जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक घुससहित पक्राउ
वीरगंज संजाल
५ भाद्र २०७६, बिहीबार ०३:३८
३३०३
धनुषा : जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक घुससहित पक्राउ परेका छन् । नापी सर्वेक्षक मोहन यादव १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
सर्वेक्षक यादवले घर नक्सा अनुसार नभएको भन्दै विभिन्न बहाना बनाएर मुद्दा मिलाइदिन्छु भनी एक सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।
उनलाई बुधबार साँझ जलेश्वरको खैराचोकबाट पक्राउ आयोगको टोलीले पक्राउ गरेको हो ।
यादवले घुस मागेपछि सेवाग्राहीले अख्तियारमा जानकारी गराएका थिए । यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।