• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    साक्षी बस्नु कति खतरनाक ?

  • वीरगंज संजाल
  • Sep 1, 2019, 1:40 am
  • ३३५५

    नयाँ दिल्ली । दिल्लीको एर्म्स अस्पतालमा भर्ती भएकी उन्नाव बलात्कार काण्डकी पिडितको हालत अझै नाजुक छ । रायबरेली नजिक भएको एक दुर्घटनामा पिडित तथा उनका वकिल गम्भीर रुपमा घाइते भएका थिए । जबकि दुईजना महिला आफन्तको मृत्यु भएको थियो । ती मध्ये एकजना २०१७ को घटनाको साक्षी थिइन् ।
    लखनउका बीबीसी संवाददाता समीरात्मज मिश्रका अनुसार पिडित र साक्षीको सुरक्षा प्राप्त भएको थियो तर दुर्घटना भएको दिन सुरक्षाकर्मी उनको साथ थिएन । सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

    यस विषयमा अभियुक्त भाजपाका विधायक कुलदीप सिंह सेंगर सबै आरोपलाई इन्कार गर्दै आइरहेका छन् ।

    यो घटनालाई लिएर भारतमा एक पटक फेरि रुचीकर साक्षीको सुरक्षालाई लिएर सबैको ध्यान खिच्ने काम भइरहेको छ । चश्मदीद साक्षीलाई न्याय व्यवस्थाको आँखा र कान बताइँदै आएको छ । यद्यपि अभियुक्त प्रभावशाली छ भने भारतमा चश्मदीद साक्षी हुन सजिलो छैन ।

    विश्वभर २०० भन्दा बढी आश्रम चलाउने आसाराम बापूका छोरा नारायण साइमाथि लागेको यौन उत्पीडनको मामिलामा महेन्द्र चावला एक महत्वपूर्ण साक्षी हुन् । आसाराम बापू र उनका छोरा नारायण साई बलात्कार मामिलामा जेलमा छन् । तर, सुरक्षालाई लिएर महेन्द्र चावलाको चिन्ता अझै टुंगिएको छैन ।
    “आसाराम जेलमा छन् त के भयो ? उनका सैयौं समर्थकले अझै मलाई निशाना बनाउन सक्छन्,” उनी भन्छन् ।

    महेन्द्र चावलाका अनुसार आसाराम बापूसँग जोडिएका कुल १० मानिसमाथि हमला भयो । तिनमा तीन जनाको मृत्यु भयो र एक व्यक्ति राहुल सचान अझै गायब छन् ।

    जो मानिसमाथि हमला भयो वा जसको हत्या भयो ती सबै प्राइम विटनेसको रुपमा देखिएका मानिस हुन् । यद्यपि अहिलेसम्म आशारामलाई मुख्य अभियुक्त बनाइएको छैन ।

    महेन्द्र चावला प्रहरीको सुरक्षामा रहेको भए पनि उनीसँग सम्पर्क त्यति सजह छैन ।

    उनी नचिनेको फोन नम्बर उठाउँदैनन् । यदि तपाईँले कसैको रिफरेन्सबाट उनलाई पहिला मेसेज पठाउनुभयो भने पनि त्यतिबेला तपाईंमाथि प्रश्न भरमार रुपमा उठ्नेछ । कारण उनलाई वर्षौँसम्म आएको धम्की र त्यसपछि भएका ज्यान लिने खालका हमला ।

    महेन्द्र चावला दाबी गर्छन् कि १३ मे २०१५ बिहान ९ देखि साढे ९ बजेको आसपासमा जब उनी हरियाणाको पानीपत जिल्लाको सनौली खुर्द गाउँमा आफ्नो पहिलो फ्लोरवाला घरमा आराम गरिरहेका थिए उनले  बाहिर कुनै आवाज सुने । बाहिर उनले दुई जनालाई देखे । उनीहरुको साथमा बन्दुक थियो । ती मध्ये एक जना सींढी चढ्दै थिए । र अर्का एक जना तल पहरेदारी गर्दै थिए ।

    एक्कासी हमलावारले महेन्द्र चावलामाथि गोली चलाए । पहिलो गोली गारोमा लाग्यो र दोस्रो महेन्द्र चावलाको काँधमा लागेको थियो । हमलावार उनलाई मरेको सम्झेर छोडेर भागेको थियो । उनी ८ देखि १० दिनसम्म अस्पतालमा बसे । महेन्द्र चावलाका अनुसार हमलावरले धम्की दिएर भनेका थिए,‘‘नारायण साईको विरुद्धमा साक्षी बक्ने हो ?’’ उता आशाराम बापूका वकिल चन्द्रशेखर गुप्ता सबै आरोपको खण्डन गर्छन् । बीबीसीसँगको कुराकानीमा उनले भने, ‘‘२०१३मा आशाराम बापूलाई गिरफ्तार गरिएपछि जुन मामिलालाई हमला भनिँदै आएको छ ती कुनै पनि मामिलामा आशाराम बापू अभियुक्त होइनन् । सन् २००९मा राजु चाँदकका नामको एक आश्रम साधकमाथि हमला भयो । सो मामिलामा आसाराम बापूलाई अभियुक्त बनाइएको थियो ।”

    कैयौँ पटक साक्षीमाथि धम्की आदिको दबाब भइरहन्छ । यस्तो मामिलामा अभियुक्त सबूतको अभावमा छुट्ने गरेका छन् । गुजरातमा आरटीआई एक्टिभिस्ट तथा पर्यावरणविद् अमति जेठवा मामिलामा वकिल आनन्द याग्निक साक्षी थिए । याग्निकका अनुसार २० जुलाई २०१०को गुजरात हाइकोर्टको बाहिर अमित जेठवाको हत्या भन्दा एक दिन पहिला अमितले उनको चेम्बरमा आफ्नो ज्यानलाई लिएर चिन्ता जनाएका थिए ।

    याग्निकका अनुसार अमित जेठवा मर्डर ट्रायलको दौरानमा १९५ मा १०५ साक्षी आफ्नो बयानबाट बाहिरिएका छन् ।

    यही वर्ष जुलाईमा पूर्वसांसद दीनू सोलंकीलाई अमित जेठवाको हत्यामा दोषी ठहर गरिएको छ ।

    यसपछि याग्नीकलाई सुरक्षा दिइएको छ । प्रहरीको गैरमद्धत व्यवहार र भ्रष्टाचारले पनि साक्षीको दुःख बढाइदिन्छ ।

    साक्षीसँग न्याय व्यवस्थामा कस्तो व्यवहार हुन्छ यो बारेमा सन् २०१८ को आदेशमा सर्वोच्च अदालतले लेखेको थियो साक्षीको साथमा न कुनै न्यायीक सुरक्षा हुन्छ  न उनको साथ न्यायीक व्यवहार हुन्छ ।

    आजको न्याय  व्यवस्था साक्षीतिर त्यति धेरै ध्यान दिँदैन । उनीहरुको आर्थिक र अन्य निजी हालत नबुझ्दै उनीहरुलाई अदालत बोलाइने गरेको थियो ।

    साथै उनीहरुलाई आउने जानेको खर्च पनि दिइँदैथ्यो । अदालतको मामिला वर्षौँ घचेडिने भएकोले साक्षीले आफ्नो बयानबाट पन्छिनुपर्ने अवस्था समेत आउँछ  । वा उसले साक्षी हुन नै इन्कार समेत गर्न सक्छ । वर्षौं अदालतको चक्कर काट्ने, प्रहरीको सामुन्नेमा पटक पटक यसो गर्दा साक्षीको जीवनमा गहिरो असर पर्न सक्छ ।
    अमेरिका जस्तो विकसित मुलुकको जस्तै भारतमा चश्मदीद साक्षीका लागि कोही आधिकारिक कार्यक्रम, कानुन छैन । यद्यपि वर्षौदेखि विभिन्न ल कमिसन वा कानुन आयोगमा यस विषयलाई लिएर कुरा भइरहेको हुन्छ ।

    सन् १९७१ यता  सुरक्षा कार्यक्रममा अमेरिकामा अझै ८६०० चश्मदीद साक्षी र उनका ९९०० परिवारजनलाई यो कार्यक्रमको कारण  सुरक्षा, नयाँ पहिचान, नयाँ दस्ताबेज तथा मेडिकल सुविधा दिइएको छ ।

    बेलायतको नेशनल क्राइम एजेन्सीले यस्तै काम अघि बढाइरहेको छ । जसमा मानिसहरुलाई बेलायतका भित्र  बाहिर साक्षी सुरक्षामा मानिस दौडिरहेका हुन्छन् ।

    खतरालाई हेरेर कहिलेकाहिँ बेलायत बाहिर पनि सो टोलीलाई खटाइन्छ । कतिपय साक्षीलाई खतरा यति धेरै हुन्छ कि उनीहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई जतिबेला पनि ‘अलविदा’ भन्नु जरुरी हुन्छ । किनकि उनीहरुको रिलोकेसन वा स्थानान्तरण स्थायी हुने गरेको छ ।

    अष्ट्रेलियामा अप्रिल १९९५मा शुरु भएको नेशनल विटनेस प्रोटेक्सन प्रोग्राम साक्षीको सुरक्षामा नै केन्द्रित रहेको छ । डिसेम्बर २०१८मा सुप्रिम कोर्टले भारतमा एक विटनेस प्रोटेक्सन स्कीमलाई हरियो झण्डा देखाएको थियो । भनिएको थियो कि जबसम्म संसद यो कानुन बनाउँदैन त्यतिबेला सम्म यो स्कीमले स्थलगत रुपमा काम गर्नेछ ।

    यो स्कीम अन्तर्गत साक्षीलाई हरेक जिल्लामा बन्ने कम्पिटेन्ट अथोरिटीलाई निवेदन लेख्नु जरुरी हुन्छ । साक्षीमाथि खतरा कति गम्भीर हो प्रहरीले उसको जाँच गरेर त्यस आधारमा फैसला हुन्छ । विटनेश प्रोटेक्सन कार्यक्रममा साक्षीको सुरक्षाको लागि पूर्ण गोपनीयताको कुरा गरिरहेको छ ।
    (बीबीसी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑