• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अर्थतन्त्र

    व्यापार युद्धले आर्थिक मन्दीको चपेटामा एशियाली मुलुक

  • वीरगंज संजाल
  • १५ भाद्र २०७६, आईतवार ०२:१४
  • ६०३

    Shares

    वाशिङटन । अमेरिका र चीनबीचको व्यापार युद्धका कारण विश्वकै अर्थतन्त्रमा मन्दीको अवस्था उत्पन्न भएको छ । यो मामिलाबाट निर्दोष एशियाली मुलुकहरु पनि आर्थिक बृद्धि र रोजगारीलाई लिएर चिन्तित हुनुपर्ने अवस्था आएको छ ।  मन्दीले एशियाका ठूला अर्थतन्त्रलाई खासै असर नगरेको भए पनि अर्थतन्त्र अलि धीमा गतिमा गएको छ । यो क्षेत्रका साना व्यापारिक केन्द्र हङकङ र सिंगापुरमा पनि जोखिम देखिएको छ ।

    एशिया इकोनोमिक्स एट अक्सफोर्ड इकोनोमिक्सका प्रमुख लुइज कुइज्स वाशिङटन र बेइजिङको झगडाले अन्य मुलुकलाई असर गरेको बताउँछन् ।  ‘‘ती साना र खुला अर्थतन्त्र हुन् जहाँ चीनसँगको व्यापार निकै महत्वपूर्ण छ,’’ उनले भनेका छन् । एशियाका मुख्य अर्थतन्त्रलाई कस्तो असर परिरहेको छ त ?

    चीन 

    विश्वको दोस्रो ठूलो अर्थतन्त्र भए पनि उसको आर्थिक विकास सन् १९९०को दशक यताकै सुस्त भएको छ । चीनको जीडीपी (ग्रस डोमेस्टिक प्रडक्ट)को उत्पादन दोस्रो चौमासिकमा ६ दशमलब २ प्रतिशत मात्रै बृद्धि भएको छ । अमेरिकाले लगाइदिएको चिनियाँ सामानमा बिलियन्स डलरको करले चीनलाई थप तनाव सिर्जना गरेको छ । यसले केही चिनियाँ कम्पनीलाई ठूलो चोट पनि लागेको छ ।

    देशको कम्तिमा २० प्रतिशत निर्यात अमेरिकामा हुने गरेको थियो ।

    यो विवाद कहिले सम्ममा अन्त्य हुन्छ भन्ने कुराको टुंगो नलाग्दा उनीहरु थप चिन्तित भएका छन् । ‘‘अमेरिकी कर भन्दा पनि दीर्घकालीन बिजनेश प्लान बनाउन नपाउँदा त्यसको झन् ठूलो असर परेको छ,’’ कुइज्स भन्छन् ।  बेइजिङ्गले आर्थिक सुधारका लागि यो वर्ष धेरै प्रयास गरेको छ । जस्तो ट्याक्स कटौति गरिएको छ भने पूर्वाधारको खर्चपनि घटाएको छ । २०१९को लागि सरकारले बृद्धिको लक्ष्य ६ देखि ६ दशमलब ५ प्रतिशत लक्ष्य लिएको छ ।

    जापान

    कुइज्सका अनुसार चीनको विषयमा के हुन्छ त्यसले एशियाका सन्दर्भमा ठूलो अर्थ राख्छ ।  चीनमा सुस्त आर्थिक विकास हुँदा त्यसले जापानको बिजनेश कन्फिडेन्स बढाउँछ । उनीहरुको विद्युतीय उपकरण र कारका सामानको निर्यात बढाउन सक्छ । तर, उसको पछिल्लो आर्थिक फिगर भने त्यति राम्रो छैन । प्रारम्भिक तथ्यांक अनुसार जीडीपीको बृद्धि दोस्रो चौमासिकमा शून्य दशमलब ४ प्रतिशत पाइएको छ । पहिला शून्य दशमलब १ प्रतिशतको अनुमान गरिएको थियो । विश्वको तेस्रो ठूलो अर्थतन्त्रले अझै पनि चुनौती सामना गर्नु परिरहेको छ ।  ट्याक्स बढेपछि घरेलु माग अहिले घटेको जापान इकोनोमिस्टका क्यापिटल इकोनोमिक्स मार्सेल थाइलिएन्ट बताउँछन् ।

    भारत

    एशियाको तेस्रो ठूलो अर्थतन्त्र भएको मुुलुक भारतमा कमजोर लगानी र घरेलु कमजोर मागका कारण बृद्धि अप्ठेरोमा परेको छ ।  पछिल्लो चौमासिकमा भारतको जीडीपी बृद्धि गएका ५ वर्षको तुलनामा सबैभन्दा तल ५ दशमलब ८ प्रतिशतमा पुगेको छ ।

    अर्कोपटकको जीडीपी ३० अगस्टसम्मको झन् कमजोर हुने ठानिएको छ । कारको बिक्री समस्यामा परेको एउटा उदाहरणका रुपमा लिन सकिन्छ । गएको जुलाइमा यात्रु भेइकल बिक्री ३१ प्रतिशतले घटेको छ । यो गएको झण्डै दुई दशकपछिकै कम हो । यो क्षेत्रले रोजगारी गुमाइरहेको छ र उत्पादन घटेको बेलामा बिक्री पनि कम हुँदै गइरहेको छ । यो वर्षको अहिलेसम्म भारतको केन्द्रीय बैंकले चार पटक दर कटौति गरिसकेको छ । बेन्चमार्क रेट अहिले सम्म दशककै न्यून बनाइएको छ ।

    हङकङ

    एशियाको फाइनान्सियल हब मानिने हङकङ राजनीतिक संकट र व्यापार युद्धले अप्ठेरोमा परेको छ । केही अर्थशास्त्रीले जनाए अनुसार जीडीपी गएका तीन महिनामा शून्य दशमलब ४ प्रतिशतले घटेको छ । तर, यसले प्रजातन्त्र पक्षको आन्दोलनको असरलाई भने उल्लेख गरेको छैन । जसले पर्यटन र खरिद लगायतका कुरालाई अप्ठेरोमा पारेको छ । हङकङ प्राविधिक मन्दीमा परेको पाइएको छ ।

    सिंगापुर

    सिंगापुर विश्वव्यापी रुपमा कमजोर मागको चपेटामा परेको छ । सिंगापुर हाइ टेक निर्यातमा निर्भर हुँदै आएको छ । साथै सिंगापुरबाट विद्युतीय सामग्रीमा सफ्टर डिमाण्ड हुने गर्छ । अहिले यहाँको अर्थतन्त्र अँध्यारो भएको पाइएको छ । अर्थतन्त्र दोस्रो चौमासिकमा ३ दशमलब ३ प्रतिशत खस्केको छ ।
    यो अवस्थाले गर्दा सिंगापुरको  बृद्धि आँकलन शून्य देखि १ प्रतिशतमा झरेको छ ।  व्यापार युद्धको चीनमा भएको असर भन्दा बढी हङकङ र सिंगापुरमा भएको अर्थशास्त्रीहरु बताउँछन् ।

    दक्षिण कोरिया
    यो वर्षको शुरुमा नै दक्षिण कोरियाको मन्दी बढ्ने अनुमान गरिएको थियो । यद्यपि उसले यसमा आबश्यक व्यवस्थापन गरेको छ । दोस्रो चौमासिकमा सरकारको खर्चले गर्दा ठिक अवस्थामा नै ल्याएको छ ।  जुन सम्मको तीन महिनाको जीडीपी १ दशमलब १ प्रतिशत भएको छ । यो अघिल्लो  चौमासिकसँगको तुलना हो । गएको जुलाईमा दक्षिण कोरियाको केन्दीय बैंकले गएको तीन वर्ष यता नै पहिलो पटक दर कटौति गरेको थियो । धेरैजसो उसलाई परेको तनाव भनेको टेक निर्यातामा परेको समश्या हो । विद्युतीय सामानको निर्यातले करिब ३० प्रतिशत अर्थतन्त्र धानिरहेको छ । उसको जापानसँगको व्यापार युद्धले अर्थतन्त्रमा अप्ठेरो अवस्था सिर्जना गरेको छ ।  (बीबीसी)

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्य समितिको पदस्थापन
  • ७ महीनामा करीब ५ लाख करदाता थपिए
  • निक्षेपभन्दा कर्जाको माग दोब्बर, ब्याजदर बढाउँदै ब्यांकहरु
  • भारतीय बजेटबाट नेपालमा कस्तो प्रभाव
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    कोभिसिल्ड खोपको दोस्रो डोज : यस्ताे छ खोप लगाउन पाउने मिति र स्थान

    नव वर्ष २०७८ को मंगलमय शुभकामना !

    आज बुधवार – ०१ बैशाख २०७८ को राशिफल

    पर्सा प्रहरीद्वारा आठ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ

    पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

    News

    योगी आदित्यनाथलाई कोरोना संक्रमण

    News

    मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

    News

    छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

    News

    अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑