• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पत्रकार रवि लामिछाने पक्राउ

  • वीरगंज संजाल
  • Aug 16, 2019, 12:50 am
  • ३९९०

    काठमाडौं :  पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेका छन्। प्रहरीले युवराज कँडेललाई पनि उनीसँगै नियन्त्रणमा लिएको छ।

    चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट दुवै जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।

    पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ।

    पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले बताए। ‘घटना केही शंकास्पद देखिएको छ’, उनले भने, ‘भिडियोमा पुडासैनीले लिएका नामका व्यक्तिसँग थप अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरेका हौं।’ प्रहरीले बिहीबारै कार्कीलाई पनि पक्राउ गरेको छ।

    पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका छन्। उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। उनले सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेको भिडियोमा उल्लेख गरेका छन्। लामिछानेका कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको उल्लेख पुडासैनीले गरेका छन्।

    लामिछानेले भने आफ्नो कुनै संलग्नता नरहेको र प्रहरीले अनुसन्धान गर्दा दोषी भेटिए आफू कारबाहीको भागीदार हुने धारणा फेसबुकमार्फत सार्वजनिक गरेका थिए।

    के छ भिडियोमा ?

    न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेलले सँगै काम गरौँ भन्दा सुरुमा आफूले नमानेको पुडासैनीले भिडियोमा उल्लेख गरेका छन्। ‘काठमाडौंमा सेक्युरिटी कम्पनी चलाएर बसेका बेलामा युवराजसँग केही वर्ष अघि भेट भयो। उसले मलाई तान्न कोसिस गर्‍यो’, पुडासैनीले भिडियोमा भनेका छन्, ‘मैले गर्दिनँ भनेँ। धेरै कोसिस गरेपछि पार्ट टाइम गरेँ। महिनाको १५ हजार दिन थाले।’

    पछि फुल टाइम गर्न दबाब दिन थालेपछि उनीहरूले भनेबमोजिम सबै अफिस छोडेर काम गर्न थालेको उनले उल्लेख गरेका छन्।

    सेक्युरिटी कम्पनी र कन्सल्ट्यान्सी चलाउँदा महिनामा एक डेढ लाख कमाएको उल्लेख गर्दै टिभीमा काम गर्न थालेपछि बैंकमा रहेको ऋण तिर्न नसकेर आफू डिप्रेसनमा पुगेको पनि उल्लेख गरेका छन्।

    न्युज २४ टेलिभिजनमा जोसँग रिस उठ्यो उसैविरुद्ध समाचार बनाउने गरेको पनि उनले भिडियोमा दाबी गरेका छन्। आफूले धेरैपटक तलब बढाउन आग्रह गर्दा पनि अन्तिममा १९ हजार ५०० मात्र पुर्‍याइएको र छोड्छु भन्दा ‘छोडिस् भने सिध्याउँछु भनेर युवराजले धम्की दिने गरेको’ उनले दाबी गरेका छन्।

    न्युज २४ का युवराज र दीपकले ‘काम नछोड्’ भन्दै अस्ट्रेलिया जाने केटी मिलाइदिन्छु भनेर अस्मिता कार्की नामकी युवतीलाई फेसबुकमा सम्पर्क गराइदिएको उल्लेख गरेका छन्। ‘सबै कुरा हुन थाल्यो, नजिकिन थाल्यौँ’, उनले भिडियोमा भनेका छन्।

    तर, पछिल्लो समय ती युवतीले हेप्न थालेपछि आफूले न्युज २४ छोडेर माउन्टेन टेलिभिजन ज्वाइन गरेको उल्लेख गरेका छन्। त्यसपछि युवराजले आफूलाई ‘फँसिस्’ भनेको पनि उनले दाबी गरेका छन्। भिडियोमा पुडासैनीले दाबी गरेका छन्- ‘युवराज र रवि दाइ मिलेर फसाउने प्लान बनाएका रहेछन्। त्यसैले मैले यो डिसिजन लिएँ।’

    आफूले जोडेको करोडौँको सम्पत्तिको संरक्षण गर्न उनले श्रीमतीलाई भनेका छन्।  श्रीमती र बाबु आमासँग उनले रुँदै माफी मागेको भिडियोमा देखिन्छ।

    ‘रवि लामिछाने तिमीलाई एक दिन पाप लाग्नेछ। तिमीजस्तो अधर्मी यो देशमा कोही छैन। दुनियाँलाई थर्काएका छौ, लुटेका छौ। तिमीलाई पोल्नेछ त्यो पैसाले’, उनले आफ्ना पूर्व सहकर्मीलाई भनेका छन्, ‘मलाई १८ हजार दिएर करोडौँ कमाउँथ्यौ। अरुको प्रगति देख्न सक्दैनौँ। रविको असली रूप देखिन केही वर्ष लाग्नेछ।’

    प्रस्तोता लामिछानेले बालुवा तस्कर, व्यापारी र उद्योगसँग करोडौँ असुलेको आरोप लगाउँदै उनले भिडियोमा दाबी गरेका छन्- ‘अस्मिता कार्की, रवि र युवराज कँडेल मेरो हत्यारा हौ।’ भिडियोमा नाम लिएका ‘दीपक दाइको…दोष नभएको उनले उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑