• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / अर्थतन्त्र

    फागुनमा सकिन लागेको १११ मेगावाटको रसुवागढीमा बाढीपहिरोबाट तेस्रोपटक क्षति

  • वीरगंज संजाल
  • ३ भाद्र २०७६, मंगलवार १७:०५
  • २५५३

    काठमाडौं : आउँदो फागुनदेखि व्यावसायिक उत्पादन सुरु गर्ने गरी निर्माण द्रुत गतिमा बढेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पटक–पटकको बाढी–पहिरोबाट क्षति पुगेको छ । असार ५ गते पहिरोबाट खेपेको आयोजनाले भदौ १ गते राति भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याएको हो । एक वर्षअघि साउन २२ गते आएको बाढीले पनि आयोजनाको एउटा किनारको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको थियो ।

    आइतबार मध्यरातमा आएको बाढीले आयोजनाको हेडवर्क्सतर्फ नदीका दुवै किनारमा बनाइएका करिब ५० मिटर लामा दुईवटै ‘कफर ड्याम’ बगाएको छ । हेडवक्र्सको पहुँचमार्गका रूपमा आयोजनाको क्याम्पनजिकै रहेको बेलिब्रिजसमेत बगाएको छ । यसबाट आवत–जावत बन्द भएको आयोजना प्रमुख छवि गैरेले बताए ।

    ‘नदीको बहाव आयोजनाको संरचनामाथिबाट नै बगिरहेको छ,’ उनले भने, ‘राति एक्कासि बाढी आएपछि आयोजनामा काम गरिरहेका सबै जनशक्ति गरी ४५ जना हामी सुरक्षित स्थानमा गएका थियौँ, बाढी कम भएपछि मात्र क्याम्पमा आउन सक्यौँ ।’ ७२ प्रतिशत निर्माण कार्य सकिएको आयोजनाबाट आउँदो फागुनसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य थियो ।

    बाढीले आयोजना प्रभावित रसुवाको टिमुरे गाउँको फोहोर व्यवस्थापन केन्द्र ‘इन्सिनेरेटर’ (फोहोर जलाउने भवन) पनि पूर्ण रूपमा बगाएको छ । त्यहाँ गत जेठदेखि स्थानीय बासिन्दाले गाउँको फोहोर व्यवस्थापन गर्दै आएका थिए ।

    गैरेका अनुसार खोलाको बहावले ‘आउटलेट’तर्फ पनि क्षति पुर्‍याएको छ । सो स्थानमा राखिएका ठेकेदारका फलामे डन्डी, फर्मा र अन्य उपकरण बगाएको छ ।आयोजनाको भूमिगत संरचनातर्फ सुरुङ, डिसेन्डर बेसिन, भूमिगत विद्युत्गृह, ट्रान्सफर्मर क्याभर्नलगायतको काम भने अघि बढिरहेको छ । आयोजनाको इन्टेकको काम भने सकिसकेको छ । बाढीले कति क्षति पुर्‍यायो भन्नेबारे यकिन हुन नसकेको गैरेले बताए । ‘ठेकेदार कम्पनीले आयोजना स्थलमा राखेका निर्माण सामग्री, उपकरणलगायत क्षतिको विवरण आएपछि मात्रै यकिन तथ्यांक थाहा हुन्छ,’ उनले भने ।

    उनले आयोजनाको मुख्य संरचनामा ठूलो क्षति नभए पनि पहिरो र बाढीका कारण काम अघि बढाउने अवस्था नरहेको जानकारी दिए । ‘अहिले त सुरक्षालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने । गत असारमा आएको पहिरोले भूमिगततर्फको सर्ज ट्यांक र पेनस्टक भर्टिकल साफ्टलगायतका संरचना भत्काएको थियो । उक्त कार्य हालसम्म सुरु हुन सकेको छैन । सन् २०१४ बाट सुरु भएको आयोजना फेब्रुअरी २०२० मा सम्पन्न गर्ने लक्ष्य थियो ।

    योजनास्थल पुग्ने क्षतिग्रस्त बेलिब्रिज

    भूकम्प, बाढी–पहिरोजस्ता विपत्ले आयोजना सम्पन्न हुने मिति भने सर्दै आएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनामा चिलिमेको ३३ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत गरी ५१ प्रतिशत सेयर छ । त्यस्तै, प्रभावित बासिन्दा तथा सर्वसाधारणको ४९ प्रतिशत
    सेयर छ ।

    १ भदौको बाढीबाट पुगेको क्षति

    •  किनाराका दुई कफर ड्याम, बेलिब्रिज, फलामे डन्डी र उपकरण बगायो

    •  टिमुरे गाउँको फोहोर व्यवस्थापन गर्न बनाइएको इन्सिनेरेटर भवन पनि डुबायो

    •  ठेकेदारले राखेको फलामे डन्डी, फर्मा र अन्य उपकरण बगायो

    ५ असारको पहिरोबाट पुगेको क्षति

    •  भूमिगततर्फको सर्ज ट्यांक र पेनस्टक भर्टिकल साफ्टलगायतका संरचना भत्काएको थियो । कार्य हालसम्म सुरु हुन सकेको छैन ।

    २२ साउन, २०७५ को बाढीबाट पुगेको क्षति :

    •  किनाराको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको थियो । नयाँपपत्रिका दैनिकबाट साभार

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक युवाको मृत्युु
  • अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।
  • जनकपुरमा अमेरिकन पेस्तोल सहित एकजना पक्राउ
  • महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड शाखा बिरगंज द्वारा पोखरियामा उप-शाखाको उद्घाटन सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक युवाको मृत्युु

    अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

    जनकपुरमा अमेरिकन पेस्तोल सहित एकजना पक्राउ

    महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड शाखा बिरगंज द्वारा पोखरियामा उप-शाखाको उद्घाटन सम्पन्न

    बाढी पहिरोले यसवर्ष २० लाख जनाबढी प्रभावित हुनसक्ने प्रक्षेपण

    झापामा १६० घर उच्च जोखिममा

    नर्भिकका डाक्टरले पेटमा अड्का’ एको चम्चा शल्यक्रिया नै नगरी निकाले, नेपालमै भएको पहि’ लो दावी !

    सक्खर र चिनीमा कुन स्वस्थकर ?

    धान राेपिरहेका किसानमाथि खस्यो च’ ट्याङ, चार जनाकाे मृ’ त्यु

    युरिया मल वीरगन्ज भित्रिन थाल्यो

    पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक युवाको मृत्युु

    अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

    जनकपुरमा अमेरिकन पेस्तोल सहित एकजना पक्राउ

    महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड शाखा बिरगंज द्वारा पोखरियामा उप-शाखाको उद्घाटन सम्पन्न

    बाढी पहिरोले यसवर्ष २० लाख जनाबढी प्रभावित हुनसक्ने प्रक्षेपण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक युवाको मृत्युु

    News

    अबिरल वर्षाका कारण विभिन्न ठाउँमा डुवानमा परेकाहरुलनई सशस्त्र प्रहरीशद्वारा उद्वार ।।

    News

    जनकपुरमा अमेरिकन पेस्तोल सहित एकजना पक्राउ

    News

    महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड शाखा बिरगंज द्वारा पोखरियामा उप-शाखाको उद्घाटन सम्पन्न

    News

    बाढी पहिरोले यसवर्ष २० लाख जनाबढी प्रभावित हुनसक्ने प्रक्षेपण


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑