियाबाट ग्रस्त भए र मार्चमा उनले संसार छोडे । उनी पनि बेलायतले ईयू नागरिकलाई गर्ने व्यवहारबाट निकै चिन्तित थिए । सन् १९६४ मा एक वासिङ मेसिन बनाउने कम्पनीमा काम गर्ने शिलशिलामा परिवारसहित बेलायत आएका थिए । त्यस समयमा प्राय : इटालियन तथा अन्या ईयूका नागरिकलाई उत्तम रोजगारीको व्यवस्था बेलायतमा थियो र जसलाई विदेश भन्ने ठानिन्थ्यो ।
“उहाँ बेलायतलाई निकै माया गर्नुहुन्छ । किनभने उनलाई बेलायत एक स्वच्छ र सभ्य मुलुक भन्ने लाग्थ्यो । उहाँ आफू बेलायत आएकोमा निकै गर्व गर्थे,” उनले भने, “तर, बेलायतले मलाई धोका दियो ।” रोयटर्सबाट