• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपालमा औँलो रोगको प्रकोप, एक वर्षमा ५ प्रतिशतले वृद्धि

  • वीरगंज संजाल
  • Aug 22, 2019, 4:51 pm
  • ४९६३

    वीरगञ्ज : नेपालमा औँलो रोगका विरामी १ हजार १ सय ८७ जना रहेका छन् । बिहीबार युएसएआईटी तथा चिल्ट्रेन सेभको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रोग नियन्त्रण महाशाखाले वीरगन्जमा आयोजना गरेको निजि प्रयोगशालाहरु संगको प्रशिक्षण कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।

    कार्यक्रममा महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धन प्रसाद पौडेलले आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा औँलो रोगका विरामी रहेको तथ्य सार्वजनिक गरेका हुन् । उनले आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ५ प्रतिशतले वृद्धि भएको बताए ।

    ‘२०६५/०६६ मा औँलो रोगका विरामीको संख्या ३ हजार ५ सय ७७ जना थियो,’ उनले भने, ‘यसलाई निवारण गर्न हामीले अभियाननै चलाएका थियो । ७ वर्षको अवधिसम्म ३५ सय ७७ बाट घटेर आर्थिक वर्ष २०७२/०७३ सम्ममा ९ सय ९१ जना मात्र रोगीहरु रहेका थिए । हाल यसलाई पनि निवारण गर्ने प्रयास जारी रहेको उनले बताए ।

    प्रदेश अन्तर्गत हेर्ने हो भने प्रदेश ७ सुदूरपश्चिममा सबभन्दा बढी औँलो रोगका विरामी रहेका छन् । सुदूरपश्चिमका अधिकांश युवाहरु विदेश पलायन रहेकाले नेपाल फर्कने क्रममा औँलो रोगका सिकार भएर फर्कने गरेका कारण नेपालमा औँलो रोगीको वृद्धि हुने गरेको उनले बताए ।

    २०७४/०७५ मा नेपालमै औँलो रोग भएका विरामी ५ सय ५७ जना रहेका छन् भने अन्य देशबाट शरुवा भएर आएका रोगीको संख्या ६ सय ३० जनाको रहेको छ । दोश्रोमा प्रदेश ५ रहेको छ । यहाँ २ सय ३० जना औँलो रोगका सिकार भएका छन् । त्यसैगरी प्रदेश ६, ४, ३, २ र १ मा क्रमश, २ सय १०, ३६, २६, ६६ र २४ जना औँलो विरामी रहेको तथ्यांकले जनाएको छ ।

    औँलो रोग पत्ता लगाउन समाजमा चुनौतीको रुपमा रहेको हुनाले निजी प्रयोगशालाहरुको सहयोगमा यसलाई उजागर गरेर यथार्थ पहिचान गरी यसलाई निवारण गर्न मद्दत पुग्ने टेक्नोलोजिस्ट पौलेलले बताए ।

    उनले भने, ‘सरकारी स्तरबाट हामी यसको पहिचान गर्ने काम गरी नै रहेको छौँ । तर, थप प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको प्रयोगशालाका कर्मचारीहरुको सहायताले खोज पड्ताल गरेपछि लुकेको बिरामीहरुको संख्या बढ्न सक्छ र यसको निराकरण गर्न हामीलाई मद्दत पुग्ने छ ।’

    वीरगन्जमा आयोजित प्रशिक्षण कार्यक्रममा बारा र पर्सा गरी ३ सिप्टमा ६० जनाभन्दा बढी निजी प्रयोगशालामा कार्यरत कर्मचारीहरुको प्रशिक्षण दिने काम भइरहेको मेडिकल ल्याबोरोट्री एशोसिएशन अफ नेपाल (मेलान) का जिल्ला अध्यक्ष विपिन कुमार चौरसियाले बताए ।

    प्रशिक्षण कार्यक्रममा सहभागिता निजी प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई गुणस्तरीय समाग्रीहरुको प्रयोग गरी शंकास्पद औँलो विरामीको रक्त परीक्षण गर्न, परीक्षण गरेको विवरण पूर्णरुपमा राख्ने, रक्त परीक्षण पोजेटिभ आएमा तुरुन्तै एमडिआईएस तथा ईवाइएआरएस मा जानकारी गराउनु पर्नेछ ।

    त्यसैगरी पोजेटिभ बिरामीको विवरण रोगको वर्गीकरणसहित पूर्णरुपमा तोकिएको रजिष्टारमा राख्ने र हरेक महिना एचएमआईएस फाराम समयमै पूर्णरुपमा सहिसँग भरी डिएचआईएस २ मा इन्ट्री गरी महाशाखालाई खबर गर्ने परीक्षार्थीहरुलाई प्रशिक्षण दिएको थियो । कार्यक्रममा सहभागि परिक्षार्थीहरुलाई प्रशिक्षकद्वय, कान्जय चौधरी र रामबालक रायले औँलो रोग नियन्त्रणबारे प्रशिक्षण दिएका थिए ।

    औँलो निवारणका लागि आवश्यक रणनैतिक सूचना सुदृढिकरण गर्ने, सक्रिय खोजपड्ताल तथा भेक्टर कन्ट्रोल मार्फत औँलो सर्ने दरलाई घटाइ विरामीको संख्या कम गर्ने, गुणस्तर निदान तथा प्रभावकारी उपचारमा पहुँच बढाउने, रोगलाई निवारणका लागि राजनैतिक नेतृत्व र समुदायको सहभागिता सुनिश्चित गर्ने र प्राविधिक तथा व्यवस्थापकिय क्षमता विकास गर्ने मुख्य लक्ष्य लिएर यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑