घाम पूर्वबाट उदाउँछ, पश्चिममा अस्ताउँछ । चन्द्रमा पनि पूर्वबाटै उदाउँछ र पश्चिममा अस्ताउँछ । हेर्दा र सोच्दा यस्तो लाग्छ– पृथ्वी एउटा ठाउँमा अडेको छ, घाम र चन्द्रमाले पृथ्वीलाई घुम्ने गर्छ । वास्तवमा यो सत्य होइन भन्ने कुरा अहिले सामान्य पढेलेखेको सबैलाई थाहा छ । सबैले जानेको, बुझेको र मानेको सत्य के हो भने, घामले पृथ्वीलाई हैन, पृथ्वीले चाहिँ घामलाई घुम्छ । बरु चन्द्रमाले चाहिँ पृथ्वीलाई नै घुम्ने गर्छ |