• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हिरासतभित्र के गरिरहेका छन् रविले ?

  • वीरगंज संजाल
  • Aug 22, 2019, 2:05 am
  • ३२१७

    काठमाडौं : चितवन प्रहरीले पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी रवि लामिछानेका समर्थकविरुद्ध अभद्र दुर्व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । रविको रिहाइका लागि भएकोे प्रदर्शनमा खराब आचरण र व्यवहार देखाएको भन्दै चितवन प्रहरीले अहिलेसम्म २२ जना विरुद्ध मुद्दा चलाएको हो ।

    रविका चारजना समर्थक जनही पाँच सय धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले साउन ३२ गते गिरफ्तार भई मुद्दा चलाइएका चारजना जिल्ला प्रशासन कार्यालय चितवनबाट पाँच सय रुपैयाँ धरौटीमा छुटेको जानकारी दिए ।

    रिहा हुनेमा भरतपुर–४ की ३५ वर्षीया कोपिला न्युरे, भरतपुर १० का ४० वर्षीय गीता भुजेल, भरतपुर–८ का २४ वर्षीय गोविन्द बास्तोला र भरतपुर–७ का १८ वर्षीय प्रवीण गैरे रहेका छन् ।

    त्यस्तै, प्रहरीले भदौ २ गतेको प्रर्दशनबाट रवि समर्थक १० जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार भएकालाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको छ । गिरफ्तार हुनेमा गोरखा भीमसेन गापा–२ वस्ने वर्ष २९ की संगीता पोखरेल, रत्ननगर १३ की वर्ष ३८ की मीरा लामिछाने, भरतपुर १२ की वर्ष ३८ की तारा बराल, भरतपुर–८ की वर्ष २९ की मीरा सुवेदी, भरतपुर–७ की वर्ष २० की समीक्षा ढकाल, सोही ठाउँकी वर्ष ३८ की शर्मिला ढकाल, भरतपुर–१३ का वर्ष २२ को सुरज श्रेष्ठ, भरपतुर–११ को वर्ष ३२ को अर्जुन पन्त, भरतुर–४ को वर्ष ४० को मोहन खतिवडा र भरतपुर–१० को वर्ष ४० को अजय गहतराज रहेको प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । उनीहरूविरुद्ध म्याद थप भई अनुसन्धान भइरहेको छ ।

    त्यस्तै, साउन ३ गतेको प्रदर्शनमा थप आठजना गिरफ्तार भएका छन् । गिरफ्तार हुनेमा रामचन्द्र पाण्डे, अरुण बानियाँ, बिम्बा कोइराला, लीला सापकोटा, अर्जुन जोशी, प्रकाश जैसी, पार्वता अधिकारी र लक्ष्मी तिमिल्सिनाविरुद्ध बुधबार सात दिनको म्याद थप भएको छ । आरोपितका आफन्त, सहकर्मीसँग सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।

    सात प्रहरी घाइते 
    रवि समर्थकको प्रदर्शनमा सातजना प्रहरी घाइते भएको डिएसपी कोइरालाले बताए । प्रहरी जवानहरू चन्द्रभूषण मिश्र, सुवास राणा, दुर्गा बोहरा, कामेश्वर यादव, प्रहरी हवल्दार टेमप्रसाद तिमिल्सिना तथा असइहरू राजेशकुमार मिश्र र सुशिला मिश्र घाइते भएका हुन् । घाइतेमध्ये प्रहरी जवान सुवास राणाको हात भाँचिएकोे छ ।

    हिरासतमा पुस्तक पढ्छन् रवि 
    सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गते देखि चितवन प्रहरीको हिरासतमा छन् । हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै पढ्ने र खेल्ने गर्छन् । भेटघाटबाहेकका समयमा रवि हिरासतमै रहेका अन्य थुनुवासँग समय बिताइरहेका छन् ।  बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् । नयाँ पत्रिका दैनिकबाट साभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑