कम्पनीको गोदाम बनाउँदा करेन्ट लागेर बाराका एक युवकको मृत्यु
वीरगंज संजाल
६ भाद्र २०७६, शुक्रबार १७:२०
५०२९
सिमरा : पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित उत्कृष्ट ट्रेड कन्सर्न कम्पनीमा काम गर्ने क्रममा बाराका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
कम्पनीको गोदाम निर्माण गर्ने क्रममा ड्रिल मेसिनबाट करेन्ट लागेर बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ का २२ बर्षिय सरोज दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
करेन्ट लागेर गम्भिर घाईते भएका उनलाई उपचारको लागी नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता अनन्तराम शर्माले जानकारी दिए ।
मृतक दासको शव पोगटमार्टमका लागी वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक शर्माले बताए ।