• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    कैदीबन्दीलाई सरुवा नगरेको भन्दै वीरगञ्जमा बम विस्फोट, तीन पक्राउ

  • वीरगंज संजाल
  • Aug 23, 2019, 3:29 am
  • ३८०३

    वीरगञ्ज : वीरगञ्जको विर्ता र माइस्थानमा क्षेत्रमा बम विस्फोट घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २४ गते विर्ताको तरकारी बजारमा र २८ गते माइस्थान तरकारी बजारमा बम विस्फोट गराएको आरोपमा वीरगंन्ज २४ रामगढवाका टाइगर भनिने जौवाद अंसारी र इनुस अंसारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका जौवाद अंसारी घटनाका मुख्य योजनाकार भनिने  फुलहसन अंसारीका भाइ हुन् भने इनुस अंसारी काकाका छोरा हुन् । फुलहसन भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको  ।

    श्रोतका अनुसार फुलहसन भारत बिहारको सिवानको जम्शेदपुरस्थित आफन्तको घरमा लुकेर बसेको श्रोतले जनाएको छ । अंसारी जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा सजाय काटी २०७४ असोज ९ गते वीरगञ्ज कारागारबाट छुटेका थिए ।

    फुलहसन अंसारीले वीरगन्ज कारागारमा रहेको केही कैदी बन्दीलाई सरुवा नगरेको भन्दै पर्साको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई धम्काउदै आएका थिए ।

    योसँगै उने विर्ता  माइस्थान बबजारमा बम विस्फोट गराएको घटना सार्वजनिक भएको हो ।

    प्रजिअ भट्टराईले भने, ‘कारागारका नाइके लगायतका कैदी बन्दीलाई धम्काउँदै फिरौतीको रकम माग गरेको थियो । कसैले पनि रकम नदिएपछि आफूलाई एसएमएस गरेर धम्काउँदै उनीहरुको सरुवा गरिदिन भनेको थियो । तर, सरुवा नगरेपछि अंसारीले वीरगन्जमा विस्फोट गराउने चेतावनी दिएका थिए ।’

    फुलहसन अंसारीले सुरुमा वीरगञ्ज काराकारका नाइके शेष भोलासँग १० लाख फिरौती बापतको रकमको माग गरेका थिए । नाइके भोलाले फिरौतीको रकम नदिएपछि प्रमुख जिल्ला अधिकारी भट्टराईको मोबाइलमा एसएमएस गरेर फिरौतीको रकम नदिएको भन्दै भोलालाई लगायतलाई सरुवा गर्न धम्काएको थियो ।

    फिरौतीको रकमको लागि प्रजिअ र पर्सा प्रहरीलाई नै चुनौती दिँदै अंसारीले वीरगंजको अति ब्यस्त बजारको दुई स्थानमा बम विस्फोट गराएका थिए ।

    विस्फोटका मुख्य योजनाकार फुलहसन भने फरार रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकामध्ये टाइगर भनिने जौवाद नाबालक छन् । उनको उमेर १९ वर्ष छ । उनिहरुको साथबाट चार राउन्ड गोली, सुतली बम जस्तो देखिने ३ थान र मोबाइल २ थान बरामद भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले दावी गरेका छन् ।

    अनुसन्धानको क्रममा सुतली बम विस्फोट भएको दिन सद्दामको मोबाइल नम्बरको लोकेशन देखाएको थियो सोही आधारमा प्रहरीले उनिहरुको घरमा छापामारी तीनै जनालाई पक्राउ गरेको हो । तर, पर्साको प्रहरी उपरीक्षक राठौरले फुलहसनको योजना अनुसार पक्राउ परेकाहरु तिनै जनाले आम जनमानसमा त्रास भइलाउनको लागि पटाखा पड्काएको दाबी गरेका छन् ।

    पक्राउ परेका तिनै जनाविरुद्ध हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

    अंसारीले वीरगन्जमा आतंक मच्याउन र अपराधिक गतिविधिलाई सक्रिय बनाउन सार्वजनिक तथा निजि स्थलमा बम विस्फोट गराउने योजना समेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

    एक निजि विद्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय नजिक लगायतको पाँच स्थानमा बम विस्फोट गरी धनजनको क्षति पु¥याई जनमानसमा त्रासको वातावरण सृजना गरी बजारमा आफनो प्रभाव बनाउने योजना बनाएको समेत प्रहरी स्रोतले जनाएको छ ।

    अंसारीको योजना त ठूलो थियो, एक प्रहरी अधिकृतले नाम नछाप्ने सर्तमा भने, ‘दुई वटा बम विस्फोटको घटनाले पर्सा प्रहरी अत्यन्तै तनावमा थियो अथक प्रयासपछि हामी अपराधी नजिक पुग्न सफल भयो । उनीहरुलाई पक्राउ पनि ग-यो । पक्राउ नपरेको भए वीरगन्ज क्षेत्रमा ठूलो दुर्घटना घटाउने योजना समेत बनाएको थियो । तर, हामीले उनीहरुको योजना असफल बनाउन सफल भयो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑