सशस्त्र विओपी अलौं द्धारा करिव १ लाखको मोवाईल र ईन्भटर पक्राउ
वीरगंज संजाल
Aug 31, 2019, 7:11 am
४७२९
बीरगंज | सशस्त्र प्रहरले करिब १ लाख मूल्य बराबरको अबैध रुपमा भन्सार छलेर भारत बाट नेपाल तर्फ भित्रयाउदै गरेको सामान नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बिओपी अलौको टोलीले अबैध रुपमा भन्सार छली नेपाल भित्रयाउदै गरेको अवस्थामा करिब ९६ हजार मूल्य बराबरको मोबाइल र ईन्भटर पक्राउ गरेको हो ।
अबैध रुपमा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा बिओपी अलौले वीरगंज पोखरिया खण्डको बिचमा रहेको तिलावे पुलमा चेकजाँचको क्रममा पक्राउ गरेको ६ थान मोबाईल र १ थान ईन्भटर र एफएम , मोटरपार्टस लगाएतका समानहरु करिब १ लाख मूल्य बराबरको पक्राउ गरेको सशस्त्र प्रहरी निरिक्षक रबी थापाले बताउनुभयो।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको १ लाख मूल्य बराबरको सो अबैध सामानहरु थप आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय बुझाउने तयारी भईरहेको बिओपी अलौका प्रमुख सशस्त्र प्रहरी निरिक्षक थापाले बताउनुभयो ।