
उक्त समितिलाई घटनाको सत्यतथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाहीको सिफारिस गर्ने कार्यादेशसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
यसअघि कञ्चनपुरबाट ट्रकमा लोड गरेर ल्याइएका गाईगोरु कैलालीको खानीडाँडा जंगलमा भीरबाट खसोलर हत्या गरिएको थियो । अहिले त्यस्तै घटना सुर्खेतमा पनि भएको छ । गजब कुरा त के भने हिन्दु धर्मको एजेण्डा उठाउने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै निर्वाचित धवल शमसेर राणा नेपालगञ्जका मेयर भएकै बेला उक्त उपमहानगरपालिकालाई गौहत्याको आरोप सार्वजनिक रुपमा लाग्न थालेको छ ।
नेपालगञ्जका मेयर राणाले दैलेखका स्थानीय तहसँगको समन्वयमा गाईगोरु त्यता पठाइएको दाबी गरेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले त्यसको खण्डन गरेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बाँकेका छाडा चौपाया दैलेख ल्याउन कुनै किसिमको पत्राचार र समन्वय नभएको दाबी गरे । दैलेखका स्थानीय तहले गाई मगाएको कुरामा कुनै सत्यता नरहेको उनको भनाई छ ।
तराईका जिल्लामा अहिले छाडा चौपायाको समस्या विकराल बनेको छ । दुधालु हुन्जेल गाई पाल्ने र दूध दिन छोडेपछि सडकमा ल्याएर छोड्ने गलत प्रवृत्तिका कारण यो समस्या विकराल बनेको हो । दूध दिन छोडेपछि गाईलाई सकडमा छोड्नेहरु नै गौहत्या भयो भनेर सडकमा बुरुक बुरुक उफ्रनु थालेको भन्दै आलोचना पनि भइरहेको छ ।

