• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    नारायणी अस्पताल जाने भो भारतीय नागरिक अग्रवालको कब्जामा, नयाँ मेसु उपाध्याय पनि प्रलोभनमा फसे

  • वीरगंज संजाल
  • Aug 15, 2019, 6:57 pm
  • ५१००

     

    वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको भ्रष्टाचारका कारण त्यहाँका मेडिकल सुपरिटेण्डेन्ट फेरिए पनि अस्पतालमा माफियागिरी उस्तै रहने भएको छ । नयाँ मेडिकल सुपरिटेण्डन्टको रुपमा आएका डा. मदन उपाध्यायसमेत भ्रष्टाचारको चास्नीमा डुब्ने चलेखेलमा लागेका छन् ।

    भारतीय नागरिक दीपक अग्रवालले मेडिकल सुपरिटेण्डन्टसँग सेटिङ मिलाएर जनताको उपचारजस्तो सम्वेदनशिल काममा पनि लुट मच्चाउने प्रपञ्च मिलाएका छन् ।
    विगतमा अस्पतालमा न्यून गुणस्तरको औषधि सप्लाई गरेर करोडौं कुम्ल्याएका भारतीय नागरिक दीपक अग्रवालले मेडिकल सुपरिटेण्डेन्ट उपाध्यायसँग सेटिङ मिलाएर लुट मच्चाउने ग्य्राण्ड डिजाइन बनाएका छन् ।

    अस्पतालमा केही गुणस्तरहीन औषधि र अधिकांश बील भर्पाइमात्र पेश गरी ब्रम्हलुट मच्चाउन विगतमा कर्मचारी अशोक श्रीवास्तवको घरमा तरकारी ओसार्ने काम गर्नसमेत पछि नपरेका अग्रवाल अहिले मेडिकल सुपरिटेण्डेन्टलाई समेत प्रलोभनमा पार्न सफल भएका छन् ।भारतको रक्सौल आश्रमरोडका बासिन्दा दीपक अग्रवालले नारायणी अस्पतालमा कमसल औषधि सप्लाई गरेर विगतमा नेपाली जनताको स्वास्थ्यसँग खेलवाडमात्र गरेका थिएनन्, उनले एक दर्जनभन्दा बढी सोझासाझा नेपालीको नाममा फर्म खोलेर औषधीको सप्लाई धन्धा चलाएर करोडौं आर्जन गरेका छन् ।

    दीपकले स्थानीयको नाममा नारायणी सर्जिकल, सिटी फर्मा, प्रिमियर इण्टरप्राइजेज, सर्जिकल हाउस, सिटी सर्जिकेन, सिटी डाइलेस्टिकललगायतका फर्म दर्ता गरेका छन् । उनको कमाउधन्धाको रहस्य खुल्न थालेपछि ती सोझा नेपालीहरु अहिले आफू फसिने हो कि भन्दै चिन्ता गर्न थालेका छन् ।

    अस्पतालको तत्कालिन नेतृत्वलाई प्रभावमा पारेर दीपकले चलाएको कमाउधन्धा थाहा पाएपछि अस्पतालले उनको औषधि सप्लाई बन्द गरेको थियो । उनको धन्न्धालाई सहयोग गरेर उनीबाट प्राप्त दक्षिणाबाट गुजरा चलाउने गरेका कर्मचारी श्रीवास्तवलाई स्टोर शाखाबाट हटाएर रेकर्ड शाखामा फालिएको छ ।

    डाक्टर उपाध्याय आउने थाहा पाएपछि दीपक अग्रवाल आफ्ना एकजना काठमाडौंमा रहेका साथीमार्फत मेडिकल सुपरिटेण्डेन्टलाई मनाउन राजधानीमै पुगेका थिए । उनीसँग श्रीवास्तव पनि पुगेका थिए । काठमाडौंको गौशालास्थित एउटा होटलमा भएको गोप्य वार्तालापपछि डा. उपाध्यायले दीपकको गोरखधन्धालाई सघाउने बचन दिएको दीपकले आफ्ना निकटका व्यक्तिहरुलाई बताउने गरेका छन् ।काठमाडौंमा भएको सेटिङमा अस्पतालको स्टोरमा पुनः अशोक श्रीवास्तवलाई नै ल्याउने र औषधि सप्लाईको नाममा दीपकको कमाउ धन्धालाई पुनः दुरुस्त बनााउने अपवित्र समझदारी बनेको बताइएको छ । यसअघि अशोक १० वर्षसम्म सो शाखामा इन्चार्ज बसेर दीपकको ठगी धन्धालाई सघाएका थिए । गुणस्तरहीन औषधि र बील मिलाएर विगतमा दीपकले अस्पतालबाट वार्षिक ४ करोड रुपैयाँको भुक्तानी फुत्काउने गरेका थिए ।

    काडमाडौंमा सेटिङ मिलाएर फर्किएका दीपक डा. उपाध्याय वीरगञ्ज आउँदा सिमरा विमानस्थलमै चाकरी बजाउन हाजिर भएका थिए । दीपकले डा. उपाध्यायलाई सिमराको इच्छा होटलमा इच्छा भोज र त्यो दिन हेटौंडामा रमाइलो गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑