• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    फागुनमा सकिन लागेको १११ मेगावाटको रसुवागढीमा बाढीपहिरोबाट तेस्रोपटक क्षति

  • वीरगंज संजाल
  • Aug 20, 2019, 5:05 pm
  • ३५१७

    काठमाडौं : आउँदो फागुनदेखि व्यावसायिक उत्पादन सुरु गर्ने गरी निर्माण द्रुत गतिमा बढेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पटक–पटकको बाढी–पहिरोबाट क्षति पुगेको छ । असार ५ गते पहिरोबाट खेपेको आयोजनाले भदौ १ गते राति भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याएको हो । एक वर्षअघि साउन २२ गते आएको बाढीले पनि आयोजनाको एउटा किनारको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको थियो ।

    आइतबार मध्यरातमा आएको बाढीले आयोजनाको हेडवर्क्सतर्फ नदीका दुवै किनारमा बनाइएका करिब ५० मिटर लामा दुईवटै ‘कफर ड्याम’ बगाएको छ । हेडवक्र्सको पहुँचमार्गका रूपमा आयोजनाको क्याम्पनजिकै रहेको बेलिब्रिजसमेत बगाएको छ । यसबाट आवत–जावत बन्द भएको आयोजना प्रमुख छवि गैरेले बताए ।

    ‘नदीको बहाव आयोजनाको संरचनामाथिबाट नै बगिरहेको छ,’ उनले भने, ‘राति एक्कासि बाढी आएपछि आयोजनामा काम गरिरहेका सबै जनशक्ति गरी ४५ जना हामी सुरक्षित स्थानमा गएका थियौँ, बाढी कम भएपछि मात्र क्याम्पमा आउन सक्यौँ ।’ ७२ प्रतिशत निर्माण कार्य सकिएको आयोजनाबाट आउँदो फागुनसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य थियो ।

    बाढीले आयोजना प्रभावित रसुवाको टिमुरे गाउँको फोहोर व्यवस्थापन केन्द्र ‘इन्सिनेरेटर’ (फोहोर जलाउने भवन) पनि पूर्ण रूपमा बगाएको छ । त्यहाँ गत जेठदेखि स्थानीय बासिन्दाले गाउँको फोहोर व्यवस्थापन गर्दै आएका थिए ।

    गैरेका अनुसार खोलाको बहावले ‘आउटलेट’तर्फ पनि क्षति पुर्‍याएको छ । सो स्थानमा राखिएका ठेकेदारका फलामे डन्डी, फर्मा र अन्य उपकरण बगाएको छ ।आयोजनाको भूमिगत संरचनातर्फ सुरुङ, डिसेन्डर बेसिन, भूमिगत विद्युत्गृह, ट्रान्सफर्मर क्याभर्नलगायतको काम भने अघि बढिरहेको छ । आयोजनाको इन्टेकको काम भने सकिसकेको छ । बाढीले कति क्षति पुर्‍यायो भन्नेबारे यकिन हुन नसकेको गैरेले बताए । ‘ठेकेदार कम्पनीले आयोजना स्थलमा राखेका निर्माण सामग्री, उपकरणलगायत क्षतिको विवरण आएपछि मात्रै यकिन तथ्यांक थाहा हुन्छ,’ उनले भने ।

    उनले आयोजनाको मुख्य संरचनामा ठूलो क्षति नभए पनि पहिरो र बाढीका कारण काम अघि बढाउने अवस्था नरहेको जानकारी दिए । ‘अहिले त सुरक्षालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने । गत असारमा आएको पहिरोले भूमिगततर्फको सर्ज ट्यांक र पेनस्टक भर्टिकल साफ्टलगायतका संरचना भत्काएको थियो । उक्त कार्य हालसम्म सुरु हुन सकेको छैन । सन् २०१४ बाट सुरु भएको आयोजना फेब्रुअरी २०२० मा सम्पन्न गर्ने लक्ष्य थियो ।

    योजनास्थल पुग्ने क्षतिग्रस्त बेलिब्रिज

    भूकम्प, बाढी–पहिरोजस्ता विपत्ले आयोजना सम्पन्न हुने मिति भने सर्दै आएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनामा चिलिमेको ३३ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत गरी ५१ प्रतिशत सेयर छ । त्यस्तै, प्रभावित बासिन्दा तथा सर्वसाधारणको ४९ प्रतिशत
    सेयर छ ।

    १ भदौको बाढीबाट पुगेको क्षति

    •  किनाराका दुई कफर ड्याम, बेलिब्रिज, फलामे डन्डी र उपकरण बगायो

    •  टिमुरे गाउँको फोहोर व्यवस्थापन गर्न बनाइएको इन्सिनेरेटर भवन पनि डुबायो

    •  ठेकेदारले राखेको फलामे डन्डी, फर्मा र अन्य उपकरण बगायो

    ५ असारको पहिरोबाट पुगेको क्षति

    •  भूमिगततर्फको सर्ज ट्यांक र पेनस्टक भर्टिकल साफ्टलगायतका संरचना भत्काएको थियो । कार्य हालसम्म सुरु हुन सकेको छैन ।

    २२ साउन, २०७५ को बाढीबाट पुगेको क्षति :

    •  किनाराको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको थियो । नयाँपपत्रिका दैनिकबाट साभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑