करेन्ट लागेर बाराको प्रसौनी निवासी सरोज दासको मृत्यु
वीरगंज संजाल
६ भाद्र २०७६, शुक्रबार ०७:२९
४०५३
वीरगन्ज। बिरगंज महानगरपालिका वडा नं.१३ स्थित ब्रम्हचौक स्थित उत्कृष्ट ट्रेड कन्सर्ट कम्पनीमा गोदामको छत बनाउने क्रममा ड्रिल मेसिनद्वारा काम गर्ने क्रममा बारा प्रसौनी गाउँपालिका वडा नं. २ वस्ने नन्दु दासको छोरा अन्दाजी बर्ष २२ को सरोज दासको मृत्यु भएको छ ।
करेन्ट लागेर घाइते भएका दासलाई उपचारको लागी नारायणी अस्पतालतर्फ ल्जादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको ।
मृतक दासको शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ l