• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    योगदानमा आधारित पेन्सन प्रणाली सञ्चालन कर्मचारी सञ्चय कोषबाटै

  • वीरगंज संजाल
  • Aug 22, 2019, 4:06 am
  • ४०९९

    काठमाडौं । सरकारले योगदानमा आधारित पेन्सन प्रणाली सञ्चालनको जिम्मा तत्कालका लागि कर्मचारी सञ्चय कोषलाई सुम्पिएको छ । निवृत्तभरण कोष ऐन, २०७५ को प्रावधान अनुसार निवृत्तभरण कोषको गठन नभएसम्म यसको जिम्मेवारी कर्मचारी सञ्चय कोषलाई नै सुम्पने निर्णय भएको हो ।

    ऐनमा कोषको गठन नभएसम्म सरकारले कुनै पनि निकायलाई कोष सञ्चालन सम्बन्धी काम गर्ने गरी तोक्न सक्ने प्रावधान रहेको छ । यसअघि कर्मचारी सञ्चय कोषले नै कर्मचारीको पेन्सनसम्बन्धी व्यवस्था गर्दै आएको छ । ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५’ चैत १२ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । यो ऐन प्रमाणित भएपछि सरकारी सेवामा भर्ना भएका कर्मचारीको पेन्सनसम्बन्धी व्यवस्था यस ऐनअनुसार हुने प्रावधान कार्यान्वयनमा आएको छ ।

    कर्मचारीलाई निवृत्तिभरणलगायत रकम उपलब्ध गराउने प्रयोजनका लागि निवृत्तभरण कोषको स्थापना गर्ने ऐनमा उल्लेख छ । कोष स्वचालित र संगठित संस्था हो । यसले चल–अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, सञ्चय गर्न, बेचबिखन गर्न सक्ने अधिकार पाएको छ ।

    के छ व्यवस्था ?

    कोषमा कार्यालयले कर्मचारीको मासिक तलबबाट ६ प्रतिशतले हुन आउने रकम कट्टा गर्ने र सो रकममा नेपाल सरकारले शत प्रतिशत थप गरी जम्मा गर्नुपर्ने प्रावधान रहेको छ । बेतलबी, असाधारण बिदा वा निलम्बनमा परेको बेला यस्तो रकम कट्टा नहुने व्यवस्था छ ।

    निलम्बनको अवधिमा अभियोग प्रभाणित नभई निलम्बन फुकुवा भएमा भने एकमुष्ट सरकारले रकम कोषमा जम्मा गरिदिने व्यवस्था छ । कोषमा प्रत्येक कर्मचारीको छुट्टै व्यक्तिगत निवृत्तभरण खाताको व्यवस्था हुने उल्लेख छ ।

    २० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरी सेवाबाट अलग भएका कर्मचारीले कोषबाट मासिक रुपमा आजीवन निवृत्तभरण पाउँछन् । सेवा अवधि पूरा भएको कर्मचारीको निधन भएमा उसको पति वा पत्नीले पारिवारिक निवृत्तभरण पाउने व्यवस्था गरिएको छ ।

    कुनै कर्मचारी भविष्यमा अयोग्य हुने गरी सेवाबाट बर्खास्त भएको अवस्थामा भने उसको कट्टी भएको रकम र त्यसको ब्याजमात्र उपलब्ध गराइन्छ । निजामती सेवा, नेपाली सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र शिक्षक सेवामा आबद्ध कर्मचारीलाई यस कोषमा आबद्ध गरिएको छ ।

    सरकारले हरेक वर्ष पेन्सनमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आएपछि योगदानमा आधारित पेन्सन प्रणाली प्रारम्भ गरिएको हो । राज्य कोषबाट पेन्सनका लागि मात्र बर्सेनि ५० अर्बभन्दा माथि खर्च हुन थालिसकेको छ । यो प्रणाली लागू भएपछि पेन्सनका लागि सरकारले छुट्याउने ठूलो रकम बच्ने छ । कोषले भुक्तानी गर्ने निवृत्तभरण वा उपदानको आवश्यक रकम हरेक वर्ष सरकारले कोषलाई उपलब्ध गराउने प्रावधान ऐनले समेटेको छ ।

    विभिन्न ऋणपत्र, वाणिज्य बैंकको मुद्दती निक्षेप, मुद्दती डिपोजिट, कुनै उद्योग तथा संगठित संस्थामा ऋण लगानी र बैक तथा वित्तीय संस्थामा शेयर लगानी गर्न सक्ने सुविधा कोषलाई दिइएको छ । नेपाल सरकारका परियोजना, सरकारले बिक्री गर्ने ट्रेजरी बिलमा समेत कोषले लगानी गर्न सक्छ ।

    कोषको सञ्चालन गर्न कार्यकारी निर्देशक तथा कर्मचारीको व्यवस्था रहेको छ । कोष गठन नभएको अवस्थामा भने तत्कालका लागि कर्मचारी सञ्चयकोषबाटै कोषका कार्यक्रम संचालनको निर्णय भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

    सरकारले निजामती कर्मचारीका लागि योगदानमूलक निवृत्तभरण प्रणाली लागू गर्न तथा कानूनबमोजिम सरकारी कोषबाट निवृत्तभरण पाउने गरी नियुक्त भएका कर्मचारीले अवकासपछि पाउने निवृत्तभरण वा उपदान रकम व्यवस्थित गर्न कोषको गठन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑