वीरगन्ज। मुकेश खेतान । आज ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, वूमेन्स क्रिएशंस र व्यवस्थित बीरगंज अभियानको संयुक्त प्रयासले बहुप्रतीक्षित “कपड़ा बैंक” भव्य रुपमा उद्घाटन भई संचलनमा आएको छ।
जसको घरमा अतिरिक्त कपड़ा छ, उहाहरुले कपड़ा उपलब्ध गराउने र जसले कपड़ाको आवश्यकता रहेकों छ, उनी हरुले यहां बाट लिनसक्ने अवधारणा अन्तर्गत यो कपडा बैंक सञ्चालन हुने ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले पब्लिक समाचार लाई जानकारी गराउनु भयो।कार्यक्रममा वक्ताहरुले आफ्नो मन्तव्य राख्ने क्रममा यस कपडा बैंक लाई सुनियोजित तरिकाले निरन्तरताको साथ सञ्चालन गर्नु पर्ने कुरामा विशेष जोड दिनु भयो।
“आज तीन वटा संस्था द्वारा उद्घाटन भएतापनि यो कपडा बैंक सिंगो वीरगन्ज वासी हरुको रहेको र आगामी दिनमा सबैले मिलेर अा-आफ्नो स्तर बात जो जति सहकार्य गर्न सक्नु हुन्छ, गर्दै अझ व्यवस्थित र सेवामुलक बनाउँदै लग्नु पर्ने जानकारी वूमेन्स क्रिएशनकी अध्यक्ष नुतन सरावगीले पब्लिक समाचार लाई जानकारी गराउनु भयो।
यो कपडा बैंक आदर्श नगरमा ठाकुर राम बहुमुखी केम्पस जाने सडकमा नगरपालिकाको सामुने पट्टीको फुटपाथमा ग्रीन सिटी कार्यालयमा सञ्चालनमा ल्याइएको छ।
कार्यक्रममा पूर्व सभासद अनिल रुंगटा, प्रदेश नंबर २का प्रदेश सभा सभासद ओमप्रकाश शर्मा, प्रमुख जिलाधिकारी नारायण प्रसाद भट्टराई, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, आंतरिक राजस्व कार्यालय बिरगंजका प्रमुख
गोपीकृष्ण कोइराला, वडा नंबर १०का अध्यक्ष राम नगीना प्रसाद कानू, डॉक्टर दीपक शाक्य, युवा समाज बिरगंजका अध्यक्ष कमल चौगाई, श्रीपुर प्रहरी कार्यालय का प्रमुख चक्र बहादुर मल्ल, ओमेंस क्रिएशन की अध्यक्ष नूतन सरावगी एवं सदस्यहरु, व्यवस्थित बिरगंज अभियानका संयोजक दिलीपराज कार्की, छपकैया सामुदायिक सेवा केंद्रका अध्यक्ष ग्यासुद्दीन ठकुरी,
मीना बाजार सामुदायिकका अध्यक्ष ग्यासुद्दीन मियां देवान, श्याम सर्राफ, पवन रूंगटा,ग्रीन सिटी अध्यक्ष जयप्रकाश खेतान, सचिव मुरली जालान, कोषाध्यक्ष ज्योति रूंगटा, उपाध्यक्ष संजय शर्मा, लक्ष्मी रूंगटा, तस्वीर खातून, डॉ.सुषमा तिवारी, सुरेश रुंगटा, अंजनी खेतान, दिनेश अग्रवाल, सज्जन मस्करा, रतन टेमानी, मुकेश खेतान, सरफुद्दीन मियां, त्रिलोक चंद्र दारूका, पिया सिंह, सुशील धुड़का, जीवन विज्ञानका अध्यक्ष र सदस्यहरु, संचार कर्मी हरु लगायत स्थानीय हरुको बाग्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण दिलीप राज कार्कीले गर्नु भएको थियो।