• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    झापामा एकैजनाले ठगे आठ सयलाई, ठग्‍नकै लागि पाँचवटा ‘फेक आईडी’

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७६, शुक्रबार १०:२५
  • २९३५

    काठमाडौं । अमेरिका, क्यानडा, अस्ट्रेलिया भनेपछि हुरुक्कै हुने नेपाली युवाको संख्या कम छैन । त्यसैले कसैले यी देशहरुमा पठाइदिने भनेपछि सहजै पत्याउँदा ठगिनेहरुको पनि कमी छैन ।

    झापामा पनि यस्तै भएको छ । एकै व्यक्तिले क्यानडा लगायत युरोपियन देश पठाइदिने भन्दै आठ सयभन्दा बढीलाई ठगेको पाइएको छ । ती ठग्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका ३५ वर्षीय रामबहादुर खड्का छन् । काँकरभिट्टा बजारबाट इलाका प्रहरी कार्यालय अनारमनी र प्रदेश नम्बर एकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

    ठग्नकै लागि पाँचवटा ‘फेक आईडी’

    इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन थापाका अनुसार रामबहादुर खड्का उर्फ महेशजंग थापाले सन् २०१२ मा नै पाँचवटा फेसबुक एकाउन्ट खोलेका थिए । उनले महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा एकाउन्ट खोलेका थिए । ती आईडीमा उनले एनआरएनका विभिन्न गतिविधि पोस्ट गर्थे । डीएसपी थापाका अनुसार अधिकांश स्टाटस तथा फोटोहरु क्यानडा, विभिन्न युरोपियन तथा अमेरिकी मुलुकहरुमा भ्रमण गरेको भान पार्ने गरी पोस्ट गर्दै आएका थिए ।

    यसरी ठग्थे युवालाई

    उनले फेसबुकको म्यासेन्जरबाट विभिन्न जिल्लाका मानिसहरु (विशेषगरी खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुष व्यक्तिहरु) सँग सम्पर्क गर्थे र मित्रता गर्थे । त्यसपछि उनी आफू विगत १४ वर्षदेखि अध्ययनको लागि क्यानडा आएको र उतै बिहे गरी पीआरसमेत प्राप्त गरेको बताउँथे । डीएसपी थापाका अनुसार क्यानडामा आफ्नै लगानीमा चारवटा वटा क्याफे सञ्चालन गरिराखेको र कैयौं नेपालीहरुलाई रोजगारी दिलाएको तथा गैरआवासीय नेपाली संघ, क्यानडाको उच्च पदस्थ अधिकारीसमेत भएको बताउने गरेका थिए । यस्तो परिचय दिएपछि सहजै अरुको विश्वास आफूमाथि हुने उनको बुझाइ थियो । विदेशमा भएका नेपालीमार्फत् नेपालमा भएका युवासँग पनि उनी दोस्ती अगाडि बढाउँथे ।

    त्यसपछि उनी आफ्नो बाबु बिरामी परेकोले उपचारको लागि बाबुलाई क्यानडा नै लैजानको निम्ति नेपाल आएको र हाल भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेको नेपाली युवालाई बताउँथे । त्यहीबीचमा उनले बाबुलाई क्यानडा लैजाँदा ‘स्पोन्सर्ड’ भिसामा अरुलाई पनि क्यानडा लैजान सकिने बताए । त्यसक्रममा उनले दूतावासमा चार लाख खर्च हुनेमा दुइ लाख आफू नै सहयोग गरिदिने र सो रकम पछि क्यानडामै पुगेर काम गरी तिर्दा हुने भनी विश्वास दिलाएको अनुसन्धानका क्रममा खुलेको डिएसपी थापाले बताए ।

    नेपालबाट दिल्लीमा बोलाएर लुटियो

    त्यसका लागि सयौं युवा तयार भए । रामबहादुर खड्काले पीडित व्यक्तिहरुलाई दिल्लीस्थित क्यानडा दूतावासमा अन्तरवार्ताका लागि भारत सिलगुडीको बाग्डुग्रा एअरपोर्टबाट दिल्ली जानुपर्छ भन्दै सबैलाई तयार गरे । झापाको दमक, बिर्तामोड, धुलाबारी, काँकरभिट्टा र भारतको पानीटंकीसम्म बोलाएर दूतावासमा अन्तरवार्ताका लागि चिटिक्क हुनुपर्छ भनेर सिकाए । त्यही क्रममा सबैलाई कपाल काट्न लगाउँदै आफूचाहिँ पीडितहरुसँग भएको पैसा मागी भारु साटेर आउँछु भन्दै निस्किए । त्यसपछि उनले आफ्नो आईडीबाट सबैलाई ब्लक गर्दै मोबाइल अफ गरेर फरार भएका थिए ।

    डीएसपी थापाका अनुसार खड्काले सन् २०१२ देखि हालसम्म आठ सयभन्दा बढी व्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । खड्काविरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनी, दमक, धुलाबारी र काँकरभिट्टामा उजुरी दिनेहरुको संख्या एक सयभन्दा बढी छ ।

    पक्राउ परेका खड्काले पीडित व्यक्तिहरुको डकुमेन्ट र फोटो दुरुपयोग गरी सिमकार्ड खरिद गरी चलाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । यहाँसम्म कि खड्काले पीडित व्यक्तिहरुलाई क्यानडामा रहेका आफ्ना बालबच्चाहरुको लागि गाउँको शुद्ध महसमेत ल्याइदिन लगाउने गरेको पाइएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति
  • पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो
  • नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ
  • सुनको मूल्य बढ्यो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    श्रीलंकामा अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोल बिक्री बन्द

    काठमाडौंमा लागेको आगो अझै नियन्त्रणमा आएन

    जनकपुरमा दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न

    लगातार वर्षाका कारण डुबानको समस्याले विराटनगरका विद्यालय बन्द

    असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ यस्को महत्व हेर्नुहोस्…

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    News

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    News

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    News

    सुनको मूल्य बढ्यो

    News

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑