सिमरा : पत्रकार शालिकराम पुडाशैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्ताता रबी लामिछानेका समर्थकहरुले बारामा पनि र्याली निकालेका छन् ।
गत साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका पुडाशैनिले मनुअघी रेकर्ड गरेको भिडियोमा पूर्व सहकर्मी लामिछानेसहित अन्य २ जनाको नाम लिएपछी प्रहरीले अनुसन्धानका लागी भन्दै हाल उनिहरुलाई थुनामा राखेको छ ।
घटनामा निश्पक्ष छानबिनमाथी शंखा उत्पन्न भएको भन्दै लामिछानेका समर्थकहरुले चितवनसहित देशका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आईरहेका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर एक स्थित पथलैयमा पनि शुक्रबार घटनाको निश्पक्ष छानबिनको माग गर्दै लामिछाने समर्थकले प्रदर्शन गरेका हुन् । घटनामा प्रहरी हिरासतमा रहेकाहरुबिरुद्ध बलियो प्रमाण फेला नपरेपनी बिभिन्न बाहानामा म्याद थप गर्दै लगिएको भन्दै आक्रोसित भएका समर्थकहरुले तत्काल रिहाईको माग समेत गरेका छन् ।
र्यालीमा सहभागीले ‘हाम्रो रबी हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘रबी लामिछाने रिहा गर’, ‘पत्रकार पुडाशैनीलाई न्याय दे’ लगायतका नारा लगाएका थिए ।