• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    नाकाबाट गाईगोरु पुग्छन् भारत र बंगलादेश

  • वीरगंज संजाल
  • Aug 31, 2019, 3:02 am
  • ३४०३

    विराटनगर : भारतसँग सीमाना जोडिएका प्रदेश १ का ताप्लेजुङ, पाँचथर, ईलाम, झापाबाट अवैध तरिकाले गाई–गोरु तस्करी हुने गरेको छ। इलामको सूर्योदय नगरपालिकाका स्थानीय सन्दिप मगरले दैनिक आँखा अघिबाट सैयौंको संख्यामा भारतीय नागरिकले सोही क्षेत्रबाट गाईगोरु अवैध रूपमा भारत लैजाँदा समेत प्रहरीले नदेखे जस्तो गरी बस्ने गरेको गुनासो गरे।

    स्थानीयको दबाबमा कहिले काँही छिटफुट प्रहरीले चौपायासहित सवारी साधन र चालकलाई नियन्त्रणमा लिने गर्छ। तर यो अत्यन्तै न्यून छ। इलाम मात्र होइन, ताप्लेजुङको पूर्व साविकका कालिखोला र सादेवा गाविसबाट पनि ठूलो संख्यामा चौपाया तस्करी हुने गरेको छ। यो क्षेत्र भएर पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभामा संकलन गरिएका चौपाया तस्करी हुने गरेको छ। केही चौपाया कोशी राजमार्ग भएर झापाको दमक हुँदै भारत तस्करी हुने गरेको छ।

    यो क्षेत्रबाट तस्करले मासुका लागि भारत र बंगलादेशतर्फ निरन्तर गाईगोरु तस्करी गरिरहे पनि प्रशासनले रोक्न नसकेको स्थानीयको गुनासो छ। ‘गाईगोरु लैजानेले भन्छन्, पारी (भारतका विभिन्न स्थान र बंगलादेश) मा मासुका लागि बिक्री हुन्छ, नेपालका गाईगोरु त्यहाँ रुचाउँछन्’, दमक पशुहाट छेउका स्थानीय व्यापारी कृष्ण लिम्बुले भने।

    ग्रामीण क्षेत्रका किसानले पालेका गाईगोरु तस्करले न्यून मूल्यमा किनेर ताप्लेजुङको साविकका कालिखोला र सादेवा गाविससहित ईलामको सूर्योदय नगरपालिका र झापाको दमक हुँदै भारतसम्म पुर्‍याउने गरेको स्वयं चौपाया खरिद गर्ने भारतीय नागरिक बताउँछन्। पहाडमा संकलन गरिएका गाईगोरुलाई रातको समयमा धनकुटाको सिंधुवाबाट ट्रकमा राखेर रातारात दमक पु‍र्‍याउने गरेको भारत सिक्किम घर बताउने गाईगोरु खरिद गर्न नेपाल आएका मनकुमार तामाङ् बताउँछन्।

    यसअघि तेह्रथुमको शुक्रबारे, म्याङ्लुङ, संक्रान्तिलगायत क्षेत्रको पैदलमार्ग भएर तमोर नदी तारी दमक पु‍र्‍याउने गरेकोमा पछिल्लो समय गाडीबाटै गन्तव्यमा पु‍र्‍याउने गरिएको पाँचथरका गाईगोरु व्यापारी सुक्रवीर लिम्बूले बताए।

    व्यापारीले पैदल र सवारीमार्फत झापाको दमक पु‍र्‍याएका चौपायालाई बीचौलियामार्फत भारतका व्यापारीलाई बेचिने गरिएको छ। ती गाईगोरु खोला किनारै किनार हिँडाएर र गाडीमा भारत पुर्‍याइन्छ। दमक हुँदै भारत सम्म चौपाया पुर्‍याउने भारतीय गाई व्यापारी सुरेन्द्र मुखियाले भने आफूहरूले प्रक्रिया पुर्‍याएर गाईगोरु भारत लैजाने गरेको दाबी गरे।

    गाईलाई भारतबाट नेपाल आयात गर्न र नेपालबाट भारत निर्यात गर्न कानुनी जटिलता भए पनि तस्करले मिलेमतोमा अवैध धन्धा चलाइरहेको पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहले स्वीकार गरे। नेपालबाट मासुका लागि गाईको निकासी गर्न प्रतिबन्ध छ। गाई बाहेकका चौपाया निकासीका लागि सरकारले झापाका दुईवटा नाकालाई मात्र अख्तियारी दिएको छ।

    काँकरभिट्टा नाका र भद्रपुर नाकाबाट गाईबाहेकका चौपाया निकासी गर्न पाइन्छ।

    पोखरामा कागज मिलाएर झापाबाट तस्करी

    पछिल्लो समय पोखराका गाईगोरु प्रदेश १ का सीमा नाका हुँदै बंगलादेश तस्करी हुने गरेको छ। सीमा कटाउने व्यापारीले सबैभन्दा बढी झापाको नाका प्रयोग गरेका छन्।

    व्यवसायिक प्रयोजन भन्दै पोखराबाट हेटौंडा र झापामा यी गाईगोरु लैजाने गरिएको छ। पोखरा महानगरपालिका भित्रका गाईगोरु अपचलनमा महानगर कर्मचारीको प्रत्यक्ष संलग्नतामा झापासम्म आइपुग्छन्।

    महानगरले नै पटकपटक महानगरका गाई गोरु अपचलन गर्न आधिकारिक पत्र सम्बन्धित व्यक्तिलाई थमाएको अनुसन्धानका क्रममा प्रहरीले भेटिएको थियो। पोखरा महागरका सूचना अधिकारी गंगालाल सुवेदीको हस्ताक्षर गरिएको पत्रमार्फत नै पछिल्लो समयमा पोखराबाट गाई र गोरु झापासम्म पुग्ने गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑