• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘उपप्रमुखलाई न्याय दिएका छौं

  • वीरगंज संजाल
  • १ भाद्र २०७६, आईतवार ०४:१०
  • ६२५९

    गोरखा : राजनीति गर्नेलाई सुविधा दिनुपर्छ भन्ने मान्यता राखेर गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिलाई गाडी तथा अन्य सेवा सुविधा थप गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गोरखा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन शनिबार गोरखा आएका मुख्यमन्त्री गुरुङले सेवा सुविधा कर्मचारीमा हुने तर जनप्रतिनिधिमा नहुने गरेकाले जनप्रतिनिधिलाई पनि गाडी तथा अन्य सुविधा दिने निर्णय गरेको तर्क गरे ।

    ‘स्थानीय सरकारको उपाध्यक्ष भनेको अध्यक्षको छायाँ होइन । उनीहरुको काम र जिम्मेगारी धेरै छ । दौडधुप गर्नुपर्छ’, उनले भने, ‘तर यताउता जानु पर्दा अध्यक्षको निगाह पर्खनु पर्छ । कि प्रशासकीय अधिकृत सामु निहुरिएर गाडी माग्नुपर्छ । त्यसैले उनीहरुको मनोबल बढाउन उपप्रमुखलाई पनि गाडी सुविधाको बाटो खोलेका हौं ।’

    जिन्दगीभर जनताको सेवा गर्ने तर सुविधा केही नपाउने अवस्थाको अन्त्य गर्न गण्डकी प्रदेशले सुविधा सुरु गरेको मुख्यमन्त्री गुरुङले दावी गरे । ‘जिएम, सिएम, सिइओ, कार्यालय प्रमुख सबैको गाडी हुन्छ । बन्दोबस्त हुन्छ’, उनले भने, ‘तर बाँचुञ्जेल समाज सेवा गर्छु भनेर हिडे पनि केही छैन । माथिकाले चाहिँ तलब, भत्ता सबै सुविधा पाउने, तलकाले चाहिँ नपाउने ? त्यसकारण गण्डकी प्रदेश सरकारले उनीहरुलाई न्याय दिएको हो ।’

    उपप्रमुखलाई न्याय सम्पादनमा समस्या भएकाले प्रयाप्त प्रशिक्षण दिएर सशक्त बनाउने मुख्यमन्त्री गुरुङले दावी गरेका छन् । कानूनी सल्लाहकार नियुक्त गर्न पनि पहल गर्ने उनले बताए । मुख्यमन्त्री गुरुङले कालीगण्डकी नदी डाइभर्सन गर्न नदिने दावी पनि गरे । ‘कालीगण्डकी संसारको एउटा मात्र त्यस्तो नदी हो, जहाँ शालिग्राम पाइन्छ । धार्मिकस्थल देवघाट यही छ । त्यस्तो महत्व बोकेको नदीमा केन्द्र सरकारको आँखा किन लाग्छ ? ’, उनले प्रश्न गरे ।‘

    केन्द्र सरकारले यसपटक पनि कालीगण्डकी डाइभर्सन गर्ने भनेर बजेट छुट्याएको उल्लेख गर्दै गुरुङले केन्द्र सरकारले त दुई प्रदेशबीच विवाद भयो भने मिलाउनु पर्नेमा झगडा गराउन खोजेको आरोप लगाए । ‘त्यसैले मैले भनिदिएको छु व्रह्म, विष्णु, महेश्वर आए पनि कालीगण्डकी डाइभर्सन गर्न दिनेछैनौं ।’ इकोसिस्टम नै खत्तम हुने गरी कालीगण्डकी डाइभर्सन गर्न कुनै हालतमा नदिने मुख्यमन्त्री गुरुङले बताए ।

    विष्णु पौडेल अर्थमन्त्री छँदा स्याङ्जा र पाल्पाको सीमामा पर्ने राम्दीबाट केहीमाथि कालीगण्डकी डाइभर्सन गरी तिनाउँमा मिसाउने, ५२ मेगावाट विजुली निकाल्ने, दुईवटा जिल्लामा सिचाइँ गर्ने कार्यक्रम लागु गरेका थिए । यसबर्ष पनि सो कार्यक्रमका लागि बजेट बिनियोजन गरिएकोमा मुख्यमन्त्री गुरुङले आक्रोश पोखेका हुन् । ‘कि सरकारले भन्न सक्नुपर्‍यो, ५२ मेगावाट विद्युत निकाल्न सकिने त्यही एउटा मात्र नदी हो । नेपालमा अन्य नदी छैनन् भनेर’, उनले भने । ‘सिँचाइ भइरहेका साबिक पाँच छवटा जिल्ला सुकाएर तीनवटा जिल्लालाई सिँचाइ गर्छु भन्न सुहाउँछ ? प्रदेश पाँचकै राप्ती नदी डाइभर्सन गरे भइहाल्छ नि, त्यहाँ कुनै विवाद हुदैन । कालीगण्डकी नै किन चाहियो ? ’

    मुख्यमन्त्री गुरुङले राजस्वको लोभमा स्थानीय सरकारले जथाभावी क्रसर चलाउन, ढुंगा, गिटी, बालुवा उत्खनन गर्न दिने गरेकोमा आपत्ति जनाए । ‘गाउँपालिका, नगरपालिकाले राजस्व आउँछ भनेर भोलि यसबाट कस्तो समस्या आइपर्छ भन्ने अनुमानै नगरी जता पनि ढुंगा, गिटी, बालुवा निकाल्न दिइरहेको छ’, उनले भने, ‘यसको नियमन गर्न हामीले भनेका छौं । मन्त्रालयबाट यो काम भइरहेको छ ।’ अनियमित रुपमा चलेका क्रसरलाई नियमसंगत चल्ने बनाउने उनले बताए ।anpurna post

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑