• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कपडा बैंकको लोकप्रियता बढ्दै

  • वीरगंज संजाल
  • Aug 18, 2019, 4:08 am
  • ४८१७

    काठमाडौं : ‘तपाईँको पुरानो लुगा कसैको लागि नयाँ हुनसक्छ’ अनामनगर जाने बाटो छेउ आजभोलि यो स्लोगनलाई बटुवाहरु फर्किफर्कि पढ्छन्। एक महिनाअघि उक्त स्थानमा हन्रेडस् ग्रुप्सले कपडा बैंक सञ्चालनमा ल्याएको थियो। अनावश्यक लुगा छाड्न मिल्ने र जसलाई आवश्यक छ उसैले निःशुल्क लिन मिल्ने बैंकप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ।

    बैंकको लोकप्रियता बढेसँगै समूहका युवायुवती यतिबेला यस्ता बैंक उपत्यकाका विभिन्न ठाउँमा खोल्न लागि परेका छन्। नाम कपडा बैंक भए पनि यो बैंकमा पैसाको कारोबार हुँदैन। उपलब्ध सबै लत्ताकपडा निःशुल्क हुन्छन्। हाल ५० जना युवाको सक्रियतामा ‘लुगा चाहिन्छ, यहाँबाट लिनुहोला। पुराना, सफा, कपडा यहाँ छाडिदिनुहोस्’ भन्दै ठाउँ–ठाउँमा स्टल राखिएको छ।

    त्यसलाई पढ्दै कोही पुराना कपडा छोडेर जान्छन् त कोही छानीछानी लिएर जन्छन्। डिल्लीबाजारमा बस्दै आएका दयानाथ राउत कपडा बैंक सञ्चालन भएको थाहा पाएर अनामनगर आउँछन्। उनले आफ्नो लागि एउटा कमिज र पत्नीको लागि साडी लिएका छन्। कवाडीको काम गर्दै आएका राउतले उत्साहित हुँदै भने, ‘हामी जस्ता गरिबलाई कपडा बैंकले ठूलो राहत मिलेको छ।’ बैंकमा सडक बालबालिकादेखि असहाय महिला तथा विपन्न वर्गले आफूले इच्छाएको लुगा छानेर लिन पाएका छन्।

    अनामनगरका ३९ वर्षीय रामेश्वर अधिकारीले अभियानको बारेमा थाहा पाएपछि एक बोरा नचाहिने लुगा बैंकमा राख्न ल्याएका छन्। उनी भन्छन्, ‘लुगालाई पेलेर डस्ना बनाउनुभन्दा पुनः प्रयोगमा आउनु राम्रो हो। मानव भएपछि असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई सकेसम्म मद्दत गर्नुपर्छ।’ जुन कपडा बैंकमार्फत सहज भएको उनको बुझाइ छ। २२ वर्षीय विवेक ढकाल बैंकलाई सर्वसाधारणसम्म पुर्‍याउन ‘हन्ड्रेड््स ग्रुप्स’ मा आवद्ध भएर काम गर्दै आएका छन्।

    बिहानको कलेज पढेर उनी सिधै अनामनगरमा रहेको कपडा बैंकको व्यवस्थापनमा जुट्छन्। ढकाल भन्छन्, ‘बैंकमा हामी बिहान आठदेखि बेलुकी आठ बजेसम्म आलोपालो बस्छौं। विदेशमा यस्ता कपडा बैंक प्रचलनमा रहे पनि नेपालका लागि यो नौलो हो।’ समूहमा आवद्ध अर्का युवा विमल पन्त भन्छन्, ‘तीन वर्षदेखि असहाय बालबालिका, बाढी पीडित तथा आगलागी पीडितका लागि मात्र लुगा जुटाउने काम गथ्र्यौं, तर अहिले सबैका लागि कपडा बैंकको अवधारणा ल्याएका हौं।’

    उनका अनुसार समूहले बाढी पीडितलाईसमेत लत्ताकपडा उपलब्ध गराउँदै आएको छ। बैंकमा पुराना लुगाका साथै भाडावर्तन, जुत्ता, खेलौना जस्ता अनेक सामान छोड्ने क्रम पनि बढ्दै गएको छ। आवश्यक परेका व्यक्तिले निःशुल्क त्यहाँबाट कपडा तथा अन्य सामान लिएर जान सक्छन्। नचाहिने कपडाको पुन प्रयोग र गरिबसम्म कपडाको पहुँच पुर्‍याउन यो अभियान सञ्चालन गरिएको पन्तले बताए। दिनभरी जम्मा भएको कपडालाई ग्रुप्सले उमेर समूह छुट्याएर प्याक गर्ने र बृद्धा श्रम तथा बाल आश्रमहरुमा पुर्‍याउने गरेको अर्का युवा सौगात गौतमले बताए।

    उनले भने, ‘अनामनगरमै हाम्रो सानो गोदाम छ। कपडा त्यहीँ लगेर व्यवस्थापन गर्दै आएका छौं।’ स्थानीय सरकारको सहयोगमा सञ्चालनमा आएको कपडा बैंकको प्रभावकारीता बढे पनि यो व्यवस्थित हुन अँझै समय लाग्ने ग्रुप्सका सञ्चालक विक्रम ओली बताउँछन्। ‘मानिसले आफूलाई नचाहिने लत्ताकपडा र अन्य सरसामान धमाधम बैंकमा छाडेर जान थालेका छन्’ उनले भने, ‘हालको सानो स्टलमा सामान अटाउनै सकिएको छैन।’

    फेसबुकबाट बनेको युवाहरूको सन्जाल हन्ड्रेड्स ग्रुप्सले काठमाडौंको अनामनगरबाट सुरु गरेको कपडा बैंक हाल भक्तपूरको राधेराधे, शङ्खमुल, बनेपा, सामाखुसीमासमेत सञ्चालन भइसकेको छ। युवाहरुले यस बैंकलाई छिट्टै पशुपति क्षेत्रमासमेत सञ्चालन गर्न लागेको जानकारी दिए। हाल कपडा बैंकको लोकप्रियता बढ्दै गएपछि दशैभरीका जुझारु युवाहरुले स्वतस्फूर्त रुपमा ठाउँ–ठाउँमा बैंक सञ्चालनमा ल्याएका हुन्।anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑