• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ‘तिन बर्षभित्र प्रदेश २ का ४२ हजार युवालाई रोजगारी’

  • वीरगंज संजाल
  • Aug 17, 2019, 6:24 am
  • ३२१३

    जनकपुरधाम : प्रदेश २का मुख्‍य मुख्यमन्त्री मुख्यमन्त्री लालबाबु राउतले अबको तीन वर्षभित्र करीब ४२ हजार युवाहरुले रोजगारी पाउने दावी गरेका छन ।

    शुक्रबार प्रदेश सरकार पहिलो चरणमा बिभिन्न ६ वटा संस्थासँग बेरोजगार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने सम्झौता कार्यक्रममा बोल्‍दै उनले सो कुरा बताएका हुन।

    प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत, सिप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

    उनले भने, ‘प्रदेश २ को ४२ हजार युवाहरु अब प्रदेश सरकारको समन्वयमा अगामी तीन वर्ष भित्र रोजगारी पाउँछन्। आज एक कार्यक्रमका बिच प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाबिच उक्त सम्झौता गरेका छौं।’

    उनले प्रदेश २ मा सबैभन्दा बढी बेरोजगारीको समस्या रहेकोले बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्ने लक्ष्य अनुरुप प्रदेश सरकार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने र स्वरोजगार बनाउने सम्झौता गरेको बताए। उनले भने, ‘यो वैदेशिक रोजगारीमा जाने युवा तथा गरिव, दलित, महिलालाई लक्षित गरि सञ्‍चालन गरिनेछ।’

    उनले एक वर्षको प्रयास पछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एक कदम अगाडी बढेको उल्लेख गर्दै यस कार्यमा सघाउने डिफिड लगायत साझेदार संस्थाहरुलाई धन्यवाद दिएका छन्।

    सम्झौता अनुसार प्रभु बैंकले अगामी तीन वर्ष भित्र बैदेशिक रोजगारमा जाने सात हजार पाँच सय युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाख सम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ।

    त्यस्तै नेपाल एसबीआई बैंकले अगामी तीन वर्ष भित्र बैदेशिक रोजगारमा जाने सात हजार सात सय पचास युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाख सम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ। वैदेशिक रोजगारीमा जान चाहने तथा स्वरोजगार बन्न चाहने युवाहरुलाई सिप कार्यक्रम अन्तर्गत तालिम दिइनेछ।

    केहि महिना पहिला सार्वजनिक केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार नेपाल श्रमशक्ति सर्वेक्षण २०७४-७५ को प्रतिवेदनअनुसार नेपालको कुल बेरोजगारी दर ११.६ प्रतिशत रहेको छ भने प्रदेश २ मा सबैभन्दा बढी २०.१ प्रतिशत बेरोजगारी दर रहेको छ। जसमा पुरुषको १५.३ र महिला २८.६ प्रतिशत बेरोजगारी दर रहेको छ। यहाँको शहरी क्षेत्रमा २०.४, ग्रामीण क्षेत्रका १९.४ प्रतिशत बेरोजगार छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑