‘सेटिङ’ मिलाउन प्रहरीलाई आर्थीक प्रलोभन : बाराबाट तिन जना पक्राउ
वीरगंज संजाल
१ भाद्र २०७६, आईतवार ००:४६
४५३३
सिमरा :भारतबाट अबैध सामान ओसारपसारका लागी ‘सेटिङ’ मिलाईदिन भन्दै प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तिन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बिश्रामपुर गाउँपालिका १ छतवास्थित सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलीलाई आर्थीक प्रलोभनमा पार्न खोजेको भन्दै बाराको प्रसौनी गाउँपालिका ५ का ४५ वर्षीय शम्भुप्रसाद साह, सोही गाउँपालिका ६ का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका १६ का २४ वर्षीय छोटेलाल पटेललाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भारतबाट नेपालका बिभिन्न स्थानमा कस्टमेटिक तथा कपडा लगायतका सामान अबैध रुपमा ओसारपसार गर्नका लागी प्रहरीले ‘सेटिङ’ मिलाईदिए त्यसबापत मासिक रुपमा रकम उपलब्ध गराउने र तत्कालका लागी भन्दै २६ हजार रुपयाँ दिन खोजेको जिल्लाका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक रञ्जितसिंह राठोरले जानकारी दिए ।
उनिहरुको प्रस्ताव प्रहरीले अस्विकार गरेपछी हामी अर्को कुनै क्षेत्रबाट जसरी पनी काम गछौँ भन्दै प्रहरीमाथी नै अपशब्द प्रयोग गरेपछी उनिहरुलाई नियन्त्रणमा लिईएको राठोरले बताए ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।