• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    राजधानी बनेपछि भरियो सुर्खेत उपत्यका

  • वीरगंज संजाल
  • Aug 16, 2019, 1:03 am
  • ६३१९

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी बनेपछि सुर्खेत उपत्यकामा नयाँ घर निर्माण गर्ने क्रम बढेको छ। राजधानी बनेसँगै सेवा र सुविधा पनि बढ्ने आशमा उपत्यकामा घडेरी खरिद र घर निर्माणको होडबाजी नै चलेको हो। उपत्यकामा वार्षिक एक हजारभन्दा बढी नयाँ घर निर्माण भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ।

    प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा एकाएक आकर्षण बढेको हो। विषेशगरी कर्णालीका पहाडी जिल्लाबाट वीरेन्द्रनगरमा बसाइँ सरेर आउनेको संख्या बढेको छ। यस्तै व्यवसाय र रोजगारीको सम्भावना बढेसँगै वीरेन्द्रनगरमा जग्गा किन्ने र घर निर्माण पनि बढेको हो। धमाधम नयाँ घर निर्माण भएसँगै उपत्यका विस्तारै घरले भरिन थालेको हो।

    विगतमा साविक कर्णाली अञ्चलबाट बसाइँ सरेर आउनेले मात्र फाटफुट रुपमा वीरेन्द्रनगरमा जग्गा खरिद गर्ने गरेका थिए। तर प्रदेशको स्थायी राजधानी घोषणा भएपछि वीरेन्द्रनगरमा घर–जग्गाको कारोबार एकाएक बढेको छ। अहिले सर्वसाधारणले धमाधम नयाँ घर निर्माण गरिरहेका छन्। यस्तै अधिकांशले भविस्यमा थप मूल्य बढ्ने आशमा अहिले नै घडेरी खरिद गरिरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। नयाँ घर निर्माणका लागि नक्सा पास गर्नेको नगरपालिका कार्यालयमा भीड नै लाग्ने गरेको छ।

    धमाधम घर निर्माण र जग्गाको कारोबार वृद्धि भएपछि वीरेन्द्रनगरमा जग्गाको मूल्य एकाएक बढेको छ। जग्गा खरिद गर्नेको संख्या बढेको र उपत्यकाको खेतीयोग्य जमिन धमाधम प्लटिङ भएपछि नगरपालिकाले कित्ताकाट गर्न प्रतिबन्ध नै लगाएको थियो। तर अहिले त्यसलाई केही खुकुलो बनाइएको छ। राजधानी घोषणा भएयता बर्सेनि वीरेन्द्रनगरमा घर निर्माणका लागि नक्सा पास गर्ने र घर बनाउनेको संख्या बढ्दो क्रममा छ। वितेको आर्थिक वर्षमा मात्र वीरेन्द्रगरमा घर निर्माणका लागि नौ सय ७४ वटा नक्सा पास भएका छन्। यस अवधिमा उपत्यकामा पाँच सय ७५ वटा नयाँ घर निर्माण सम्पन भएको तथ्यांक नगरपालिकासँग छ।

    अधिकांशले नक्सा नै पास नगरेर घर निर्माण गरिरहेका छन्। प्रशासनिक झन्झट र खर्चिलो हुने भन्दै अधिकांशले नगरपालिकामा नक्सा नै पास नगराएर घर बनाउनेको संख्या पनि धेरै छ। नक्सा पास नगरेर पनि घर निर्माण भइरहेको भन्दै नगरपालिकाले वर्षमा एक हजारभन्दा बढी नयाँ घर उपत्यकामा थपिँदै गएको अनुमान गरेको छ। ‘पहिलाकोभन्दा घर निर्माणको दर निकै बढेको छ, राजधानी भएपछि सबैको आकर्षण बढ्यो’, नगरपालिकाको भवन तथा बस्ती विकास उपशाखाका अमिन मोहन कार्कीले भने,‘राजधानी बनेपछि यहाँ सेवा र सुविधाको अपेक्षा धेरै छ, यसले बसाइँ सरेर आउनेको संख्या बढ्यो।’ उनका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा उपत्यकामा घर निर्माणका लागि आठ सय ३१ वटा नक्सा पास भएका थिए। त्यहीवर्ष पाँच सय ७६ घर निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

    राजधानी बनेको डेढ वर्षमै उपत्यका घरले भरिएको छ। सबैभन्दा बढी नयाँ घर वीरेन्द्रनगरको उत्तरगंगा र लाटीकोइली क्षेत्रमा बनेका छन्। त्यहाँ घडेरीको कारोबार पनि बढी छ। कतिपयले नक्सा नै पास नगरेर घर बनाउने गरेका छन्। यसले गर्दा सबै तथ्यांक नगरपालिकासँग हुँदैन। घर निर्माणको क्रम बढेको र घडेरीका रूपमा जग्गा बिक्री हुन थालेपछि वीरेन्द्रनगर उपत्यकामा खेतीयोग्य जमिन घट्दै गएको छ।

    पछिल्लो समय आफूखुसी बाटो खन्ने र जग्गा प्लटिङ गर्नेक्रम बढेकाले पनि उपत्यका विस्तारै कुरुप हुँदै गएको छ। यसअघि निर्माण भएको उपत्यकाको गुरुयोजना अहिले अलपत्र छ। गुरुयोजनाअनुसार काम नहुँदा नगरको सुन्दरतामा नै कमी आएको छ। यसैबीच नगरपालिकाले अबको दुई महिनाभित्र व्यवस्थित सहरीकरण र बस्ती विकासका लागि गुरुयोजना ल्याउने जनाएको छ। मेयर देवकुमार सुवेदीले प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुयोजना ल्याइने जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
  • समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?
  • भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
  • घट्यो चाँदीको मूल्य, सुनको कति?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ भन्दै सरकारविरुद्ध प्रदर्शन (तस्बिरसहित)

    उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना,६ जना घाइते

    थाक्रे गाउँपालिकाको महादेववेशी स्वास्थ्य चौकीमा मेडिकल अधिकृत नियुक्त, स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा

    जुरिखेत दुर्घटना अपडेट: ४ घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो काठमाडौँ

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    News

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    News

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    News

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    News

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑