आज:
  • होमपेज / जीवनशैली

    २४ वर्षको उमेरमै १९६ देश भ्रमण गरेका व्यक्तिको यस्ता सुझाव

  • वीरगंज संजाल
  • १५ भाद्र २०७६, आईतवार ०१:५१
  • ३५५३

    एजेन्सी । केबल २४ वर्षको उमेरमै १९६ देशको भ्रमण गरिसकेका व्यक्ति अहिले उनी समानका धेरै युवाहरुका लागि प्रेरणाका पात्र बनेका छन् । अघिल्लो वर्ष मात्र गिनिज बुकले उनलाई आधिकारिक रुपमा सबैभन्दा धेरै देश भ्रमण गर्ने विश्वकै कान्छो व्यक्तिको नाम दिएको हो । हाल २८ वर्षका जेम्स एसक्विथ लन्डनस्थित बैंकमा काम गरिरहेका छन् । उनले आफ्नो पहिलो यात्रा जम्मा १८ वर्षको उमेरमा सुरु गरेका हुन् ।

    यसरी सानैदेखि विभिन्न काम गरि भ्रमणका लागि पैसा जोगाउने गरेको उनी बताउँछन् । १२ वर्षको उमेरमा नै उनी छिमेकमा कारहरु सफा गर्ने काम गर्दथे भने सम्पूर्ण भ्रमणको खर्चका लागि पनि उनले कडा संघर्ष गरेको बताए । उनी भन्छन्, “सबैलाई लाग्थ्यो कि मेरा आमाबुवा धनी भएकाले नै मैले यति ठूलो सफलता हासिल गर्न सकेको हुँ । तर वास्तवमा मेले आफ्नो रहर पूरा गर्न धेरै कठिनाइको सामना गरेको छु ।”

    केही भ्रमणका क्रममा आफूले विभिन्न होटल र बारहरुमा समेत काम गरि खानेबस्ने निःशुल्क बन्दोबस्त मिलाएको उनी बताउँछन् । उनका अनुसार आफूले जसरी यात्रामा जाँदा खानबस्नमै धेरै खर्च लाग्ने गर्दछ । पाँच वर्ष भित्रमै १९६ देशको भ्रमण गर्न सफल जेम्स भन्छन्, “केबल रेकर्डकै लागि यत्तिका देशहरुको भ्रमण गर्छु भनेर मैले कहिल्यै सोचिन तर केही समय यता मलाई धेरैले ‘तिम्रो रेकर्ड तोड्छु’ भनिरहेका छन् ।”

    यसरी उनलाई आफ्ना पितासँग घुम्न सुरु गरेदेखि नै भ्रमणप्रति रुची जागेको बताए । उनले भने, “त्यसबेला मैले सोचेँ, मलाई अझै धेरै कुरा हेर्नुछ ।”

    यस्तोमा १८ वर्षको हुँदा युनिभर्सिटीको पढाइ सुरु गर्नु अगाडि उनी एक वर्षको ग्याप लिएर आफूले बचाएको रकम लिइ पहिलोपटक साथीहरुसँग दक्षिण एसिया घुम्न गएका थिए ।

    तर तीन महिने भ्रमणका रुपमा सुरु भएको उनको यात्रा पाँच वर्षसम्म जारी रहेको हो । जसक्रममा उनी युद्धग्रस्त अफगानिस्तान समेत पुगेर जिपमा सोमालिया घुमेका हुन् ।

    यसरी तीन महिना अगाडि मात्र इन्स्टाग्राम अकाउन्ट खोलेका उनको अहिले ६ लाख भन्दा बढी फलोअर छन् । लन्डनमा अर्थशास्त्र लिएर पढ्दै गर्दा पनि उनले विभिन्न स्थल भ्रमण गर्ने समय मिलाएको बताउँछन् ।  तर भ्रमणप्रति उनको रुचीलाई पूरा गर्नु आर्थिक हिसाबले धेरै चुनौतिमय रहेको हुँदा कुनै समय आफूले एकैपटक तीन ठाउँ काम गर्नु परेको उनी बताउँछन् ।

    यस्तोमा उनले शेयर बजारमा समेत हात हालेको र त्यसमा भाग्यले साथ दिएकै कारण यति ठूलो उपलब्धि हासिल गरेको बताएका हुन् । कमाएको सबै पैसा उनले भ्रमणमै खर्च गर्ने गरेको बताए ।  साथै एयरलाइन इमेलमा साइन अप गर्नुले पनि उनलाई धेरैपटक सस्तोमा उडान भर्ने अवसर दिलाएको बताएका छन् ।

    बिजनेस इन्साइडरसँग कुरा गर्दै उनले जोर्डान र सिरिया लगायत मध्य पूर्वको भ्रमणलाई सबैभन्दा यादगार बताएका हुन् । त्यस्तै अफ्रिकामा चाहिँ उनले धेरै समय एक्लोपन महसुस गरेको बताए । आफूले प्रत्येक देशमा कम्तीमा पनि एक रात बिताउने प्रयास गरेको उनको भनाइ छ । तर अझैपनि आफूले धेरै सिक्न र देख्न बाँकी भएकाले यात्रा अहिले नै अन्त्य नभएको उनी बताउँछन् ।

    सीएनएनसँग कुरा गर्दै उनले आफू जस्तैगरी यात्रामा जान चाहने युवाहरुका लागि भने यस्तो सुझाव दिएका हुन्, “जस्तो सुकै यात्राका लागि पनि सधैँ तयार हुनुपर्छ र कुनै कुरासँग पनि डराउनु हुँदैन । पछिल्लो समय शिर्ष समाचारमहरुमा नकारात्मक खबर बढी आइरहेका छन् तर बहादुरीता नै जस्तोसुकै लक्ष्य पूरा गर्ने एकमात्र हतियार हो ।”

    यसरी कुनैपनि नयाँ कुरा सिक्न यात्रा र भ्रमण भन्दा राम्रो तरिका नहुने बताउँदै उनले युनिभर्सिटीमै पढेका भरमा सबैकुरा जानेको छु भन्नेमा विश्वास नराख्न भनेका हुन् ।  उनले भने, “मेरो अनुभवमा नयाँ ठाउँ घुमेर त्यहाँका मानिस, समाज र संस्कृति अनि परम्पराबारे जानेर नै संसारको वास्तविकता बुझ्न सकिनेछ । यसले नै मेरो किशोरावस्था अरुको जस्तो तनावयुक्त र आक्रामक नभएर उत्साहजनक बन्न पुगेको हो ।”

    फेरि यस्तो भ्रमणमा गए के गर्नु हुन्थ्यो भन्ने प्रश्नमा चाहिँ उनले आफूले सबै ठाउँमा धेरै दिन बिताउन चाहेको बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अमेरिका
  • पर्सामा कांग्रेसले पटक पटक चुनाव लडेकाहरुलाई नै फेरि बनायाे उम्मेदवार
  • महामन्त्रीद्वय ५ वर्षका लागि पार्टीबाट निष्कासित
  • फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑