श्री द्वार देबि माध्यमिक बिधालय अलौ पर्साको व्यवस्थापन समिति गठनको बिषयलाई लिएर पक्ष र बिपक्ष बीच मुड्भेड भएको समाचार प्राप्त भएको छ ।बिस्तुत बिवरण आउन बाकी नै छ ।
वीरगंज संजाल
३२ श्रावण २०७६, शनिबार ०६:०७
७६५९
वीरगन्ज । पर्सा प्रहरीको फरार सुचिमा रहेका वीरगन्ज माईस्थानस्थित ‘केपी स्वर्ण कलाकेन्द्रका सञ्चालक कन्हैया प्रसाद सोनार आज २ महिना बितिसक्दा पनि प्रहरीले फेला पर्न सकेको छैन ।
यता असार १३ गते सुनचाँदी ब्यवसायी संघ पर्साका उपाध्यक्ष भुलन सर्राफ, बच्चा सोनार, महा सचिव परवेज सर्राफ, कन्हैयाका सालो सन्दीप सर्राफ लगायत वीरगन्जका सुनचाँदी पसलका संचालकहरुले पत्रकार सम्मेलन गरि कन्हैया धार्मिक भ्रमणमा भारतमा गएका छन २ चार दिनमा कन्हैया वीरगन्ज आउने भनेका थिए , हुण्डी कारोबारको नाममा प्रहरीले वैध रहेको रकमलाई अवैध बनाउने प्रयास गरेको र केपी स्वर्णकला केन्द्रको नाममा वार्षीक ८० देखि ९० करोडसम्म कारोबार रहेको बताएका थिए । तर २ महिना बितिस्कदा पनि कन्हैया सोनार वीरगन्ज आएन्न कन्हैयाको अवेध कारोबारको संरक्षणमा पर्सा सुनचाँदी ब्यवसायीहरु खुलेर सहयोग गरेको देखिन्छ ।
असार ९ गते पर्सा प्रहरीले के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनारले गरेको हुण्डी कारोबारमा समलग्न रहेको भन्दै उनको सुनचाँदी पसलबाट नगद ४१ लाख ९२ हजार ९ सय नगद सहित रौतहट चन्द्रपुर वडा नं.७ बस्ने बर्ष ३३ को बिनोद सुनार, जिल्ला पर्सा छिपहरमाई वडा नं.२ बस्ने बर्ष ३५ को राजकपुर साह, भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारण बस्ने बर्ष ३६को सुनिल कुमार प्रसाद,जिल्ला पर्सा बीरगंज नं.१० बस्ने बर्ष २६ को चन्दन कुमार सर्राफ, जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं.६ बस्ने बर्ष ३७ को राकेश कुमार सिंह, भारत विहार मोतिहार जिल्ला नैनपुर बस्ने बर्ष ३५ को गुलाब साह, जिल्ला पर्सा विन्दवासिनी गापा वडा नं.२ बस्ने बर्ष २४ को सुजित कुमार साह र जिल्ला बारा परवानीपर गाप वडा नं.१ बुनियाद बस्ने बर्ष २९ को घनश्याम सर्राफ पक्राउ गरेको थियो ।
हुण्डी कारोवार हुदै गरेको बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगन्ज महानगरपालिका ६ माइस्थान स्थित कन्हैया प्रसाद सोनारले संचालन गरेको के.पी.स्वर्णकला केन्द्र सुनचाँदी पसल र सोही ज्वेलर्ससंगै टाँसिएको उनको पश्चिम तर्फको कोठाबाट अबैध रुपमा हुण्डी कारोवार गरि रहेको अवस्थामा नेपाली रुपैया रु ४१ लाख ९२ हजार ९ सय सहित केहि ब्यक्तीलाई नियन्त्रण लिए ।
प्रहरीले सो ठाउँबाट चाँदी जस्तो देखिने सेतो धातु २०९० ग्राम र कोठा भित्र रहेको अन्य कागजातहरु समेत फेला पारी बरामद गरेको सो क्रममा आन्तरिक राजश्व कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्तटोलीले उक्त पसल थप अनुसन्धानको लागी प्रहरीले सिल गरेको थियो ।
आज सम्म पनि के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनार फरार रहेकोले उनको खोजी भइरहेको र उनको पसल शिल गरेको छ । राजश्व हिना मिना गरेको आरोपमा पहिला पनि के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनार आन्तरिक राजश्व कार्यालय पथलैया निगरानीमा रहेका थिए ।yatradaily