• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    झापामा एकैजनाले ठगे आठ सयलाई, ठग्‍नकै लागि पाँचवटा ‘फेक आईडी’

  • वीरगंज संजाल
  • Aug 16, 2019, 10:25 am
  • ४६९१

    काठमाडौं । अमेरिका, क्यानडा, अस्ट्रेलिया भनेपछि हुरुक्कै हुने नेपाली युवाको संख्या कम छैन । त्यसैले कसैले यी देशहरुमा पठाइदिने भनेपछि सहजै पत्याउँदा ठगिनेहरुको पनि कमी छैन ।

    झापामा पनि यस्तै भएको छ । एकै व्यक्तिले क्यानडा लगायत युरोपियन देश पठाइदिने भन्दै आठ सयभन्दा बढीलाई ठगेको पाइएको छ । ती ठग्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका ३५ वर्षीय रामबहादुर खड्का छन् । काँकरभिट्टा बजारबाट इलाका प्रहरी कार्यालय अनारमनी र प्रदेश नम्बर एकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

    ठग्नकै लागि पाँचवटा ‘फेक आईडी’

    इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन थापाका अनुसार रामबहादुर खड्का उर्फ महेशजंग थापाले सन् २०१२ मा नै पाँचवटा फेसबुक एकाउन्ट खोलेका थिए । उनले महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा एकाउन्ट खोलेका थिए । ती आईडीमा उनले एनआरएनका विभिन्न गतिविधि पोस्ट गर्थे । डीएसपी थापाका अनुसार अधिकांश स्टाटस तथा फोटोहरु क्यानडा, विभिन्न युरोपियन तथा अमेरिकी मुलुकहरुमा भ्रमण गरेको भान पार्ने गरी पोस्ट गर्दै आएका थिए ।

    यसरी ठग्थे युवालाई

    उनले फेसबुकको म्यासेन्जरबाट विभिन्न जिल्लाका मानिसहरु (विशेषगरी खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुष व्यक्तिहरु) सँग सम्पर्क गर्थे र मित्रता गर्थे । त्यसपछि उनी आफू विगत १४ वर्षदेखि अध्ययनको लागि क्यानडा आएको र उतै बिहे गरी पीआरसमेत प्राप्त गरेको बताउँथे । डीएसपी थापाका अनुसार क्यानडामा आफ्नै लगानीमा चारवटा वटा क्याफे सञ्चालन गरिराखेको र कैयौं नेपालीहरुलाई रोजगारी दिलाएको तथा गैरआवासीय नेपाली संघ, क्यानडाको उच्च पदस्थ अधिकारीसमेत भएको बताउने गरेका थिए । यस्तो परिचय दिएपछि सहजै अरुको विश्वास आफूमाथि हुने उनको बुझाइ थियो । विदेशमा भएका नेपालीमार्फत् नेपालमा भएका युवासँग पनि उनी दोस्ती अगाडि बढाउँथे ।

    त्यसपछि उनी आफ्नो बाबु बिरामी परेकोले उपचारको लागि बाबुलाई क्यानडा नै लैजानको निम्ति नेपाल आएको र हाल भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेको नेपाली युवालाई बताउँथे । त्यहीबीचमा उनले बाबुलाई क्यानडा लैजाँदा ‘स्पोन्सर्ड’ भिसामा अरुलाई पनि क्यानडा लैजान सकिने बताए । त्यसक्रममा उनले दूतावासमा चार लाख खर्च हुनेमा दुइ लाख आफू नै सहयोग गरिदिने र सो रकम पछि क्यानडामै पुगेर काम गरी तिर्दा हुने भनी विश्वास दिलाएको अनुसन्धानका क्रममा खुलेको डिएसपी थापाले बताए ।

    नेपालबाट दिल्लीमा बोलाएर लुटियो

    त्यसका लागि सयौं युवा तयार भए । रामबहादुर खड्काले पीडित व्यक्तिहरुलाई दिल्लीस्थित क्यानडा दूतावासमा अन्तरवार्ताका लागि भारत सिलगुडीको बाग्डुग्रा एअरपोर्टबाट दिल्ली जानुपर्छ भन्दै सबैलाई तयार गरे । झापाको दमक, बिर्तामोड, धुलाबारी, काँकरभिट्टा र भारतको पानीटंकीसम्म बोलाएर दूतावासमा अन्तरवार्ताका लागि चिटिक्क हुनुपर्छ भनेर सिकाए । त्यही क्रममा सबैलाई कपाल काट्न लगाउँदै आफूचाहिँ पीडितहरुसँग भएको पैसा मागी भारु साटेर आउँछु भन्दै निस्किए । त्यसपछि उनले आफ्नो आईडीबाट सबैलाई ब्लक गर्दै मोबाइल अफ गरेर फरार भएका थिए ।

    डीएसपी थापाका अनुसार खड्काले सन् २०१२ देखि हालसम्म आठ सयभन्दा बढी व्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । खड्काविरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनी, दमक, धुलाबारी र काँकरभिट्टामा उजुरी दिनेहरुको संख्या एक सयभन्दा बढी छ ।

    पक्राउ परेका खड्काले पीडित व्यक्तिहरुको डकुमेन्ट र फोटो दुरुपयोग गरी सिमकार्ड खरिद गरी चलाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । यहाँसम्म कि खड्काले पीडित व्यक्तिहरुलाई क्यानडामा रहेका आफ्ना बालबच्चाहरुको लागि गाउँको शुद्ध महसमेत ल्याइदिन लगाउने गरेको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑