• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजधानी बनेपछि भरियो सुर्खेत उपत्यका

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७६, शुक्रबार ०१:०३
  • ८२५१

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी बनेपछि सुर्खेत उपत्यकामा नयाँ घर निर्माण गर्ने क्रम बढेको छ। राजधानी बनेसँगै सेवा र सुविधा पनि बढ्ने आशमा उपत्यकामा घडेरी खरिद र घर निर्माणको होडबाजी नै चलेको हो। उपत्यकामा वार्षिक एक हजारभन्दा बढी नयाँ घर निर्माण भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ।

    प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा एकाएक आकर्षण बढेको हो। विषेशगरी कर्णालीका पहाडी जिल्लाबाट वीरेन्द्रनगरमा बसाइँ सरेर आउनेको संख्या बढेको छ। यस्तै व्यवसाय र रोजगारीको सम्भावना बढेसँगै वीरेन्द्रनगरमा जग्गा किन्ने र घर निर्माण पनि बढेको हो। धमाधम नयाँ घर निर्माण भएसँगै उपत्यका विस्तारै घरले भरिन थालेको हो।

    विगतमा साविक कर्णाली अञ्चलबाट बसाइँ सरेर आउनेले मात्र फाटफुट रुपमा वीरेन्द्रनगरमा जग्गा खरिद गर्ने गरेका थिए। तर प्रदेशको स्थायी राजधानी घोषणा भएपछि वीरेन्द्रनगरमा घर–जग्गाको कारोबार एकाएक बढेको छ। अहिले सर्वसाधारणले धमाधम नयाँ घर निर्माण गरिरहेका छन्। यस्तै अधिकांशले भविस्यमा थप मूल्य बढ्ने आशमा अहिले नै घडेरी खरिद गरिरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। नयाँ घर निर्माणका लागि नक्सा पास गर्नेको नगरपालिका कार्यालयमा भीड नै लाग्ने गरेको छ।

    धमाधम घर निर्माण र जग्गाको कारोबार वृद्धि भएपछि वीरेन्द्रनगरमा जग्गाको मूल्य एकाएक बढेको छ। जग्गा खरिद गर्नेको संख्या बढेको र उपत्यकाको खेतीयोग्य जमिन धमाधम प्लटिङ भएपछि नगरपालिकाले कित्ताकाट गर्न प्रतिबन्ध नै लगाएको थियो। तर अहिले त्यसलाई केही खुकुलो बनाइएको छ। राजधानी घोषणा भएयता बर्सेनि वीरेन्द्रनगरमा घर निर्माणका लागि नक्सा पास गर्ने र घर बनाउनेको संख्या बढ्दो क्रममा छ। वितेको आर्थिक वर्षमा मात्र वीरेन्द्रगरमा घर निर्माणका लागि नौ सय ७४ वटा नक्सा पास भएका छन्। यस अवधिमा उपत्यकामा पाँच सय ७५ वटा नयाँ घर निर्माण सम्पन भएको तथ्यांक नगरपालिकासँग छ।

    अधिकांशले नक्सा नै पास नगरेर घर निर्माण गरिरहेका छन्। प्रशासनिक झन्झट र खर्चिलो हुने भन्दै अधिकांशले नगरपालिकामा नक्सा नै पास नगराएर घर बनाउनेको संख्या पनि धेरै छ। नक्सा पास नगरेर पनि घर निर्माण भइरहेको भन्दै नगरपालिकाले वर्षमा एक हजारभन्दा बढी नयाँ घर उपत्यकामा थपिँदै गएको अनुमान गरेको छ। ‘पहिलाकोभन्दा घर निर्माणको दर निकै बढेको छ, राजधानी भएपछि सबैको आकर्षण बढ्यो’, नगरपालिकाको भवन तथा बस्ती विकास उपशाखाका अमिन मोहन कार्कीले भने,‘राजधानी बनेपछि यहाँ सेवा र सुविधाको अपेक्षा धेरै छ, यसले बसाइँ सरेर आउनेको संख्या बढ्यो।’ उनका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा उपत्यकामा घर निर्माणका लागि आठ सय ३१ वटा नक्सा पास भएका थिए। त्यहीवर्ष पाँच सय ७६ घर निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

    राजधानी बनेको डेढ वर्षमै उपत्यका घरले भरिएको छ। सबैभन्दा बढी नयाँ घर वीरेन्द्रनगरको उत्तरगंगा र लाटीकोइली क्षेत्रमा बनेका छन्। त्यहाँ घडेरीको कारोबार पनि बढी छ। कतिपयले नक्सा नै पास नगरेर घर बनाउने गरेका छन्। यसले गर्दा सबै तथ्यांक नगरपालिकासँग हुँदैन। घर निर्माणको क्रम बढेको र घडेरीका रूपमा जग्गा बिक्री हुन थालेपछि वीरेन्द्रनगर उपत्यकामा खेतीयोग्य जमिन घट्दै गएको छ।

    पछिल्लो समय आफूखुसी बाटो खन्ने र जग्गा प्लटिङ गर्नेक्रम बढेकाले पनि उपत्यका विस्तारै कुरुप हुँदै गएको छ। यसअघि निर्माण भएको उपत्यकाको गुरुयोजना अहिले अलपत्र छ। गुरुयोजनाअनुसार काम नहुँदा नगरको सुन्दरतामा नै कमी आएको छ। यसैबीच नगरपालिकाले अबको दुई महिनाभित्र व्यवस्थित सहरीकरण र बस्ती विकासका लागि गुरुयोजना ल्याउने जनाएको छ। मेयर देवकुमार सुवेदीले प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुयोजना ल्याइने जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑