• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ‘सुनचाँदी व्यवसायीप्रति प्रहरीको नियत ठिक छैन्’

  • वीरगंज संजाल
  • Aug 21, 2019, 5:08 pm
  • ४१९७

    वीरगन्ज : पर्साका सुनचाँदी व्यवसायीले प्रहरीको नियत ठिक नभएको बताएको छ । पर्सा प्रहरीले असार ९ गते वीरगन्जको माईस्थान चौकमा रहेको केपी स्वर्णकला केन्द्र (सुनचाँदी पसल) मा छापामारी गरी ४१ लाख ९२ हजार ९ सय रुपैया सहित आठ जनालाई पक्राउ ग¥यो । प्रहरीले पसलबाट नगद रुपैया सहित २०९० ग्राम चाँदी समेत आफनो नियन्त्रणमा लिएको थियो ।

    ६० दिनपछि प्रहरीले पक्राउ परेका ८ जनालाई मंगलबार मुद्रा अपचलन (बैंक, वित्तिय संस्था) तथा संगठित अपराध मुद्दा अन्तर्गत १ अर्ब २८ करोड ४३ लाख ३९ हजार ७ सय २३ रुपैयाँ विगो दाबीसहित जिल्ला अदालतमा  पेश गरेको दाबी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट पठाएको मेलमा आज मिति २०७६/५/३ गते मंगलबारका दिन हुण्डी सम्बन्धी विभिन्न कागजात तथा ८ (आठ) जना मानिस नियन्त्रणमा लिई बैंक–वित्तिय संस्था तथा संगठित अपराध मुद्दा अन्तर्गत अदालतबाट म्याद लिई अनुसन्धान पश्चात रु.१,२८,४३,३९,७२३ (एक अर्ब अठ्ठाईस करोड त्रिचालिस लाख उनन्चालिस हजार सात सय तेइस) विगो दाबीसहित अदालतमा पेश गरिएको भनिएको छ ।

    प्रहरीले मंगलबार मिसिल पेश गरिएको दाबी गरेपछि एकहप्ता पहिला नै विगो दाबीसहितको मिसिल अदालतमा पेश भएको छ । पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले भने, ‘हामीले अनुसन्धान सकेका छैन, मिसिल जिल्ला अदालतको सरकारी वलिक कहाँ बुझाई सकेका छौ । अदालतबाट आदेश आउँन साथ ८ जनालाई उपस्थित गराउँछौ ।’

    मेलमा मंगलबार नै बुझाएको भने जानकारी गराईको छ भनि प्रश्न गर्दा प्रहरी नायब उपरिक्षक शर्माले भने, ‘बुझनुस न आज, हिजो, अस्ती बुझाए होला प्रकृयाको कुरा अनुसन्धानपछि सरकारी वकिल कहाँ हामी मिसिल बुझाई सकेको छौं ।’

    प्रहरीले एकहप्ता अगाडी नै सिमिल तयार गरी सरकारी वकिल कहाँ पठाई सकेको छ, कन्हैयाका सालो विजयले भने, ‘एकहप्ता पहिलानै पठाई सकेको सिमिलबारे प्रेस विज्ञप्ती जारी गरी प्रचारप्रसार गर्नुको नियत के त प्रश्न गर्दै उनले जसरी पनि व्यवसायीलाई बदनाम गराउनु प्रहरी लागि परेको छ ।’

    पसलमा मुख्य सञ्चालक कन्हैया साह सोनारले भने, ‘अहिले पनि प्रहरी सम्पर्कमा छैन । प्रहरी उपरीक्षक सोमेन्द्र सिह राठौरका ज्ञापन पत्र बुझाउँन जाँदा, प्रहरी उपरीक्षक राठौंरले कन्हैयालाई उपस्थित गराए अन्य आठ जनालाई छाडिदिने आश्वासन दिएतापनि प्रहरीले कन्हैयासहित ८ जनालाई फसाउने षडयन्त्र गरेको भन्दै कन्हैया प्रहरी सम्पर्कमा आएका छैन ।’

    उता प्रहरीले पसलमा हुण्डी कारोबार भइरहेको भनि विशेष सूचनाको आधारमा छापा मारेको थियो । पसल भित्र ग्राहक, कालिगढ, काउन्टर सेल्समैन, अडिटर र त्यहाँ स्थित अन्य कर्मचारी गरी आठजनालाई प्रहरी गत असार ९ गते जबरजस्ती नियन्त्रणमा लिएको व्यवसायीहरुको आरोप छ ।

    काउण्टरबाट बरामद गरिएको रकमको बिल भौचर देखाउदा समेत प्रहरीले भौचरको वास्ता नगरी नगदसहित चाँदी र पसलका कर्मचारीहरुलाई जबरजस्ती आफ्नो नियन्त्रणमा लिएको थियो । पसलका मुख्य सञ्चालक पसलमा मुख्य सञ्चालक कन्हैयासहित सहपरिवार भारतमा धार्मिक भ्रमणमा रहेको बेला प्रहरीले पसलमा एक्कासी छापामारेको थियो ।

    हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहट चन्द्रपुर वडा नं.७ बस्ने वर्ष ३३ को बिनोद सुनार,  जिल्ला पर्सा छिपहरमाई वडा नं.२ बस्ने वर्ष ३५ को राजकपुर साह, भारत विहार मोतिहारी जिल्ला पूर्वी चम्पारण बस्ने वर्ष ३६ को सुनिल कुमार प्रसाद, वीरगञ्ज महानगरपालिका १० बस्ने वर्ष २६ को चन्दन कुमार सर्राफलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौंरले बताए ।

    त्यसैगरी वीरगञ्ज ६ बस्ने वर्ष ३७ को राकेश कुमार सिंह, भारत विहार मोतिहार जिल्ला नैनपुर बस्ने वर्ष ३५ को गुलाब साह, विन्दवासिनी गापा २ बस्ने वर्ष २४ को सुजित कुमार साह र जिल्ला बारा परवानिपर गाप १ बुनियाद बस्ने वर्ष २९ को घनश्याम सर्राफ रहेको प्रहरी उपरिक्षक राठौंरले बताए ।

    कन्हैयाका सालो विजय सर्राफले असार १२ गते नै पत्रकार सम्मेलनको आयोजना गरेर हुण्डी कारोबारको नाममा प्रहरीले कमिशनको लागि वैध रहेको रकमलाई अवैध बनाउने प्रयास गरिरहेको आरोप लगाएका थिए । केपी स्वर्णकला केन्द्रको नाममा बार्षिक ८० देखि ९० करोडसम्म कारोबार छ, आन्तरिक राजश्व कार्यालयमा वार्षिक १३ लाखभन्दा बढी कर तिर्दै आएको लेखा परिक्षण तथा कर दाखिला रसिदबाट पुष्टी हुन्छ,’ सर्राफले भने, सबै प्रमाण हुदाँहुदै पनि प्रहरीले सुनचाँदी व्यवसायकै रकम नियन्त्रणमा लिई हुण्डी कारोबार भनेर जबरजस्ती झुठा मुद्दा चलाएको छ ।

    उनले पसलमा रहेका चार जना कर्मचारी, १ जना कालिगढ, एकजना एकाउन्टेन्डेड, १ जना सेल्समैन र १ जना ग्राहकलाई जबरजस्ती एउटा कोठा थुनेर हुण्डीको कारोबार गरिरहेको छ भनि गलत प्रचारप्रसार गराई बदनाम बनाउने काम समेत भएको बताए ।

    उनले भने, ‘प्रहरी नियन्त्रणमै लेखापरीक्षक छ, उसले नै पसल र कारखानामा हुने हरेक कारोबारको लेखाजोखा गरेका छन, इमान्दारीपूर्वक प्रहरीले अनुसन्धान गरे यर्थात छर्लङ्ग बाहिर आउँछ तर, प्रहरीको नियत ठिक छैन, जरबजस्ती व्यवसायीलाई बदनाम गरी फसाउने षडयन्त्र चरेका छन् ।’

    प्रहरीले अनुसन्धानको नाममा मुद्रा अपचलन मुद्दामा २५ दिन थुनामा राखेर अनुसन्धान ग¥यो । तर, अनुसन्धानबाट केही नभेटिएपछि संगठित अपराध मुद्दामा पुन ६० दिनको म्याद थप गराई अनुसन्धानको नाममा व्यवसायीलाई प्रताडित बनाउने काम भएको उनले आरोप लगाए ।

    प्रहरीले निर्दोषलाई फसाउने काम गरी व्यवसायलाई नै धरासायी बनाउने काम गरेको भन्दै पर्सा प्रहरीविरुद्ध पत्रकार सम्मेलनदेखि लिएर, मुख्यमन्त्री, स्थानिय प्रशासनलाई ज्ञापन पत्र समेत बुझाउने काम गरेकोले आक्रोशमा थप पूर्वाग्रही भएर प्रहरीले अनुसन्धानको नाममा ६० दिन थुनामा राखेर निर्दोष व्यक्तिलाई प्रताडित गर्ने काम भएको व्यवसायीहरुको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
  • उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण
  • निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
  • बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    News

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    News

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑